• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

चार वर्ष बित्यो, पहिरो विस्थापितको पीडा उस्तै


  •   शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
  • मलेखु १५ पुस 

    Advertisement

    तीन वर्षअघि धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरामा प¥यो । जमिन चिरा प¥यो । घर र बस्तुभाउ बाँध्ने गोठ पनि भत्किए । विसं २०७६ साउन ५ गते गएको पहिरोमा परी २१ परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरो विस्थापित बारबिसेमा बस्दै आएका छन् ।

    पहिरोबाट विस्थापित भएपछि पालमा रातदिन बिताइरहेका पीडित परिवारलाई सरकारले अहिलेसम्म स्थायी वसोवासको व्यवस्था मिलाउन सकेको छैन । विस्थापित सुनमाया तामाङ भन्नुहुन्छ, “धेरैपटक आश्वासन पाइयो तर पाल छोड्ने दिन कहिल्यै आएन ।”

    चामबास बारबिसेका २१ घरपरिवारका ९२ जना पहिरोबाट प्रभावित छन् । सबैको ब्यथा एकैखालको छ । कोही पालमा त कोही पुराना जस्ताको ट्रस्ट बनाएर बसिरहेका छन् । लगातारको घामपानीबाट च्यातिएको पाल यो वर्ष मात्रै जिल्ला प्रशासन कार्यालयले फेरिदिएको छ ।

    जाडो बढेसँगै पालमा पनि अहिले बसिसक्नु छैन । खासगरी बालबालिका, वृद्धवृद्धा र बिरामीलाई बचाउन समस्या भएको छ । “पछिल्लो केही दिनयता चिसो बेस्सरी बढेको छ । बिहान ढिलोसम्म घाम लाग्दैन, साँझ चाँडै ओझेल आउँछ”, काखमा दूधे बच्चा च्यापेर घाम ताप्दै गर्नुभएकी सानुमाया तामाङ भन्नुहुन्छ, “जाडोमा बच्चा र वृद्ध बचाउन सारै गाह्रो भयो, अब त हामीलाई नझुक्याइयोस्््््््, हाम्रो बासस्थानको व्यवस्था चाँडै होस् ।”

    अस्थायी बस्तीमा बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन । बस्ने र खानेको ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् । सर्प, गड्यौलालगायतका जीवजन्तु पालमैै पस्छ । पाल र जस्तापाताबाट तपतपी चुहिएको शीतले ओछ्यान नै भिजेछ । हिजोआज वृद्धवृद्धाले आगो तापेरै साँझ बिहान बिताइरहेका छन् । यो बस्तीको पीडा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरुले पनि पटकपटक प्रत्यक्ष देखेका छन् । तर, स्थायी प्रबन्ध मिलाउन सकेका छैनन् । आशैआशमा गुजारा गरिरहेका छन् ।

    बस्तीका गरा कान्लामा परेको चिरा अहिले पनि उस्तै छ । धाँजाहरु पुरिएका छैनन्, झन बढ्दो छ । भू–गर्भविद्ले पनि त्यो बस्तीमा पुनःबस्ती बसाउन मिल्दैन भनेका छन् । हिउँद् र बर्खाको महिना जसोतसो कटाए पनि जाडो बढेसँगै उनीहरुको विचल्ली छ ।

    उनीहरुले सुरक्षित स्थानमा पुनर्वास गराइदिन माग गर्दै थुप्रैपटक स्थानीय सरकारसामु गुहार माग्न पुगे । प्रदेश सरकार र केन्द्र सरकारलाई पनि उनीहरुको समस्याका बारेमा अवगत गराइएको छ । विभिन्न राजनीतिक दलका नेताहरुले बस्ती सारिदिने आश्वासन पनि धेरैपटक दिए ।

    गत वैशाखमा स्थानीय तहको चुनावअघि नै बस्ती सारिदिने ठूलै आश्वासन उनीहरुले पाएका थिए तर चार वर्ष आशैआसमा बित्न लाग्यो । न गाउँ नै फर्केर जान सकेका छन् न आफ्नै हिसाबले अन्त कतै सर्न सक्छन् । स्थानीय चुनावअघिका आश्वासन पनि ‘हात्ती आयो हात्ती आयो फुस्स’ जस्तै भएको छ । गाँसबासको व्यवस्था मिलाइदिन्छन् कि भन्ने आशामा बसेका विस्थापित अहिले निराश भएका छन् ।

    स्थानीय तहको चुनावअघिको वाचा पूरा नभए पनि गत भदौमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नै आएर तपाइँहरुलाई तत्काल बसोबास सारिदिन्छु भन्नुभएर ठूलो विश्वासमा बसेको भए पनि अहिलेसम्म कुनै काम अघि नबढेको विस्थापित आइतराम तामाङले गुनासो सुनाउनुभयो । “मुख्यमन्त्रीज्यू नै आउनु भएर तत्काल बसोबास सारिदिन्छु भन्नुभएको थियो । चुनाव सकिने बित्तिकै पनि सार्छौं भन्नुभएको थियो । अहिलेसम्म केही प्रगति भएन । अब फेरि सरकार परिवर्तन हुन लाग्यो भन्ने सुनिएको छ, अब फेरि अर्को सरकारसँग गुनासो गर्नुपर्ने भयो । यसो गर्दागर्दै हामी जहिँको त्यहिँ हुने भयौँ”, तामाङले दुखेसो गर्नुभयो ।

    विस्थापित भएसँगै उनीहरुले खाद्यान्न अभाव पनि भोगिरहेका छन् । भएका जग्गा जमिनमा पनि फर्केर खेती गर्न जान नसकेपछि विस्थापितमा खाद्यान्नको अभाव खड्किएको हो । पहिरो विस्तापित बस्दै आइरहेको बारबिसे बस्तीको गजुरी गाउँपालिकाले जग्गा भाडा उपलब्ध गराउँदै आएको छ । दीर्घकालीन समाधान हुन सकेको छैन । गाउँपालिकाले भाडा तिरिदिएकोे जग्गावालाले बस्ती छाड्न आग्रह गरेपछि पीडितहरु अब कहाँ जाने, के गर्ने अन्योलमा छन् ।

    सम्झी नसक्नुको त्यो दिन

    विसं २०७६ साउन ५ गते चामबास गाउँमा ठूलो विपत्ती आइलाग्यो । कसैले नसोचेको घटना भयो । धेरैको पुख्र्यौली घर एकैपटक स्वाहा भयो । धनमाया तामाङ त्यो दिन सम्झँदै आँखाबाट आँशु झार्नुहुन्छ, “हामीले सोच्दै नसोचेको घटना भयो ।” आफ्नै घरमा बसिरहेका बेला एक्कासी हावाहुरीसहितको पानीले घर वरपरको माटो बगाउन थाल्यो । घर, जमिन चिराचिरा पर्न थाल्यो । ओत लाग्ने छहारी भासिन थालेपछि छिमेकीहरुको भागाभाग हुन थाल्यो । त्यतिबेलै बस्ती छोडेकी धनमाया र उनका छिमेकीहरु आजसम्म फर्किएकै छैनन् ।

    धनमायाको भन्दा कम्ता छैन सुनबहादुर तामाङको पीडा । भूकम्पले बारबिसेको घर भत्काइदियो, अनुदानमा बन्दै गरेको घरमा बस्न समेत पाउनुभएन । बाढी पहिरोले डाँडै बग्यो, चार वर्षदेखि पालभित्र श्रीमती आइतमाया तामाङसहित छ जनाको परिवार जसोतसो गुजारिरहेका छन् ।

    सुनबहादुरको पालभित्र एउटा खाट छ । नजिकै भान्छाको सामानहरु छरपष्ट छ । कोही त्यहि खाटमा सुत्छन्, कोही भुइँमा । बर्खाको बेला हावाहुरी, पानी आउँदा भागाभाग, रुवाबासी चल्थ्यो । अहिले चिसोले त्यस्तै सताएको छ । साना बालबच्चा रुने, कराउने गर्छन् ।

    सुनबहादुर भन्नुहुन्छ, “अहिले त जाडो बेस्सरी बढेको छ, रात कटाउन निकै कठिन छ ।” आफ्नो परिवारको विलाप सम्झेर बेलाबेलामा भक्कानिने गर्नुहुन्छ उहाँ । यो पीडा त्यहाँ विस्थापित भएर बस्ने घरधुरी सबैको व्यथा एकैखाल छन् ।

    कागजमै सीमित छ सुरक्षित ठाउँमा सारिने निर्णय

    स्थानीय सरकारले जग्गाको बन्दोबस्ती मिलाउने र प्रदेश सरकारले आवासको व्यवस्था गराइदिने पछिल्लो निर्णय भएको पनि चार महिना हुन लाग्यो । यसबीचमा देशमा दुई वटा निर्वाचन पनि सकियो । देशले नयाँ सरकार पाएको छ । प्रदेशमा पनि नयाँ सरकार आउँदैछ । तर विस्थापितको समस्या ज्यूँकात्यूँ छ ।

    बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडाध्यक्ष र विस्थापितबीच गत भदौ २६ गते भएको छलफल र तत्काल बस्ती सारिरिदिने निर्णय भएको थियो । जग्गा खरिद उपसमिति बनाएर त्यस समितिले बुझाएको प्रतिवेदनअनुसार कार्यपालिकाले निर्णय गरेर जग्गा खरिद प्रक्रियामा अगाडि बढाउने निर्णय भएको थियो । चाँडोभन्दा चाँडो जग्गा खरिद गर्न लागिपरेको जनप्रतिनिधिले भनेका पनि थिए । अहिले पनि निरन्तर लागिरहेको र कार्यविधिअनुसार काम अघि बढिरहेको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।

    मुख्यमन्त्री पाण्डेले विस्थापितको नाममा जग्गा आएपछि प्रदेश सरकारले घर बनाउने बजेट व्यवस्थापन गरिदिने आश्वासन दिनुभएको थियो । “प्रदेश सरकारसँग जग्गा खरिद गर्ने बजेट छैन, जतिसक्दो छिटो जग्गाको बन्दोबस्त गर्नुहोस्, घर बनाइदिने जिम्मा प्रदेश सरकारको भयो”, पाण्डेले भन्नुभएको थियो । तर अहिले प्रदेश सरकारको पनि त्यति चासो देखाएको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले भने विस्थापितको समस्यालाई उच्च प्राथमिकतामा राखेर छिटोभन्दा छिटो नयाँ बस्ती पहिचान गरी कार्यविधिले तोकेअनुसारको प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।

    शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.