काठमाडाैँ १९ चैत
नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।आज पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले कांग्रेस नेताद्वय जोशी र कोइरालामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
गत निर्वाचनमा पार्टी हितविपरित क्रियाकलाप गरेको भन्दै जोशी र कोइरालालाई पार्टीले कारबाही गरेको थियो।
आजको बैठकले बारा–२ मा उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको पार्टीका सहमहामन्त्री बद्री पाण्डले जानकारी दिए । यसअघि कांग्रेसले तनहुँ–१ बाट गोविन्द भट्टराई र चितवन–२ बाट जितनारायण श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो ।




