काठमाडौं२० चैत
वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ-१ मा नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन्। उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन्। गत मंसिरमा भएको भएको निर्वाचनमा उनी काठमाडौं-६ मा पराजित भएका थिए।
उक्त क्षेत्रमा उनीसहित अहिलेसम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल मजदुर किसान पार्टीतर्फ रामप्रसाज प्रजापति र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पूर्णबहादुर रानाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ-१ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन्।तीन क्षेत्रमा हुने उपनिर्वाचनका लगि आज उम्मेदवारी मनोनयन भइरहेको छ। तनहुँ-१ सहित बारा-२ र चितवन-२ मा पनि १० वैशाखमै उपनिर्वाचन हुँदैछ।




