चितवन, १८ पुस ।
भरतपुरमा रहेको सिजी ल्याण्डमार्कले सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार चितवनका पाँच वटा सामुदायिक विद्यालयलाई फुटबल वितरण गरेको छ । भरतपुर महानगरपालिकाभित्रका ३ वटा वडाभित्रका ५ वटा विद्यालयलाई फुटबल वितरण गरिएको हो ।
सिजी ल्याण्डमार्कले प्रोफेसनल मिडिया नेटवर्कको समन्वयमा फुटबल वितरण गरेको नेटवर्कका अध्यक्ष एवं प्रबन्ध निर्देशक नवीनराज पौडेलले जानकारी दिए । उनका अनुसार सोमबार भरतपुर ५ मा रेहका ३ वटा, भरतपुर ७ र ८ नम्बर वडाका एकएक विद्यालयलाई फुटबल वितरण गरिएको थियो ।
सिजीको तर्फबाट सुनिता उपाध्याय र प्रोफेसनल मिडिया नेटवर्कको तर्फबाट नवीनराज पौडेलले संयुक्तरुपमा फुटबल हस्तान्तरण गरेका हुन् ।
भरतपुर ५ को भद्रकुमारी आधारभूत विद्यालयले २, तोरीखेत माविले ३, कैलाशनगर माविले ३, भरतपुर ७ को प्रेमबस्ती माविले ३ र भरतपुर ८ को श्री मावि गौरीगञ्जले ४ वटा फुटबल प्राप्त गरेका छन् ।








