• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता


  •   बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
  • ढोरपाटन २० वैशाख

    Advertisement

    तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारबाट वडा नं ६ को नर्जाखानी गाउँमा पुग्न गाडीमा दुई घन्टा लाग्छ । चार वर्ष अगाडिमात्रै सडकले जोडिएको सो गाउँका धेरै बस्तीमा अहिले गाडी पुग्छ । भौगोलिक विकटताका कारण पछाडि परेको नर्जाखानी जिल्लाकै सबैभन्दा टाढाको बस्ती हो । नर्जाखानी गाउँ पुग्न थुप्रै खोलानाला पार गर्नुपर्छ । हिउँदयाममा यातायातका साधान नियमित सञ्चालन भए पनि बर्खायाममा करिब चार महिना सडक अवरुद्ध हुन्छ ।

    गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा सडकको ट्रयाक खोलेपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको छ । तर बाह्रै महिना यातायात सञ्चालन नहुँदा समस्या भोग्नुपरेको छ । गाउँमा पुग्न धेरै खोलामा मोटरेबल पुल निर्माण गर्नुपर्ने हुँदा बर्खाको चार महिना स्थानीयले सास्ती खेप्नुपरेको छ । नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङ्खानीघाट, खुङखानीबगर घाट र नर्जाबगर घाट गरी पाँच स्थानमा मोटरेबल पुल निर्माण गर्नुपर्छ । तर अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनेको छैन ।

    वडा नं ३ को तमान, लाम्मेला गाउँ हुदै म्याग्दी पुग्न ढोमई घाट र शेर्माखोला घाटमा पुल निर्माण गर्नुपर्छ । यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नं २ को बोङ्खानी, मुठाचौरलगायतका गाउँसम्म पुग्न बेँसीघाट र बोङ्खानीघाटमा मोटरेबल पुल आवश्यक पर्छ । तर अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनेका छैनन् । विभिन्न खोलामा पुल नबन्दा स्थानीय बर्खाको समयमा यात्रा गर्न सक्दैनन् । सबै गाउँबाट पालिकाको केन्द्र आउन नौवटा पुल बन्नुपर्छ । पुल नबन्दा असारदेखि असोजसम्म सेवाग्राहीलाई पालिकाबाट सेवा लिन समस्या भएको छ ।

    बर्खाको समयमा सडक अवरुद्ध हुँदा हिउँदमै बजारबाट सामान ढुवानी गरेर भण्डारण गरी राख्नुपर्ने बाध्यता रहेको तमानखोला गाउँपालिका–६ का पूर्वअध्यक्ष कुलबहादुर छन्त्यालले बताउनुभयो । उहाँले यसरी हिउँदै भण्डार गरेर सामान राख्दा कुहिने र समयावधि सकिएर खान नमिल्ने हुँदा नोक्सानी व्यहोर्नुपरेको गुनासो पोख्नुभयो । छन्त्यालले पुल निर्माणमा माथिल्लो निकायले चासो नदिँदा सयौँ नागरिकले बर्खामा समस्या भोग्नुपरेको बताउनुभयो ।

    “भौगोलिकरूपमा त पछाडि परेका थियौँ, विकासका हिसाबले पनि पछाडि नै परेका छौँ, सडक निर्माण भएको वर्षौँ भयो तर अहिलेसम्म कुनै पनि खोलामा पुल बनेको छैन, त्यसको प्रत्यक्ष असर हामीलाई परेको छ”, छन्त्याल भन्नुहुन्छ, “बर्खामा हिँडेर पालिकाको केन्द्रमा पुग्न तीन घन्टा बढी लाग्छ, सामान बोकेर ल्याउन सकिने अवस्था पनि हुँदैन, गाडी खोला ठूलो भयो भने बीचमै अलपत्रसमेत हुने गरेका छन्, अहिले पनि फेरि बर्खा लाग्न थाल्यो, समस्या उही छ ।”

    सडकले गाउँलाई विकाससँग जोडेको भए पनि पुल नबन्दा अपूरो भएको स्थानीय जालप्रसाद छन्त्यालले बताउनुभयो । सडकले गाउँ नजोडिँदा स्थानीयले घोडा, खच्चडमा ढुवानी गरेर सामान ओसारपसार गरेको भए पनि अहिले खच्चड पनि विस्थापित भएको उहाँको भनाइ छ । बर्खामा गाडी पनि नचल्ने र खच्चड पनि नपाइने हुँदा ग्रामीण क्षेत्रका नागरिक ठूलो समस्यामा पर्ने बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, “बर्खामा गाउँमा गाडी चल्दैनन्, कोही बिरामी प¥यो भने अस्पताल पु¥याउन निकै समस्या हुन्छ, बोकैरै लैजानुपर्ने अवस्था हुँदा समयमा अस्पताल पु¥याउन सकिँदैन, त्यसले गर्दा बिरामीको ज्यान जाने खतरा पनि हुन्छ ।”

    तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले तमानखोलाका गाउँ पुग्न धेरै भिरपहरा र खोला पार गर्नुपर्ने हुँदा नागरिकले समस्या भोग्नुपरेको बताउनुभयो । उहाँले स्थानीय तहमा नेतृत्व लिएदेखि धेरै गाउँमा सडक पु¥याए पनि पुल निर्माण गर्न नसकेको बताउनुभयो । यहाँका धेरै खोलामा करिब दर्जन पुल आवश्यक परेको भन्दै पालिकाको बजेटले नभ्याउने हुँदा पुल निर्माण गर्न नसकिएको बताउनुभयो । पुल निर्माण लागि माथिल्लो निकायसँग माग गरिरहेको जानकारी दिनुभयो ।

    “तमानखोलाको सबै वडामा पुग्न खोला पार गर्नुपर्छ, बर्खामा खोलामा पानीको बहाव निकै बढ्ने हुँदा यातायातका साधान वारपार गर्न सक्दैनन्, हामीले सबै गाउँ र बस्तीमा ढिलो–चाँडो सडक त पु¥यायौँ, तर पुल बनाउन पालिकाको आर्थिक अवस्थाले नपुग्ने हुँदा निर्माण गर्न सकेका छैनौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “पुल निर्माणका लागि केन्द्र र प्रदेश सरकारसँग बजेट माग गरिरहेका छौँ, सबै निकायसँग समन्वय गरी पुल बनाउनेछौँ, एकैपटक नहोला तर पनि पुल बनाउनतर्फ लागिपरेका छौँ ।”

    पालिकाको केन्द्र बोङ्गादोभानस्थित बोङ्गाखोलामा भने अहिले पुल निर्माण भइरहेको छ । गत वर्षदेखि निर्माण हुन थालेको पुलको काम सुस्त गतिमा भइरहेको छ । यहाँको पुल समयमै सकिए सयौँ नागरिकलाई पालिका केन्द्रमा आउनजान सहज हुने छ ।

    बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.