• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

नारायणगढ सडक क्षेत्रका संरचनामाथि निरन्तर चल्यो डोजर


  •   शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
  • चितवन । नारायणगढ बजारमा सडक सीमा मिचेर बनाएका संरचनामा सडक डिभिजन कार्यालय भरतपुरले शुक्रबारदेखि डोजर लगाएर भत्काउन सुरु गरेको छ ।

    Advertisement

    पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले शुक्रबार र शनिबार सडक क्षेत्रमा पर्ने संरचना भत्काएको हो ।

    पुल्चोक गोन्द्राङ सडक विस्तार अन्तर्गत पुल्चोकदेखि केन्द्रीय बस टर्मिनलसम्म ५८ वटा घरको पिल्लर भत्काएर सडक विस्तारको काम अघि बढाइने सडक डिभिजन कार्यालयले जनाएको छ । शुक्रबार लायन्सचोक र पुल्चोकबीचमा दक्षिणतर्फका घरटहरा भत्काएको कार्यालयले शनिबार सोही ठाउँको सडकको उत्तरतर्फको संरचना भत्काएको छ ।

    सडक सीमा मिचेर बनाएको घर, टहरा भत्काउन पटकपटक आग्रह गर्दा पनि नभत्काएपछि डोजर चलाइएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताएका छन् । सडक अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन दुई पटक सूचना जारी गरिएको थियो । ६ लेन सडक विस्तारको काम सुरु हुँदा ३५ दिने सूचना सार्वजनिक गरेर घर भत्काउन भनिएको थियो । अटेर गरेपछि गत कात्तिक २४ गते १५ दिने सूचना दिइएको पौडेलले बताए ।

    बारम्बार सूचना दिँदा पनि अटेर गरेपछि आफैले भत्काउन बाध्य भएको उनले बताए । ‘सुरुमा ३५ दिने, पछि १५ दिने र त्यसपछि पनि समय दिएको हो । कात्तिक २४ गते १५ दिने सूचना दिएको हो । त्यसपछि पनि समय दियौं । सबै घरमा गएर सूचना टाँसेको पनि हो । उहाँहरुले के भत्केला र जस्तो गर्नुभयो । त्यही भएर बाध्य भएर भत्काउन पर्ने अवस्था भयो’, पौडेलले भने ।

    सडक विस्तार आयोजनामा ढिलाई हुने भएपछि भत्काउन वाध्य भएको उनको भनाइ छ । ‘जति भने पनि टेर्नु भएन । हाम्रो प्रोजेक्टमै ढिलाई हुने अवस्था भयो । त्यही भएर शुक्रबारबाट सडक क्षेत्रभित्र पर्ने संरचना भत्काउन सुरु गरेका हौं’, उनले भने ।

    डोजरले घर, टहरा भत्काउन थालेपछि कतिपय घरधनीले भने आफ्नो संरचना आफैं भत्काएका छन् । सडक विस्तारको काम ठेक्काको म्याद सकिन जम्मा ३ महिना मात्रै बाँकी रहेको अवस्थामा सडक विस्तारका लागि अवरोध गरी बनेका संरचना भत्काउन डिभिजनमाथि दबाव परेको थियो । डिभिजनले सडकको मध्यबाट दुवैतर्फ २५–२५ मिटर आफ्नो सडक क्षेत्र रहने भनेको छ ।

    आतंकित बनाइयो : उवासंघ

    उद्योग वाणिज्य संघ चितवनले सडक विस्तारको नाममा नारायणगढका नक्सापास एवं निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त व्यावसायिक भवनमाथि डोजार चलाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
    संघले शनिबार पत्रकार सम्मेलन आयोजना गरी सडक डिभिजन कार्यालयले अव्यवस्थित रुपमा संरचना भत्काउने कार्य गरेको भन्दै दुःख व्यक्त गरेको हो । संघका अध्यक्ष चुननारायण श्रेष्ठले राज्यकै एउटा निकायले भवन निर्माणको लागि अनुमति दिने र अर्कोले निर्माण भइसकेको संरचना भत्काउने कार्य गर्नु लज्जास्पद भएको बताए ।

    ‘राज्यकै कुनै निकायबाट भवन निर्माणको लागि अनुमति प्रदान गर्ने र राज्यकै अर्को निकायबाट निर्माण भइसकेको संरचना भत्काउने कार्य लज्जास्पद रहेको संघले महसुस गरेको छ’, उनले भने । घरधनी आफैंले मापदण्ड विपरीतका संरचना भत्काउँदै गरेको अवस्थामा नगरको सुन्दरता बिग्रिने र भवनको बाँकी संरचना समेत कमजोर हुने गरी डोजर चलाइएको भन्दै तत्काल उक्त कार्य रोक्न अध्यक्ष श्रेष्ठले माग गरे । श्रेष्ठले मापदण्ड विपरीत बनेका संरचना भत्काउने सवालमा उद्यमी, व्यवसायीलाई व्यवस्थित हुने समय नदिइएको आरोप लगाए ।

    व्यवसायीलाई व्यवस्थित हुन समय उपलब्ध गराउने विषयमा सरोकारवालसँग समन्वय गर्ने भनिएकोमा अप्रत्यासित रुपमा संरचना भत्काउने कार्य भएको उनले बताए । यसले व्यवसायीहरुको सामानमा क्षति पुगेको उनको भनाइ थियो । ‘सडक डिभिजन कार्यालयका प्रमुखज्यू र भरतपुर महानगरपालिकाका उपप्रमुखज्यूबाट संरचना सवालमा पेटीमा मात्र डोजर लगाउने र अन्य संरचनामा क्षति हुने तवरले कार्य नगर्ने भनी संघका प्रतिनिधिलाई आश्वासन दिए पनि अव्यवस्थित रुपमा संरचना भत्काउने कार्य भइरहेको छ’ उनले भने ।

    अव्यवस्थित तरिकाले संरचना भत्काउँदा व्यवसायीको सामान यत्रतत्र छरिएको, बैंक तथा वित्तीय संस्थाका एटिएम मेसिन, लकरमा समेत क्षति पुगेको भन्दै संघले उक्त कार्यको घोर भत्र्सना गरेको छ । संघका अध्यक्ष श्रेष्ठले घरको पेटी र टप मात्रै भत्काउने सहमति भए पनि सटर समेत भत्काइएको भन्दै खेद प्रकट गरे । यसले कोभिड–१९ ले वित्तीय क्षेत्रमा देखिएको जटिलता र बैंक ब्याजदरमा भएको वृद्धिले थलिएका व्यवसायीहरुलाई थप आतंकित र हतोत्साही गराएको उनले गुनासो गरे ।

    विकासका लागि आवश्यक पूर्वाधारहरु निर्माण दीर्घकालीन र आवश्यक समन्वयमा हुनुपर्छ भन्ने संघको मान्यता रहेको भन्दै पेटीमा मात्र डोजर लगाउने र अन्य संरचनामा क्षति हुने तवरले कार्य नगर्ने आश्वासन दिएर अव्यवस्थित रुपमा संरचना भत्काउनु दुःखद भएको उनको भनाइ थियो ।

    शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.