लक्ष्मी ढकाल
चितवन २८ वैशाख
काममा ढिलासुस्ती भएको भन्दैं सडक डिभिजन कार्यालय भरतपुरलाई ज्ञापनपत्र बुझाइएको छ । भरतपुर महानगरपालिका ७ का स्थानियवासी सहित जनप्रतिनिधिहरुको सहभागितामा बिहिबार सडक डिभिजन कार्यालय भरतपुरमा ज्ञापनपत्र बुझाइएको हो ।
भरतपुर महानगरपालिका ७ वडाअध्यक्ष राजेन्द्रमणी काफ्लेका अनुसार वडा नं ७ मा रहेको सिर्जना चोकदेखी सिताराम चोकसम्मको सडक लामो समयदेखी निर्माणको ठेक्का लगाई निर्माण कार्य सञ्चालन भएतापनि यस क्षेत्रमा निर्माणले मूर्तरुप लिन नसकेको हो ।
दिनहुँजसो हुने दुर्घटना अनि वर्षादमा हुने डुवान जस्तो समस्याले स्थानियवासीहरुले समस्या भोगेको नेपाली काग्रेंस चितवनका प्रवक्तां एवं स्थानियवासी अनमोल अधिकारीले बताउनुभयो । सो सडक ७ दिनभित्र कार्य नभएमा आन्दोलित हुने बुद्धचोक टोल विकास संस्थाका अध्यक्ष कुस्माखर अधिकारीले जानकारी दिनुभयो ।





