काठमाडौं १४ जेठ
भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल आज हुँदैछ । यसपटक फाइनलमा गत विजेता गुजरात टाइटन्स र चारपटकको च्याम्पियन चेन्नई सुपर किंग्स भिड्दै छन् ।
यी दुई टोलीबीचको फाइनल भिडन्त राति ७ः४५ देखि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ । चेन्नई र गुजरातले पहिलोपटक फाइनलमा एकअर्काको सामना गर्न लागेका हुन् ।




