• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

चितवनले पायो प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री


  •   बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
  • काठमाडौं ५  माघ 

    Advertisement

    चितवनले विभिन्न परिवर्तनकारी राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यहाँबाट आन्दोलनकै क्रममा कयौंले ज्यान गुमाए। तर पनि विगतमा चितवनबाट निर्वाचित हुने जनप्रतिनिधिले मन्त्रीको अवसर कमैले पाउँथे।

    २०६२/०६३ को आन्दोलनपछि चितवनले नियमित जस्तै मन्त्री पाउने गरेको छ। हालको सरकारमा चितवनले इतिहासमै पहिलो पटक प्रधानमन्त्री, उपप्रधान तथा गृहमन्त्री र सहरी विकासमन्त्री नै पाएको छ। यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल गोरखाबाट चुनाव लडे पनि उनी चितवनकै मतदाता हुन्। अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्।

    चितवन क्षेत्रनम्बर २ बाट निर्वाचित रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद विक्रम पाण्डे सहरी विकास भएका छन्। राष्ट्रियस्तरको नेता नभएर चितवनको विकास भएन भन्ने थियो। तर, जनआन्दोलनपछि चितवनमा राष्ट्रियस्तरको नेता नभएको आरोप हट्दै गएको नेकपा एमालेका नेता विजय सुवेदी बताउँछन्।

    चितवनबाट निर्वाचित सांसद दुईजना प्रधानमन्त्री भइसकेका छन्। नेपाली कांग्रेसका तत्कालीन सभापति शुशिल कोइराला २०७० सालमा चितवन क्षेत्र नम्बर ३ बाट नै निर्वाचत भएर देशको प्रधानमन्त्री बनेका थिए। चितवनमै घर भएका पुष्पकमल दाहाल तीनपटक प्रधानमन्त्री बने। प्रधानमन्त्रीबाहेक यसअघि चितवनका जनप्रतिनिधिले गृह, रक्षा, अर्थ, सञ्चार जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालेका थिए। २०६२/०६३सालको जनआन्दोलनअघि चितवनले क्याबिनेट मन्त्री एक जना मात्रै पाएको थियो।

    २०३८ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा बखानसिंह गुरुङ कानुनमन्त्री बनेका थिए। त्यो भन्दाअघि २०३६ सालमा कांग्रेसका सन्तबहादुर चौधरी स्वास्थ्य सहायकमन्त्री बनेका थिए। त्यसपछि पनि चितवनबाट राज्यमन्त्री र सहायकमन्त्री भए। २०५६ सालमा कांग्रेसका गंगाधार लम्साल भूमिसुधार राज्यमन्त्री, सावित्री बोगटी सञ्चार सहायकमन्त्री, नारायण शर्मा जलस्रोत राज्यमन्त्री भए। क्याविनेट मन्त्री भने चितवनले २०६४ सालपछि पायो। तत्कालीन चितवन क्षेत्र नम्बर २बाट निर्वाचित भएका रामबहादुर थापा बादल रक्षामन्त्री बने।

    त्यसपछि कुनै न कुनै सरकारमा चितवनले मन्त्री पाउने गरेको छ। २०६६ पछि बनेको दाहाल सरकार हटेपछि माधव नेपालको नेतृत्वमा सरकार बन्यो। त्यतिखेर चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सुरेन्द्र पाण्डे अर्थमन्त्री बने। त्यसपछि २०७३ को दाहाल सरकारमा विक्रम पाण्डे भूमिसुधारमन्त्री भए।

    त्यसपछिको २०७४ सालको शेरबहादुर देउवाको चौथो कार्यकालमा पाण्डे वनमन्त्री बने भने, चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेसका शेषनाथ अधिकारी शिक्षा राज्यमन्त्री भए। २०७४ को निर्वाचनपछि बनेको केपी शर्मा ओली सरकारमा रामबहादुर थापा बादल पुनः गृहमन्त्री हुन पुगे। ओली सरकार हटेपछिको देउवाको पाँचौ कार्यकालको सरकारमा कांग्रेसकी उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्न पुगिन्।

    यसरी चितवनले प्रधानमन्त्री देखि मन्त्रीसम्म पटकपटक पाए पनि यहाँको विकासले खासै फड्को मार्न नसकेको आजको नागरिक दैनिकमा खवर छ । नागरिक दैनिकबाट

    बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.