• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

पर्यटनमा बुटवलको छलाङ


  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
  • रुपन्देही १२ जेठ 

    Advertisement

    बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित आधुनिक सिङ्गो बुटवलभित्र पुरानो बटौली बजार जीवितै छ । साँघुरा गल्लीसहितको करिब छ सय वर्ष पुरानो यो बजार अहिले सुनसान प्रायः छ । यद्यपि ऐतिहासिक महत्व बोकेको यो बजारलाई व्यवस्थित र पर्यटकीय गन्तब्य बनाउन सरकारी र निजी क्षेत्रले विभिन्न प्रयास भने गरेकै छन् ।

    नेपालीले अङ्ग्रेजसँगको युद्ध जितेको जितगढी किल्लासँग जोडिएको यो ऐतिहासिक बटौली बजारको शिरमा नुवाकोटगढी किल्ला छ । किल्लाको नजिकै ऐतिहासिक भैरव मन्दिर पनि छ । बुद्धकालीन सभ्यतासँग जोडिएको नुवाकोट गढीको नजिकै राजा शुद्धोधनका गुरु ऋषि कालदेवल (आशुतोष) को ध्यान केन्द्र थियो भन्ने मान्यता छ ।

    तिनाउ नदीको पश्चिमी किनारामा रहेको इतिहास, संस्कृति, सभ्यता र पुरातत्वसमेत जोडिएको बटौली र यसको शिरमा रहेको नुवाकोट गढीको एकीकृत विकास गर्नुपर्ने धारणा एकथरीको छ । बटौली र नुवाकोटगढीको एकीकृत विकास र यसको पर्यटकीय महत्व बुझेका यहाँका पुराना व्यवसायीले बटौली नुवाकोटगढी केबलकार सञ्चालनको तयारी थालेका छन् ।

    तिनाउ नदीको पूर्वी किनारामा हुर्किंदै गरेको आधुनिक बुटवल वा पुरानो खस्यौली बजार गुल्जार हुँदैछ । फराकिला सडक, अग्ला भवन, व्यवस्थित सहर र बस्तीसहित बुटवलले पश्चिम नेपालको सुविधासम्पन्न ब्यस्त बजारको पहिचान पाएको छ । मुलुकको मध्यभागमा रहेको र सुनौली नाकासँग नजिक रहेका कारण बुटवलमा बसाई सरेर आउनेको घुइँचो लाग्दैछ ।

    बुटवलदेखि भैरहवासम्म व्यवस्थित र सुविधासम्पन्न सहरको विकास भइसकेको छ । पाल्पा, पोखरा, मुक्तिनाथ र ढोरपाटनजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यतर्फ जाने प्रवेशद्वारका रुपमा रहेको आधुनिक बुटवलको शीरमा बसन्तपुर नामक जैविक विविधतायुक्त चुचुरो छ । पारी पट्टीको नुवाकोटगढी भन्दा उच्च भागमा रहेको यो शिखरमा पनि पुरानो सानो गाउँ छ । बुटवलको उष्ण हावापानीले हैरान भएका स्थानीय र घुम्न आउने पर्यटकलाई केन्द्रित गरी व्यवसायीले यहाँ पनि केबलकार सञ्चालनको तयारी थालेका छन् ।

    ऐतिहासिक बजार बटौलीको विरासत तथा आधुनिक र विकसित सहर बुटवलको भव्यतालाई बेच्न यहांँका दुई ठूला कम्पनीले अलगअलग केबलकार सञ्चालनको अन्तिम तयारी गरिरहेका छन् । केबलकार सञ्चालनसँगै भारतीय पर्यटकको आकर्षण बढ्ने अनुमान गर्दै ठूलाठूला होटल तथा रेष्टुरन्ट खुलिरहेका छन् ।
    बटौली बजार धेरै पुरानो भए पनि २०१६ फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखियो । पञ्चायती व्यवस्था सुरु भएपछि भने यसलाई बुटवल–खस्यौली नगर पञ्चायत भन्न थालिएको हो । इतिहासका अध्येता देवेन्द्रराज शाक्यकाअनुसार छ सय वर्ष पुरानो बटौलीमा सेनवंशीय राजाले बस्ती बसालेका थिए । विगतमा अहिलेको मुख्य बजारभन्दा तिनाउ पारी थियो बटौली बजार । पछि वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले ।

    खस्यौलीमा पूर्वाधार थपिँदै गएपछि बजारले बुटवल सहरको रुप लियो । बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो । विसं २०४६ पछि बुटवल नगरपालिका उल्लेख भयो । विसं २०७१ मङ्सिरमा साविक सेमलार र मोतीपुर गाविसलाई समेटेर उपमहानगरपालिकामा स्तरोन्नति भएको हो । अहिले यो पश्चिम नेपालकै प्रमुख सहर हो । पछिल्लो समय पूर्वाधारयुक्त सहरका रुपमा स्थापित भएको छ, बुटवल । छ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनीस्थलजस्ता राष्ट्रिय स्तरका संरचना रहेको बुटवलमा केही दिनमै लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार एकसाथ सञ्चालनको तयारीमा छन् । योसँगै पूर्वाधार र पर्यटनको विकासमा बुटवलले छलाङ मारेको छ ।

    लुम्बिनी केबलकारको विसं २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो भने सिद्धार्थ केबलकारको तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फागुन ९ गते शिलान्यास गर्र्नुभएको थियो ।

    लुम्बिनी केबलकारका व्यवस्थापक गोकुल साउदका अनुसार बुटवल र पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माणको काम करिब सम्पन्न भएको छ । तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर निर्माण गरिएको लुम्बिनी केबलकारको अहिले प्राविधिक परीक्षणको काम भइरहेको छ । यही महिनाभित्रै वसन्तपुरमा निर्माण गरिएको कामाक्षा देवी मन्दिरमा महायज्ञ सञ्चालन गरिने र महायज्ञकैबीचमा औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ ।

    बमघाटमा आधार स्टेसन रहेको लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा रहेको छ । यही जेठ १५ गतेदेखि नियमित सञ्चालन ल्याउन प्राविधिक परीक्षणको काम भइरहेको केबलकारका व्यवस्थापक साउँद बताउनुहुन्छ । उहाँका अनुसार २५ वटा गोन्डुला (बाकस) रहने लुम्बिनी केबलकारमा प्रत्येक बाकसमा आठ यात्रु सवार गर्न सक्नेछन् । प्रतिघन्टा छसय जना यात्रु ओहोरदोहोर गर्नसक्ने बताइएको छ ।

    अहिले वसन्तपुर डाँडामा होटल तथा रिसोर्टको काम भइरहेको छ भने जीर्ण रहेको वसन्तपुरको दुर्गा मन्दिरलाई भारतको कामाक्ष मन्दिरको आकृतिमा निर्माण गर्न लागिएको छ । त्यस्तै चिल्ड्रेन पार्क, रेस्टुरेस्ट, भ्यूप्वाइन्टसहितका पूर्वाधार बनिरहेका छन् । एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित केबलकार शिलान्यास गरे पनि कोरोना महामारी र रूख कटानमा ढिलाइ हुँदा अवधि लम्बिएको हो ।

    बुटवल बमघाटदेखि पाल्पा वसन्तपुरसम्मको तीन किलोमिटर क्षेत्रमा निर्माण भइरहेको केबलकारले बुटवल–३ को चुरे सामुदायिक वनसमेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ–३ को चिउरीडाँडा न्याउली सामुदायिक वनसमेतको ३.११ हेक्टर गरी ६.२७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ । केबलकार परियोजनाले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र प्रयोग गर्न पाउनेगरी सरकारले स्वीकृति दिएको छ ।

    बुटवलबाट झण्डै साढे दुई किलोमिटरको केबलकारबाट १० मिनेटमा वसन्तपुर पुगिन्छ । बुटवल भैरहवाको तुलनामा वसन्तपुरको तापक्रम कम हुने भएकाले गर्मी छल्न र प्राकृति सौन्दर्य अवलोकन गर्न अन्तरिक पर्यटक र भारतीय पर्यटक आउने व्यवस्थापक साउदको विश्वास छ । यो परियोजनाअन्तर्गत केबलकार सञ्चालनका लागि रु डेढ अर्ब बराबर लगानी भएको छ भने रिसोर्टलगायत अन्य संरचना निर्माणमा पनि सोही बराबरको लागत लाग्ने अनुमान रहेको साउँद बताउनुहुन्छ ।

    यता बुटवलको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणि–मुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर–पूर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेसन बनाएर निर्माण भइरहेको सिद्धार्थ केबलकार लिमिमटेड पनि सञ्चालनको तयारीमा छ । सरकारले यो केबलकार परियोजनाभित्र पर्ने ६.२९ हेक्टर वन क्षेत्र ३० वर्षका लागि भोगाधिकारको स्वीकृति दिएको छ ।

    विसं २०६८ देखि नै परियोजना सुरु भए पनि कोरोना महामारी र रूख कटानमा भएको ढिलाइले समयमा सञ्चालन गर्न नसके पनि आगामी असोजसम्म सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ । पाँचतारे होटल, पार्क र रिसोर्टसहित निर्माण भइरहेका यो केबलकारमा निजी क्षेत्र र समुदायको गरी रु एक अर्ब लगानी रहेको कम्पनीका अध्यक्ष राजेन्द्रसिंह गुरुङ बताउनुहुन्छ । “यो लगानीले पुरानो बटौली गुल्जार हुनेछ”, उहाँ भन्नुहुन्छ, “खस्यौलीजति पुरानो बटौलीको विकास हुन सकेन, त्यसैले यो क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनका लागि यो परियोजना सुरु गरिएको हो ।”

    सुरुमा झण्डै रु दुई अर्ब लगानी गर्ने मनसायले यस क्षेत्रका व्यवसायीले परियोजनाको अवधारणा बनाए पनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरेर कम लागतमा काम भइरहेको अध्यक्ष गुरुङको भनाइ छ ।

    यो केबलकारसँगै नुवाकोटमा कालभैरवको मन्दिर निर्माण, ठूलो बुद्धको मूर्ति, मणिमुकुन्द सेन उद्यान, सांस्कृतिक सङ्ग्रहालय, ऋषि कालदेवलको मन्दिर निर्माणको काम भइरहेको छ । नुवाकोटमै भ्यु–टावर निर्माण गरिएको छ भने बालाजी मन्दिरको शिलान्यास गरिएको छ । भारतको बालाजी मन्दिरका गुरु बोलाएर यो मन्दिरको शिलान्यास गरी काम अघि बढाइएको छ ।

    टप स्टेसन पाल्पाको नुवाकोट बनाएको सिद्धार्थ केबलकारले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर यो क्षेत्रमा संरचना निर्माण गरेको छ । “हामीले बुद्ध जन्मिँदा सात पाइला टेक्नुभएको झल्को दिन छ पाइला केबलकारको बेस स्टेसन देउरालीमा र सातौँ पाइला नुवाकोटमा बनाउने तयारी गरेका छौँ । यस ठाउँमा गौतमुद्धका पिता शुद्धोधनका गुरु कालदेवलले तपस्या गर्नुभएको थियो”, अध्यक्ष गुरुङ भन्नुहुन्छ ।

    शिखर देउरालीमा रहेको बेस स्टेसनमा अहिले विभिन्न पूर्वाधार निर्माणको काम अन्तिम चरणमा छ । नुवाकोट डाँडामा रहेको टप स्टेसनमा सात मिनेटमा पुग्न सकिने १.९४ किमी लम्बाइको केबलकारमा एउटा गोन्डुलामा आठ यात्रु सवार गर्न मिल्ने २५ वटा गोन्डुला हुनेछन् ।

    नियमितरूपमा केबलकार सञ्चालनमा आउँदा प्रतिघण्टा पाँच सय व्यक्तिलाई ओहोरदोहोर गराउन सकिने गरी संरचना निर्माण भइरहेको इन्जिनियर सृष्टि गुरुङ बताउनुहुन्छ । “हामीले भूकम्प प्रतिरोधी संरचना बनाएका छौ”, उहाँ भन्नुहुन्छ ।

    बुटवल आर्थिक तथा व्यापारिक केन्द्रसँगै ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक स्थल पनि हो । केबलकारको बेस स्टेसन आसपास अङ्ग्रेजसँगको युद्धमा नेपाली सेनाले विजय प्राप्त गरेको जितगढी किल्ला, राजा मणिमुकुन्द सेनको शीतकालीन दरबार रहेको मणिमुकुन्द सेन उद्यान, मानव पुर्खा रामापिथेकसको बंगारा भेटिएको स्थललगायत छन् ।

    त्यसैगरी केबलकारको टपस्टेसन रहेको नुवाकोटमा राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा जस्ता ऐतिहासिक सम्पदा छन् । यो केबलकार सञ्चालनसँगै बुटवलको पर्यटनले फड्को मार्ने विश्वासका साथ व्यवसायीले यो क्षेत्रमा केबलकार सुरु गरेका हुन् । तर, एउटा परियोजना नसकिँदै एउटै नगरपालिकामा अर्को उस्तै प्रकृतिको परियोजना सुरु हुनाले सफल हुने नहुनेमा भने प्रश्न चिन्ह खडा भएको कतिपय व्यवसायीको विश्लेषण छ ।

    केही वर्षअघिसम्म व्यापार र रोजगारिका लागि पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत, अर्घाखाँची आदिबाट मानिस बसाइसराई गरी यहाँ आउँथे, तर विसं २०४० पछि आर्थिक, शैक्षिक र पर्यटनको केन्द्रका रुपमा बुटवलले पहिचान बनाएको छ । यहाँ महत्वपूर्ण धार्मिकस्थल सिद्धबाबा, गणेश मन्दिर, नारायणस्थान, राधाकृष्ण मन्दिर, नीलकण्ठ बाबा धाम, कालिका मन्दिर, राममन्दिर, बाघभैरव भुवनेश्वरी मन्दिर, बौद्ध गुम्बा, पद्म चैत्य र विहार छन् । यहाँका ऐतिहासिकस्थलमा रामपिथेकस अवशेषस्थल, जितगढी किल्ला, मणिमुकुन्द सेन दरबार र पर्यटकीयस्थलमा मणिमुकुन्द सेन उद्यान, हिलपार्क, सिद्धबाबा धाम छन् ।

    पर्यटकलाई बुटवल घुम्न जानैपर्छ भन्ने बनाउन सरकारले सिद्धबाबा माथिको गड्डाहाइटदेखि नुवाकोटसम्म अर्को केबलकार निर्माण गर्नुपर्ने नुवाकोट विकास समितिका अध्यक्ष तथा व्यवसायी माधव नेपालको सुझाव छ । सरकार र निजी क्षेत्र मिलेर यी क्षेत्रलाई समेत उजार गर्नसके पर्यटकको बसाई अवधि पनि लम्ब्याउन सकिने र पर्यटन प्रवद्र्धन हुने देखिन्छ ।

     

    शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.