काठमाडौँ १० माघ
पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । बैतडी, दार्चुला लगायत कैलाली, कञ्चनपुरसम्मै आज अपराह्न करिब पाैने ३ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको केन्द्रविन्दू भारतको उत्तराखण्डमा रहेको र ५.५ म्याग्निच्युडको भूकम्प गएको प्रारम्भिक जानकारी आएको छ । त्यसको कम्पन सुदूरपश्चिमसहित कर्णालीका केही जिल्लामा समेत महसुस गरिएको हो । थप विस्तुत विवरण आउन बाँकी छ ।




