चितवन ५ वैशाख
प्रोफेशनल मिडिया ग्रुपद्धारा संचालित रेडियो भरतपुर चितवन, भरतपुरपोष्ट र नवीनखबर डट कमले प्रकाशन गरेको क्यालेन्डर बिमोचन गरिएको छ । सोमबार एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस महामन्त्री गगन थापाले बिमोचन गर्नुभएको हो ।
बिमोचन गर्दै थापाले रेडियो भरतपुर वास्तविक आवाजविहिनको आवाज बनेको बताउनुभयो । साथैं नेता थापाले, रेडियो भरतपुर ,भरतपुरपोष्ट र नवीनखवरलाई सफलताको शुभकामना समेत दिनुभएको छ । बिमोचन कार्यक्रममा रेडियोका अध्यक्ष नविनराज पौडेल,स्टेशन म्यानेजर सुवास लामिछाने सहित रेडियोको टोलीको सहभागिता रहेको थियो ।






