काठमाडौँ ।
काठमाडौंको हायात रेजेन्सीमा इभी नेपाल मोटर्सले वुलिङ एयर इभी मिडिया टेष्ट ड्राइभ समारोह सम्पन्न गरेको छ । बिगत लामो समयदेखि फोर विलर्स बिक्रीबितरण गर्दै आएको इभी नेपाल मोटर्सले आफ्ना ग्राहकहरुको अपार माया र सन्तुष्टिपछि अत्याधिक सेवासुबिधा दिलाउने उद्देश्य लिई पिटी एसजी एमडब्ल्यु मोटर इन्डोनेसिया अन्तर्गत वुलिङ एयर इभी मिडिया टेष्ट ड्राइभ समारोह सम्पन्न गरिएको हो ।
इलेक्ट्रिक गाडी विभिन्न मोडेल र पाँच रंगहरुमा उपलब्ध रहेका छन् । २००–३०० किलोमिटर माइलेज रहेको ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र ८ वर्ष वारेन्टी सुविधा रहेको संसारकै बढी बिक्री हुने क्याटागोरीमा परेको इभी नेपाल मोटर्स (बज्र ग्रुप) ले डिलर संजाल बढाएर अब नेपालभरि नै बिक्री वितरण गर्ने लक्ष्य राखेको छ ।
इभी नेपाल मोटर्सका गाडीहरु ड्राईभिङ्गमा आत्मविश्वास बढाउनुका साथै अति सुरक्षित, सुबिधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ ।
नेपाललाई धुवाँधुलोरहित बनाउने सोचका साथ अघि बढेको इभी नेपाल मोटर्स ग्राहकहरुको माया र सन्तुष्टिले आज यहाँसम्म आइपुग्न सफल भएको कम्पनीले जनाएको छ । यसका तुलनात्मक रुपमा फरक बिक्री क्षमता, सजिलै ब्याट्री चार्ज, कम मर्मत खर्च, सुरक्षा फिचर्सले सुसज्जित, रिमोट कि (चाबी) यसका विशेषता रहेका छन् ।
२० प्रतिशत डाउन पेमेन्टमा सजिलै फाइनान्स हुने यसको ८ वर्ष वारेन्टी रहेको कम्पनीले जनाएको छ । यसमा आइओभी एण्ड वाइन्ड स्मार्ट फिचर्सका साथै भ्वाइस कमाण्डिङको सुविधा समेत रहेको कम्पनीको भनाइ छ ।




