• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भाषा र साहित्यको अपेक्षाकृत विकास हुन सकेन कर्णालीमा


  •   शनिबार, पुष २३, २०७९ मा प्रकाशित
  • कर्णाली, २३ पुस ।
    भनिन्छ, इतिहास जित्नेकै लेखिन्छ । विसं १८४६ मा बहादुर शाह नेतृत्वको गोर्खाली फौजले जुम्ला सिञ्जा राज्यमाथि आक्रमण पश्चात् यहाँको बास्तविक इतिहास लामो समय आउन सकेन । विसं २०२८ मा करिब छ महिना जुम्ला बसेका शताब्दी पुरुष स्व सत्यमोहन जोशीको अध्ययनपछि उहाँले लेखेको कृति ‘कर्णालीको लोक संस्कृति’ले केही खोतलेको पाउन सकिन्छ ।

    Advertisement

    सिञ्जा राज्य गोर्खालीको अधिनमा गएपश्चात् नेपाल एकीकरणको फेहरिस्त इतिहासबाहेक यहाँको साँस्कृतिक, पुरातात्विक तथा ऐतिहासिक विवरण पाउन सकिदैन । इस्वीको बाह्रौँ शताब्दीदेखि नागराजले राज्य सुरु गरे । बाह्रौँ शताब्दीदेखि चौधौँ शताब्दीसम्म सिञ्जाबाटै नेपाली भाषा, साहित्य र कलाको उत्पत्ति भएको इतिहासमा पाउन सकिन्छ । उतिबेला भने खस राजा नागराजपछि चाप, चापिल्ल हुँदै पृथ्वी मल्लसहितले २२६ वर्ष राज्य गरेको विकिपिडियामा उल्लेख भएको पाइन्छ ।

    तत्कालीन भाषा, साहित्य र कलाको उर्बर भूमिका रुपमा परिचित कर्णालीमा भने आज साहित्यिक गतिविधि अपेक्षित भएको पाइँदैन । विसं २०७७ मा डा जीवेन्द्रदेव गिरी नेतृत्वको टोलीले सुर्खेतमा ‘कर्णाली वाङ्मय साहित्यिक सङगोष्ठी’को आयोजना गरी यहाँको साहित्य र सृजनाको उत्थानमा सहयोग पु¥याएको देखिन्छ । कर्णालीको भाषा संरक्षणमा भाषा आयोगले सिञ्जा गाउँपालिकासँग समन्वय र सहकार्य गर्दै आएको छ ।

    खस आर्यको थलो खसान राज्यका रुपमा चिनिने कर्णालीमा नेपाली भाषाको संरक्षण, श्रीवृद्धि, प्रवद्र्धन र सम्वद्र्धन जति हुनुपथ्र्यो त्यति हुन नसकेको कर्णाली साहित्य समाज सुर्खेतका अध्यक्ष खगेन्द्र अधिकारी बताउनुहुन्छ । कर्णालीमा जन्मेर राष्ट्रियस्तरमा चिनिएका साहित्यकारले पनि कर्णालीको नाम भजाएर खाने काम गरेको उहाँको आरोप छ ।

    “प्रदेश सरकार तथा स्थानीय तहले साहित्यका क्षेत्रमा शून्य लगानी छ । नीतिगत तहमा भएकाले बाटो, भवन, पार्कलाई मात्र विकास देखे तर बौद्धिक विकास देखेनन्”, अध्यक्ष अधिकारीले भन्नुभयो, “रचनात्मक तथा सिर्जनात्मक काम कारवाहीमा लगानी हुन सकेको छैन । सिञ्जा र दैलेखको दुल्लुमा भाषा तथा साहित्यको राष्ट्रिय सम्मेलन गर्न खोजियो तर हाम्रा आवाज सुनिएनन् ।”

    भाषा र साहित्यको विकासले संस्कृति र सभ्यताको संरक्षण हुन्छ भन्ने विषयलाई उठाएर कर्णालीमा प्रज्ञा–प्रतिष्ठान बनाउन अनुरोध गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले लेखन प्रक्रिया संस्थागत पहल हुन नसकेको बताउनुभयो । नवप्रतिभाको विकास गर्न, लेखन क्षेत्रमा काम गरिरहेका व्यक्तिलाई ऊर्जा दिन कृति पुरस्कार, प्रतिभा पुरस्कार, कर्णाली साहित्य साधना सम्मान पुरस्कार दिँदै आएको उहाँको भनाइ थियो ।

    अध्यक्ष अधिकारीले यहाँको भाषा, साहित्य र कलाका माध्यमबाट कर्णाली तथा सिङ्गो नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिने दाबी गर्नुभयो । प्रदेश सरकार तथा स्थानीय तहले यसको विकास तथा प्रवद्र्धनमा जोड दिनसके पर्यटनका गतिविधि बढ्ने र त्यसले कर्णालीको अर्थतन्त्रमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

    महिला साहित्यकार ९कवयत्री० देवकी तिमिल्सिनाले कर्णालीमा पुरुषको सापेक्षतामा महिला स्रष्टा निकै कम भएको बताउनुभयो । महिला शैक्षिक, सामाजिक र आर्थिक हिसाबले कमजोर हुनु र महिला स्रष्टाले पारिवारिक वातावरणबाट पनि प्रेरणा नपाएको उहाँको भनाइ छ ।

    प्रतिभा हुँदासमेत धर्मिक सामाजिक संस्कारसँग जोडिएका कारणले पनि स्रष्टाका हिसाबले महिला बाहिर आउन नसकेको उहाको भनाइ छ । उहाँले नयाँ पुस्तालाई पथप्रदर्शन नभएको, साहित्यको केन्द्रीयकरण हुन नसकेको तथापि नयाँ पुस्ता जुर्मुराएको बताउनुभयो । मातृसत्ताको जगमा भए पनि व्यावहारिकमा पुरुषसत्ता नै हाबी भएको र सोच, रुपान्तरण तथा सामूहिकताको मनन गर्न नसकिएको उहाँले प्रतिक्रिया दिनुभयो ।

    कर्णालीमा नवपुस्तामा जागरण ल्याउने खालका साहित्यिक सम्मेलन हुन सकेका छैनन् । “यहाँको भाषा साहित्यको विकास गर्ने हो भने पढ्न जरुरी छ । यहाँको जीवन पढ्न आवश्यक छ”, “मिथक बनाएर जाने हो भने प्रत्येकको घरमा इतिहास छ । कथा छ । हामी जिन्दगी बोकेर जिन्दगी खोज्न थालेनौँ । भौतिक विकास मात्र विकास भन्न थाल्यौँ ।”

    यहाँका साहित्य अनुरागीले कर्णालीमा जिउँदा मान्छे थोरै हुँदा त्यसको सुनुवाइ कम भएको बताउँदै आएका छन् । मानसिक, सामाजिक र बौद्धिक भन्दा विकास भनेकै पुल धारा बाटो मात्रै हो भन्ने बुझाइ नराखी त्यसलाई फराकिलो दृष्टिबाट हेर्न सक्नुपर्ने उनीहरुको सुझाव छ ।

    तत्कालीन मध्यपश्चिम गजल प्रतिष्ठानका अध्यक्ष एवं गजलकार गणेश आचार्य ९भूर्तेलबाबु० साहित्यको अपेक्षित प्रस्फुटन हुन नसकेको बताउनुभयो । “साहित्यिक स्रष्टाको क्रियाशीलता नबढ्दा स्रष्टाको पनि कमी भएको छ”, आचार्यले भन्नुभयो, “कर्णाली र मुलतः जुम्लाको साहित्यिक उचाइमाथि भए पनि सिर्जना, रचना र लेखन क्षेत्रको वातावरण मिलेको छैन ।” भाषा, साहित्य, कला र संस्कृति संरक्षणका लागि स्थानीय सरकारले पनि आवश्यक कार्यक्रम ल्याउनुपर्ने उहाँले सुझाउनुभएको छ ।

    कर्णालीका संस्कृतिसम्बन्धी तथा भाषासेवी रमानन्द आचार्य भन्नुहुन्छ, “भाषा, साहित्य, सभ्यता र कलाको उद्गमस्थल कर्णाली भए पनि त्यसको अपेक्षाकृत विकास हुन सकेको छैन । भाषा र साहित्य हाम्रो संस्कृति, सान र सम्पत्ति हो । तर यसको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनमा कसैले ध्यान दिएको पाइदैन । अझ यस क्षेत्रमा यहाँको महिला आकर्षण निकै कम भएको पाइन्छ ।”

    एक दशकभन्दा बढी समयदेखि खस शब्दकोष निर्माणमा लागिरहँदा त्यसमा पनि अपेक्षित सहयोग नपाएको उहाँले दुखेसो पोख्नुभयो । यद्यपि उक्त शब्दकोष प्रकासोन्मुख अवस्थामा रहेको उहाँले बताउनुभयो । भाषा, साहित्य र कलाले सम्बन्धित क्षेत्रको संस्कृति र सभ्यताको पहिचान दिने भएकाले यसको विकासमा सबै सरकारसहित सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्ने उहाँको सुझाव छ । रासस

    शनिबार, पुष २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.