काठमाडौँ १९ चैत
नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खटाउने भएको छ। आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि दुईवटा क्षेत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खटाउने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।प्रतिनिधिसभाका तीनवटा क्षेत्रमध्ये कांग्रेसले दुईवटा क्षेत्रमा उम्मेदवारी दिने भएकाे छ ।
कांग्रेसले तनहुँ १ र चितवन क्षेत्र नम्बर २ मा मात्रै उम्मेदवारी दिने भएकाे हाे । बारामा भने जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सहयाेग गर्ने भएकाे छ ।जसअनुसार कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ मा महामन्त्री गगन थापा र चितवन २ मा अर्का महामन्त्री शर्मालाई चुनावी कमाण्डर बनाएर पठाउने भएको हाे।
कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएकाे छ । सोमबार उम्मेदवारहरुको मनोनयनकाे कार्यक्रम छ। उम्मेदवारहरुको मनोनयनका लागि महामन्त्री थापा तनहुँ १ मा र अर्का महामन्त्री शर्मा चितवन २ मा जाने भएका छन्।




