• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

यी हुन् सन् २०२२ मा भएका विश्वचर्चित ठूला घटना


  •   बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
  • काठमाडौँ, १४ पुस ।

    Advertisement

    सन् २०२२ धेरै विषयले चर्चामा रह्यो । कोरोना भाइरसदेखि रुस–युक्रेन युद्ध, चीन–ताइवान तनाव, विश्व अर्थतन्त्रमा संकुचनससम्मका विषय वर्ष २०२२ चर्चामा रहे । आउनुहोस्, विश्वमा सन् २०२२ मा भएका यी विश्वचर्चित घटनाबारे जानकारी लिऔँ ।

    ओमिक्रोनको आतंक

    कोरोना संक्रमणबाट सन् २०२२ पनि अछुतो रहेन । कोभिड १९ को नयाँ संस्करण अत्यधिक रूपमा सर्ने ओमिक्रोन यस वर्ष विश्वभर फैलियो । चीनमा त कोरोना भाइरसले भयावह रूप लिएको छ । चीनमा फैलिएको ओमिक्रोनको उपप्रजाति बीएफ ७ को कारणले त्यहाँ शून्य कोभिड १९ नीति अपनाउँदै कडा लकडाउन गरिएको थियो । जसको विरोधपछि सरकारले पछि हट्दै केही लचिलो नीति बनाएको छ ।

    दुई ओमिक्रोन भाइरसलाई हालसालै बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले नामाकरण गरेको छ । त्यसो त भाइरसले उपप्रजाति बनाइरहेकै छ ।

    युक्रेन आक्रमण

    विश्वमा मुद्रास्फीति बढ्नुको प्रमुख कारण जारी रुस–युक्रेन युद्धलाई मानिएको छ । रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गर्‍यो । युद्ध सुरु भएको १० महिना बितिसक्दा पनि रुस–युक्रेन युद्ध जारी छ । यही युद्धले खाद्यान्न र ऊर्जा दुवैका लागि विश्वव्यापी संकट निम्त्यायो । हजारौँले ज्यान गुमाए । लाखौँ मानिस विस्थापित भए ।

    संयुक्त राष्ट्रसंघ मानव अधिकारका लागि उच्चायुक्तको कार्यालयअनुसार डिसेम्बर १८ सम्म युक्रेनमा रुसको आक्रमणको क्रममा ६ हजार ८२६ नागरिकको मृत्यु भएको छ । जसमा ४२८ बालबालिका परेका छन् । १० हजार ७६९ जना घाइते भएको बताइएको छ । यद्यपि, वास्तविक संख्या बढी हुन सक्ने अनुमान गरिएको छ ।

    पाकिस्तानका तीन संकट

    छिमेकी देश पाकिस्तान सउन् २०२२ पटकपटक विश्वभर तीन कारणले चर्चामा रह्यो– जलवायु परिवर्तनको प्रकोपले निम्त्याएको बाढी पहिरो, आर्थिक संकट र राजनीतिक उथलपुथल ।

    पाकिस्तानमा जुनदेखि अगस्टसम्म बाढीले एक हजार ३९१ भन्दा बढी मानिसको ज्यान लिएको थियो । यस वर्ष आएको बाढी सन् २०१० यताकै खराब रहेको पाकिस्तान सरकारको भनाइ छ । घर, खाद्यान्न बाली र प्रमुख पूर्वाधारहरू बगाउँदा ३० अर्ब डलर बराबरको क्षति भएको अनुमान गरिएको छ ।

    यसैगरी, बढ्दो मुद्रास्फीति, खराब आर्थिक नीति र विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि श्रीलंकाजस्तै पाकिस्तानले आर्थिक संकटको सामना गर्नुपरेको थियो । करिब तीन महिनाका लागि मात्र देश चलाउन बजेट रहेको समाचार सार्वजनिक भएसँगै सरकारले आयातमा कटौती गरेको थियो । संकटको अवस्था यतिसम्म थियो कि पाकिस्तान सरकारले विवाहमा एक मात्र पकवान खुवाउन र दिनमा चिया कम पिउन आग्रह गरेको थियो ।

    पाकिस्तानमा आर्थिक मात्र होइन राजनीतिक संकट पनि गहिरिँदै गएको छ । इमरान खानले विश्वासको मत गुमापछि अप्रिलमा सबाज सरिफ प्रधानमन्त्री बने । पूर्व क्रिकेटरसमेत रहेका खानले चुनाव गराउनका लागि सरकारसँग माग गरिरहेका छन् ।

    श्रीलंकामा आर्थिक संकट

    उच्च बाह्य ऋण, विदेशी मुद्रा संकट र कोरोना महामारीले श्रीलंका सन् २०२२ मा गहिरो आर्थिक र राजनीतिक सकंटमा फस्यो । तत्कालीन राष्ट्रपति गोटाबाय राजापाक्षे र श्रीलंकाली जनताबीचको शक्ति संघर्षको कारणले त्यहाँ राजनीतिक संकट भएको थियो ।

    देशमा आर्थिक मन्दी बढेपछि जनता उत्तेजित भई सडकमा आएर सरकार विरोधी आन्दोलन र प्रदर्शनहरू गरेका थिए । आम नागरिक राष्ट्रपति भवनमा नै पसेपछि राष्ट्रपति राजापाक्षे रातारात त्यहाँबाट भाग्नुपरेको थियो । तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिङ्गे हाल त्यहाँ राष्ट्रपति छन् भने गोटाबाय अमेरिका पलायन भएका छन् ।

    बेलायतको राजनीतिक संकट

    विकासोन्मुख देशमा राजनीतिक संकट सामान्य विषय बनेपनि विश्वको सबैभन्दा पुरानो प्रजातान्त्रिक मुलुक बेलायत पनि सन् २०२२ मा एकपछि अर्को राजनीतिक काण्डहरूका कारण चर्चामा रह्यो । बेलायतले दई महिनाको अन्तरालमा तीनजना प्रधानमन्त्री पायो ।

    कोरोना महामारीको समयमा लकडाउनको बेला पार्टी गरेपछि आलोचित बनेका तत्कालीन कन्जर्भेटिभ पार्टीबाट प्रधानमन्त्री बनेका बोरिस जोनसनले अनेक काण्डैकाण्डका कारण राजीनामा दिन बाध्य भए । त्यसपछि लिज ट्रस प्रधानमन्त्री भइन् । अर्थतन्त्र डामाडोल पारेपछि उनले ४४ दिनपछि नै राजीनामा दिइन् ।

    अहिले त्यहाँ कन्जर्भेटिभ पार्टीबाटै भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री छन् । तर ब्रिएक्जीट, कोरोना महामारी र रुस–युक्रेन युद्धले थलिएको अर्थतन्त्रले राजकाज चलाउन उनलाई त्यति सजिलो भने भएको छैन ।

    चीनमा सी चिनफिङ पुन: सत्तामा

    सन् २०२२ चीनका राष्ट्रपति सी चिनफिङका लागि विशेष रह्यो । कम्युनिस्ट पार्टी अफ चाइना ९सीपीसी० को २० औँ महाधिवेशनबाट चिनियाँ राष्ट्रपति सी तेस्रो पाँच वर्षे कार्यकालका लागि पार्टीको महासचिवमा पुनः निर्वाचित भए ।

    ६९ वर्षीय सी पार्टीका संस्थापक माओत्सेतुङपछि सबैभन्दा शक्तिशाली नेताका रूपमा उदाएका छन् । ६८ वर्षको आधिकारिक अवकाश नाघेर १० वर्षको कार्यकाल पूरा गरेपनि नियम परिवर्तन गरेर उनी पुनस् एकपटक शक्तिशाली महासचिव बनेका हुन् ।

    अमेरिका–चीन बिग्रँदो सम्बन्ध

    सन् २०२१ देखि चिसो सम्बन्ध रहेको अमेरिका चीन सम्बन्ध सन् २०२२ मा पनि खासै सुधार देखिएन । वर्षभरि नै यी दुई शक्तिशाली राष्ट्रहरूबीच खटपट चली नै रह्यो । चाहे त्यो स्वशासित क्षेत्र ताइवानलाई लिएर होस् वा ३३ चिनियाँ कम्पनीलाई ‘अप्रमाणित सूची’ मा राख्ने अमेरिकी सरकारको निर्देशन ।

    चीन–अमेरिका सम्बन्ध पूरै तनावमा नै बितेको थियो । चीनले रुस–युक्रेन युद्ध हुनुमा अमेरिका र नेटोलाई दोष दिँदै आएको छ भने अमेरिकाले चीनसँग उल्लेखनीय रूपमा आणविक हतियार रहेको र विश्वलाई हानी हुनसक्ने भन्दै विश्वलाई चेतावनी दिएको थियो ।

    चीनको विरोधका बाबजुद ताइवानमा तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीन–अमेरिका सम्बन्ध एकपटक पुनस् तनावग्रस्त भएको छ । ताइवानलाई चीनले आफ्नो भन्दै दाबी गर्ने गरेको छ भने अमेरिकाले पनि एक चीन नीति अपनाएको छ । तर, चीनले ताइवानलाई आक्रमण गरेमा अमेरिकाले नछोड्ने विरोधाभाष कुरा गर्दै आएको छ ।

    चीन–ताइवान द्वन्द्व

    न्यान्सी पेलोसीको भ्रमणपछि चीनले ताइवानको टापु नजिक कडा सैन्य अभ्यास गरेको थियो । अगस्ट ४ देखि ७ सम्म टापु वरपरका करिब छ, स्थानहरूमा अभ्यास गरेको थियो । चिनियाँ जनमुक्ति सेना ९पीएलए० ले १०० भन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरूले ताइवान वरपर लाइभ–फायर सैन्य अभ्यास गरेका थिए ।

    केही विमानहरूले चीन र ताइवान बीचको सीमा रेखाजस्तो प्रतीत हुने मध्यरेखा पनि पार गरेको ताइवानले आरोप लगाएको थियो । चीनको ब्यालेस्टिक मिसाइल प्रक्षेपणको अमेरिका, अस्ट्रेलिया र जापानसहित धेरै देशहरूले निन्दा गरेका थिए भने चीनलाई तत्काल सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका थिए ।

    इरानमा हिजाब विद्रोह

    सन् २०२२ मा भएको इरानको नारीवादी आन्दोलन एक इतिहास बन्नेछ । सेप्टेम्बर १६ मा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा रहस्यमय तरिकाले मृत्यु भएपछि इरानमा हिजाबविरुद्ध प्रदर्शन जारी छ । कयौँ दिनदेखि सरकारको अनुदार नीतिविरुद्ध लाखौँ मानिसहरू प्रर्दशनमा सहभागी भएका छन् । उनीहरूले हिजाब फाल्दै र कपाल काट्दै सो नीतिको विरोध गरेका छन् ।

    विश्वभरबाट उक्त आन्दोलनको समर्थन गर्दै इरान सरकारको आलोचना भइरहेको छ । इरानमा आचार तथा व्यवहारबारे निगरानी गर्ने प्रहरीले अमिनीलाई टाउको छोपेको स्कार्फमुनि केही कपाल देखिएको आरोपमा सेप्टेम्बर १३ मा कुर्दिस्तानस्थित आफ्नो घरबाट राजधानी तेहरान जाने क्रममा पक्राउ गरेको थियो ।

    प्रदर्शन मत्थर गर्न त्यहाँ हिजाबसम्बन्धी कानुनलाई लचिलो बनाउन सरकारले कानुन ल्याउने तयारी गरेको छ ।

    उत्तर र दक्षिण कोरिया तनाव

    सन् १९५० मा उत्तर कोरियाले दक्षिण कोरियामा अतिक्रमण गर्न थालेपछि सुरु भएको कोरियाली युद्ध सन् २०२२ मा पनि तनावग्रस्त नै रह्यो । यसपालि त झन् एक कदम अगाडि बढेर उत्तर र दक्षिण दुवै कोरियाले पहिलोपटक एक अर्काको जल सीमाभित्र क्षेप्यास्त्र प्रहार गरे ।

    कोरिया विभाजन भएयता पहिलोपटक ती दुई देशले समुद्री सीमा पार हुनेगरी क्षेप्यास्त्र प्रहार गरेका थिए । प्योङयाङले छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि सियोलले त्यसको प्रतिउत्तरमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

    लेखक सलमान रुस्दीमाथि सांघातिक हमला

    गएको अगस्टमा विश्वचर्चित लेखक सलमान रुस्दीमाथि सांघातिक हमला भएको थियो । द सटानिक भर्सेजका लेखक रुस्दीमाथि न्यूयोर्कको एक कार्यक्रमको बीचमा चक्कु प्रहार गरी हमला गरिएको थियो । पुस्तक द सटानिक भर्सेजमा मुस्लिम धर्मविरुद्ध लेखिएको भन्दै धार्मिक अतिवादीहरूले उनीविरुद्ध फतवा जारी गरेका थिए ।

    विश्वकपमा ३६ वर्षपछि अर्जेन्टिनालाई उपाधि

    खेलकुद जगतका लागि सन् २०२२ अविस्मरणीय क्षण रह्यो । कतारमा भएको विश्वकप फुटबलमा दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि उचाल्यो । यस विश्वकपमा पहिलो महिला रेफ्रीदेखि, पपकल्चरमा विश्वचर्चित कोरियन ब्यान्ड बीटीएसका गायक जुङ कुकको प्रस्तुति र लिजेड खेलाडीहरू मेस्सी र पोर्चुगलका स्ट्राइकर रोनाल्डोको अन्तिम विश्वकप यात्रा भएकोले पनि धेरै कुराले ऐतिहासिक रह्यो । (एजेन्सीहरूको सहयोगमा)

    बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.