• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

परेन पानी, फुलेन गुराँस


  •   आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
  • फुङ्लिङ १० वैशाख 

    Advertisement

    चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन् । चैत–वैशाख ढकमक्क फुल्ने गुराँस यस वर्ष फुलेको देखिएन ।

    पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ । तर गुराँस हो कि होइन भने ठम्याउन निकै मुस्किल छ । किनकि अन्य बोटभन्दा त्यति भिन्नता देखिँदैन । पाथीभरा मन्दिरमा प्रत्येक दिन पूजापाठ गर्न जाने आउने तीर्थयात्री एकैछिन उभिएर यसो हेर्ने गर्दछन् । अनि भन्ने गर्दछन् “गुराँस किन फुलेन ।”

    विगतका दिनमा पाथिभरा क्षेत्रमा फुलेको गुराँसको रस चुस्न झुम्मिएका अनेक थरिका चरा अनि मौरी । ती चराको आवाजले सङ्गीतमय यात्रा हुने गर्दथ्यो । गुराँसका रस चुस्ने अनेक थरिका चराचुरुङ्गी र आफ्नो आहारा बटुल्न आउने ती मौरी अहिले कहाँ केको रस चुस्तै होलान् रु

    विगतको समयमा पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगुराँसका फूलले सजिएको हुन्थ्यो । निकै लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रापछि गाडीबाट ओर्लिनेबित्तिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँसको स्वागतले तीर्थयात्रीमा एक प्रकारको ऊर्जा प्राप्त हुने गथ्र्यो । पाथीभरा क्षेत्रका वनपाखा रङ्गीन बन्थ्यो । लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दथ्र्यो । ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द लिन तथा पाथीभरा देवीको दर्शन गर्ने अवसर मिल्यो । तर यस वर्ष भने गुराँस फुल्न सकेन । गुराँसका रुख छन् तर अरु रुखभन्दा त्यति भिन्नता छैन ।

    सिदिङवा गाउँपालिका–४ साब्लाखुकी फूलमाया लिम्बू ढकमक्क गुराँस फुल्दाको आनन्द लिन र पाथीभराको दर्शन गर्न जाने सोच निकै अगाडिदेखि नै थियो । गत बुधबार भने लिम्बूको साइत जु¥यो । बिहान ४ बजे नै ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट पाथीभरा क्षेत्र प्रस्थान गर्नुभयो । दुई घन्टा यातायातको साधनमार्फत काफ्लेपाटी पुग्नुभयो । काफ्लेपाटीबाट पाँच किलोमिटर उकालो पदमार्गको प्रयोग गरेर पाथीभरा मन्दिर पग्नु सकिन्छ । पदमार्गको दायाँ–बायाँ फुलेको गुराँसको आनन्द लिँदै कहीँकतै गुराँसको थुङ्गासँग तस्बिर लिने सोच बनाउँदै रङ्गीन सोच बनाएर उकालो लाग्नुभयो । तर लिम्बूका ती रङ्गीन सोच लामो समय टिक्न सकेन । न त कतै गुराँस फुलेको देख्न पाइयो न त चराचुरुङ्गीको आवाज नै सुन्न पाउनुभयो । “किन गुराँस फुलेन”, लिम्बूले भन्नुभयो, “गुराँस फुलेको हेर्न पाइन्छ भने आइयो तर गुराँस फुलेन छ ।”

    मधेसमा गुराँस पाइँदैन । मधेसमा जन्मेहुर्केकालाई गुराँस हेर्नका लागि पहाड उक्लिनै पर्दछ । गुराँस हेर्न र पाथीभराका दर्शन गर्न साप्तरीका शिव यादवले भने ढकमक्क गुराँस फुलेको हेर्ने इच्छा पूरा नभएको बताउनुभयो । प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने याममा गुराँस फुल्न नसकेको स्थानीय इन्द्रनारायण भट्टराईले बताउनुभयो । विगतका वर्षमा पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यावलोकन गर्न ठूलो सङ्ख्यामा तीर्थयात्री आउने गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।

    नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । विश्वमा दुर्लभ वन्यजन्तु रेडपान्डाको बासस्थान पाथीभरा क्षेत्रमा पर्दछ । कालो भालु, मृग, घोरल साथै नेपालमा मात्र पाइने काँडेभ्याकुर, कालिज, नेपालको राष्ट्रिय पक्षी डाँफेलगायत वन्यजन्तु तथा पक्षी पाइने गर्दछन् ।

    पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ । यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् । यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन् । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङजस्ता प्रजातिसमेत रहेका छन् ।

    स्थानीय व्यवसायी गुराँस फुलेको समयमा पर्यटन व्यवसाय फस्टाउने आशमा हुन्छन् । हिमाली र पहाडी भेगमा ढकमक्क गुराँस फुलेको हुन्छ । फागुनदेखि जेठसम्म गुराँस फुल्छ । गुराँसलाई विम्ब बनाएर धेरै गीत, गजल र कविता लेखिएका छन् । यतिबेला सामाजिक सञ्जालमा गुराँसछेउ उभिएको, हत्केलामा गुराँस राखिएको, कानमा सिउरिएका तस्बिर बढी लोकप्रिय हुन्छन् । यतिबेला गुराँस बगैँचामा रमाउने र पदायात्रा गर्नेहरू धेरै भेटिन्छन् । तस्बिरमा देखेकाहरू प्रत्यक्षरूपमा गुराँस देख्दा धेरै रमाउँछन् ।

    हरेक वर्ष देवतालाई गुराँस चढाइन्छ । यसका पात, बोक्रा र फूल मानिस तथा घरपालुवा जनावरका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । अचार, सर्वत र रक्सी बनाउन पनि यो झनै उपयोगी हुन्छ । तर यस वर्ष भने विगतमा फुलेझैँ गुराँस नफुलेको स्थानीय बताउँछन् ।

    किन फुलेन गुराँस

    जलवायु परिवर्तन कारणले गुराँस फुल्न नसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका वार्डेन दिपेन्द्र पोखरेले बताउनुहुन्छ । यस वर्ष विगतको जस्तो असोजदेखि अहिलेसम्म खासै वर्षा हुन सकेन । हिमाली भेगमा हिमपात नभई हिउँ पर्ने समय गएको छ । विगतमा चाँदीजस्तै सेताम्य हुने हिमाल कालो चट्टानजस्तै देखिन थालेको छ । हिउँ पग्लेर हिमरेखाभन्दा माथि जान थालेको पोखरेलले बताउनुभयो । हिमालमा समयमै हिमपात र वर्षा कमी हुनुले पनि जैविक विविधतामा असर पुगेको वार्डेन पाखरेलको भनाइ छ । त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागमा प्राध्यापन गर्ने वनस्पतिविद् विजया पन्त जमिनमा पानीको मात्रा कम भएकाले यसपालि गुराँस नफुलेको बताउनुहुन्छ ।

    “त्यही ठाउँमा अघिल्लो वर्ष फुल्ने यस वर्ष नफुल्ने भनेको सुक्खापनले गर्दा नै हुनुपर्छ”, उहाँ भन्नुहुन्छ, “पानीलाई सोसेर गुराँस फुल्ने भएकाले फुल्नुअघि पानी नपर्दा गुराँस फुल्न सकेन ।” उहाँका अनुसार सुक्खा हुनेबित्तिकै सुक्ष्म जीवाणु र ढुसीले माटो मलिलो र रसिलो बनाउने प्रक्रिया बन्द हुने भएकाले कोपिला लागे पनि गुराँसको फूल फक्रिन नसकेको हुनुपर्छ । बिरुवा फुल्नु–नफुल्नु, फल–लाग्नु नलाग्नुमा जलवायु परिवर्तनजस्ता अरू थुप्रै कारण पनि उत्तिकै जिम्मेवार हुने उहाँले बताउनुभयो ।

     

    आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.