काठमाडौँ, १३ पुस ।
मन्त्री पदको बाँडफाँटका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् ।
मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको बाँडफाँट, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयबारे छलफल गर्न अध्यक्ष ओली प्रधानमन्त्री दाहालको निजी निवास खुमलटार पुगेका हुन् ।
खुमलटारस्थित दाहाल निवास पुगेका ओलीलाई दाहालकी छोरी गंगाले पुष्पगुच्छा (बुके) दिएर स्वागत गरेकी थिइन् । ओली र दाहालबीच अहिले पद बाँडफाँटबारे कुराकानी भइरहेको बताइएको छ ।




