• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

कालीगण्डकी करिडोर स्तोन्नति जारी


  •   शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
  • गलेश्वर २४ चैत
    नेपाल आउने विदेशी पर्यटक, धार्मिक पर्यटक र नेपाल घुम्न चाहने आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य हो मुस्ताङ । हवाई मार्गभन्दा स्थलमार्गबाट धेरै पर्यटक मुस्ताङ जाने गर्दछन् । तर, मुस्ताङ जाने र फर्कने क्रममा पर्यटक र तीर्थयात्रीले सास्ती खेप्न बाध्य छन् । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि मुस्ताङको लोमान्थाङसम्मको आठ ठाउँमा स्तरोन्नतिको काम भइरहेको कालीगण्डकी करिडोर आयोजना मालढुङ्गा–जोमसोम प्रमुख जगत प्रजापतिले बताउनुभयो ।

    Advertisement

    उहाँका अनुसार सडक निर्माणका लागि आवश्यक पर्ने कच्चापदार्थ ढुङ्गा, गिटी, बालुवा, ग्राभेल आदि इत्यादिको अभावले सडकको काम तीव्ररुपमा हुन नसकेको हो ।

    “सडक स्तरोन्नतिका लागि ठाउँठाउँमा राखिएका निर्माण सामग्री, भत्काइएको सडक मर्मतमा ढिलाइलगायतका कारण सडक साँघुरो र जोखिमयुक्त भएकाले ज्यानकै बाजी राखेर मुस्ताङ आवतजावत गर्न बाध्य हुनुपर्ने अवस्था रहेछ”, रसियन पर्यटकलाई मुस्ताङ घुमाएर बेनी फर्किनुभएका पर्यटक पथप्रदर्शक डग्नुम लामाले बताउनुभयो ।

    “मुस्ताङ घुम्दा रमाएका पर्यटक बाटोमा सास्ती भोग्दा भने निरास हुने गर्छन्, सरकारले भ्रमणका लागि मुस्ताङ त बोलाउँछ, तर बाटो किन बनाउँदैन भने पर्यटकले हामीसँग प्रश्न गर्छन्”, उहाँले भन्नुभयो । चौध जना साथीसँग मुस्ताङ घुमेर फर्कन लाग्नुभएका नवलपुरको गैँडाकोट नगरपालिका–१२ हर्कपुरका प्रकाश ज्ञवालीले बेनीमा भन्नुभयो, “त्यस्तो सुन्दर ठाउँ (मुस्ताङ)मा जान र फर्कने र दैनिक सयौँ विदेशी पर्यटकको आवतजावत हुने सडकको अवस्था अत्यन्तै दयनीय रहेछ, सडक स्तरोन्नतिका लागि निर्माण कम्पनी र सरकार दुवै उदासिन बनेको देखियो, यस्तो सडक देखाएर सरकारले विदेशी पर्यटकलाई मुस्ताङ घुम्ने निम्ता कसरी दिन सकेको होला ?”

    लमा र ज्ञवालीले भनेजस्तै मुस्ताङ जाने सडकको अवस्था अत्यन्त दयनीय नै रहेको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । “सरकारले निर्माण कम्पनीलाई दोष दिन्छ, निर्माण कम्पनीले सरकारलाई” शेरचनले भन्नुभयो, “दुई वटा निकायका बीचमा समन्वय नहुँदा सास्ती चाहिँ पर्यटकले भोग्नुपरेको छ, यस्तै अवस्था अझै केही समय रहिरहने हो भने मुस्ताङ घुम्ने पर्यटकको चाहना हुँदाहुँदै पनि सडककै कारण मोहभङ्ग हुनसक्छ ।”

    निर्माण कम्पनीका ठेकेदारका अनुसार सडक निर्माणका लागि आवश्यक कच्चापदार्थ कालीगण्डकी नदीबाट निकाल्न नपाउँदा काममा असर परेको हो । सर्वोच्च अदालतले २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन नगर्न भनेको छ ।

    सरकारले जारी गरेको आइइइ रिपोर्टमा उल्लेख भएका आधारमा राष्ट्रिय गौरवको आयोजना भएकाले कालीगण्डकी नदीबाट नै आवश्यक कच्चापदार्थ झिक्न पाउने र सोही मूल्याङ्कनका आधारमा ठेक्का सम्झौता भएको निर्माण कम्पनीले बताउँदै आएका छन् ।

    कालीगण्डकी नदीको तीरैतीर जाने करिडोरमा कालीगण्डकीकै निर्माण सामग्री उपयोग गर्ने भनिएको भए पनि सर्वोच्च अदालतमा परेको रिटका कारण निर्माण सामग्री प्रयोग गर्न नपाएकाले काम प्रभावित भएको आयोजना प्रमुख प्रजापतिको भनाइ रहेको छ । सर्वोच्च अदालतले पनि समयमा नै फैसला दिन नसक्दा अन्योलको अवस्था उत्पन्न भएको पाइएको छ ।

    आयोजना प्रमुख प्रजापतिले मालढुङ्गादेखि कोरलासम्मको खण्डमा करिब ७२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो । निर्माण सामग्रीको अभावले काम सुस्तगतिमा मात्रै चलेका उहाँले बताउनुभयो । ढुङ्गा नपाएका कारण निकै समस्या भइरहेको छ भने उपलब्ध भएका सामग्रीबाट आरसिसीको काम चलिरहेको उहाँको भनाइ छ । बेनी–गलेश्वरको काम तीव्ररूपमा भइरहेको उहाँले बताउनुभयो । त्यसैगरी गलेश्वरदेखि तातोपानीसम्मको खण्डको पाँच÷छ किमी सडक कालोपत्र भइसकेको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार केही भागमा कालोपत्रको तयारी भइरहेको छ भने काभ्रे भिरमा पनि ढलानको काम चलिरहेको छ । काभ्रेदेखि घाँसासम्मको सडक अत्यन्तै जोखिमयुक्त मानिन्छ । रुप्से झरनामा पनि बेलिब्रिज निर्माणको काम चलिरहेको उहाँले जानकारी दिनुभयो । मुस्ताङको जोमसोममा ढलानको काम भइरहेको उहाँको भनाइ छ ।

    मालढुङ्गादेखि बेनीसम्मको सडकको काम भने निर्माण कम्पनीले छोडेको छ । उक्त सडकखण्डको अहिलेसम्म करिब २०÷२५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

    छिमेकी देश चीन र भारत दुवैलाई छुने र नेपालको आयात निर्यातमा महत्वपूर्ण काम गर्ने राष्ट्रिय गौरवको आयोजना हो ‘कालीगण्डकी कोरिडोर’। व्यापार र पर्यटनका लागि देशकै महत्वपूर्ण रहेको यही सडकको काम गरिरहेको एपेक्स खड्का कृष्ण जेभीले काम छाडेको अवस्था छ । उसले आफ्ना कामदार कोहीलाई अन्य ठाउँका काममा पठाएको छ त कोहीलाई घर फिर्ता गरिदिएको छ ।

    राष्ट्रिय गौरवको आयोजनाको काम पूरा गर्नका लागि कालीगण्डकी नदी उत्खनन गर्नुबाहेकका विकल्पबाट काम सक्न मुस्किल रहेको निर्माण सम्बद्ध व्यक्ति र स्थानीयको भनाइ छ ।

    शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.