बारा ११ वैशाख
प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत बारा–२ मा आज बिहान ११ बजेदेखि मतगणना गर्ने सहमति भएको छ। मतपेटिका संकलन गरिसकेपछि आज बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि गणना गर्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी होबिन्द्र बोगटीले बताए। बैठकमा सबै राजनीतिक दल र सुरक्षा निकायका प्रतिनिधि सहभागी थिए।
वैशाख १० गते रातिदेखि नै मतगणना गर्ने तयारी थियो। तर, मतपेटिका संकलन गर्दा अबेर राति भएको र त्यसपछि सर्वदलीय बैठक बस्न नसकेपछि मतगणना गर्न सकिएको थिएन।
बारा–२ मा एक लाख पाँच हजार २४८ मतदाता छन्। जसमध्ये ६५ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




