काठमाडौँ ९ माघ
बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा रुबी खान, निर्ग जैशीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो।
माइतीघरबाट बबरमहल हुँदै सिंहदरबारतर्फ आन्दोलन र र्यालीमा निस्किएका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन्।




