• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रियसभा बैठक : शान्ति प्रक्रियादेखि भ्रष्टाचार न्यूनीकरणसम्मका मुद्दामा बहस


  •   सोमबार, चैत २७, २०७९ मा प्रकाशित
  • काठमाडौँ २७ चैत 
    राष्ट्रियसभामा शान्ति प्रक्रिया, सामुदायिक वन, मल, आर्थिक सङ्कट, न्यूनतम साझा कार्यक्रम, लैङ्गिक मुद्दा, निर्वाचन क्षेत्र र मतदाताबीचको तादम्यताको विषयले छलफलका लागि प्रवेश पाएको छ ।

    Advertisement

    राष्ट्रियसभाको आजको बैठकमा सहभागी वक्ताले घाइते प्रहरीको उपचार, सीमा क्षेत्रमा भइरहेको लुटपाट, शान्ति सम्झौता, देशको अनुदान र ऋण, सुशासन, भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    सभाका महेशकुमार महराले सहायक हवल्दार हर्क विष्ट कामका सिलसिलामा घाइते हँुदा पनि राज्यबाट उपचार नपाएर अस्पतालमा अप्ठ्यारो स्थितिमा उपचार गरिरहेको भनी सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    उहाँले राज्य सबैको अभिभावक भएकाले कसैप्रति लाखा र पाखाको व्यवहार नगरी सबै जनताप्रति समान व्यवहार र उत्तरदायी हुन सरकारलाई सुझाव दिनुभयो । सदस्य महराले सङ्क्रमणकालीन न्यायनिरुपण र शान्ति सम्झौतामा उल्लेखित विषय टुङ्ग्याउने कार्यलाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सभाका सदस्य दिलकुमारी थापाले व्यवस्था बदलिए पनि समाजमा कतिपय घटनामा सोच र व्यवहार रुपान्तरण गर्न निकै कठिनाइ देखिएकाले त्यसमा सुधारको खाँचो औँल्याउनुभयो । किसानका उत्पादनको बजार र समयमै बीउबिजन र मलखादको व्यवस्था नहुँदा निरासा उत्पन्न भएको बताउँदै उहाँले महिलाको नेतृत्व विकास र सशक्तीकरणमा सामुदायिक वनको ठूलो महत्व रहेकाले त्यसलाई खुम्च्याउने काम नगर्न सुझाव दिनुभयो ।

    सभाका सदस्य जीतेन्द्र नारायणले मुलुकको आर्थिक अवस्था कमजोर रहेकाले आर्थिक अराजकस्थितिले राजनीतिक दुर्घटना निम्तिन सक्ने अवस्थाप्रति समयमै सचेत रहन सबै राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    उहाँले पछिल्ला वर्षमा दातृ निकायले दिने अनुदान सहयोग घट्ने र मुलुकको ऋण भार बढ्ने अवस्थामा रहेकाले अब आउने बजेट कृषि र जलस्रोत क्षेत्रजस्ता उत्पादन क्षेत्रमा केन्द्रित गर्न सुझाव दिनुभयो ।

    सदस्य उदयबहादुर बोहराले सरकारले अघि सारेको नीति र कार्यक्रममार्फत सङ्घीयता र गणतन्त्रलाई प्राथमिकता गर्दै प्रतिनिधिसभाको कार्यकालको सुनिश्चिता गरेको बताउनुभयो ।

    नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा मुलुकका कतिपय नेताका छोरा संलग्न रहेको अवस्थाले अप्ठ्यारो स्थिति सिर्जना गरेको बताउँदै उहाँले त्यसमा संलग्न जो कोही भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । सदस्य भुवनबहादुर सुनारले अहिले देखिएको अराजकताले मुलुकलाई कता लैजान खोजेको भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “राज्यले यो अवस्थालाई नियन्त्रणमा लिनुपर्छ, मिडिया काउन्सिलले यसलाई समयमै नियन्त्रण गरिनुपर्छ, युट्युबले केही व्यक्तिलाई उचाल्ने काम भएको छ ।”

    डा विमला राई पौड्यालले मिटरब्याज पीडितले काठमाडौँ आएर सांसद र सरकारलाई भेट गरी माग प्रस्तुत गरिएको अवस्थामा अब उहाँको माग के भयो भन्नेबारेमा सदनलाई जानकारी दिइयोस् भन्नुभयो ।

    उहाँले लैङ्गिक समानताका बारेमा संविधानमै स्पष्ट व्यवस्था भए तापनि कर्मचारीको त्यसमा बेवास्ताले उनीहरुलाई त्यसको महत्व र प्रभावबारे अध्ययन गराउन आवश्यक रहेको बताउनुभयो ।

    राष्ट्रिय सभा सदस्य डा खिमलाल देवकोटा निर्वाचन क्षेत्र र सांसदको सङ्ख्या घटाउन सकिएको खण्डमा हालको व्यवस्था र शासन प्रणालीले स्थायित्व प्राप्त गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र तय गर्नुपर्नेमा विगतमा त्यो हुन सकेन, काठमाडौँलगायत सहरी क्षेत्रमा बसोबास बाक्लो भए पनि मतदानका लागि स्थायी ठेगानामा जानुपर्ने बाध्यतालाई हटाइनुपर्छ ।”

    सभाका सदस्य रामचन्द्र राईले सदन चलिरहेका बेला सरकारका न्यूनतम साझा कार्यक्रम सदन बाहिर किन प्रस्तुत गरियो भनी प्रश्न गर्दै सदनमै यस्ता कार्यक्रम ल्याउनुपर्ने उसको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले पूर्णता कहिले पाउने हो, जनताले चाहेअनुरुप सरकारले काम गर्नुपर्छ, त्यो भएको छैन, राष्ट्रिय सहमतिको सरकार गठन र व्यक्ति विशेषलाई पदमा पु¥याउन होइन, भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि हुनुपर्छ ।”

    सभाका अर्का सदस्य दुर्गा गुरुङले मुलुक कृषिप्रधान भनिए पनि कृषिजन्य सामग्री विदेशबाटै आयत गर्नुपर्ने अवस्था भएको हुँदा यस क्षेत्रलाई सम्मानित तुल्याउँदै आकर्षक कार्यक्रम ल्याउन जरुरी रहेको छ भन्नुभयो । सभाका सदस्य तारामान स्वाँरले संविधानको मर्म र भावनाअनुरुप सरकार र सबै राजनीतिक दल चल्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपाली नागरिकले भारतको विभिन्न स्थानमा दुःखकष्ट गरेर ल्याएको रकम सीमा क्षेत्रमा लुटिने अवस्था अन्त्य गर्न प्रभावकारी पहलको आवश्यकता औँल्याउनुभयो ।

    सोमबार, चैत २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.