• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रतिपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगन


  •   मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
  • काठमाडौँ १२ असार 
    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    Advertisement

    बैठक सुरु हुने वित्तिकै रास्वपाका सांसदले जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव फिर्ताको माग गर्दै उठेर विरोध जनाउनुभएको थियो ।

    त्यसपछि सभामुख देवराज घिमिरेले सांसद् सन्तोष परियारलाई बोल्न समय दिनुभयो । परियारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव लोकतन्त्रविरोधी भएकाले तत्काल सच्याउन माग गर्नुभयो ।

    “जिल्ला स्तरीय निर्वाचन आयोगलाई जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने विषयमा हामीले मत जाहेर गर्दा पनि सुनुवाइ भएन”, उहाँले भन्नुभयो, “सरकारले उक्त निर्णय तत्काल फिर्ता लिएर गल्तीस्वीकार गरोस् अन्यथा यो सदनको कारबाही अगाडि बढ्न नदिन हामी बाध्य हुनेछौँ ।”

    उहाँले लोकतान्त्रिक मूल्य, मान्यताविपरीत जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव ल्याइएकाले त्यसलाई फिर्ता लिनेबारे अर्थमन्त्रीले स्पष्ट जवाफ नदिएसम्म सदनको कारवाही चल्न नदिने अडान राख्नुभयो ।

    सभामुख घिमिरेले उठाइएको विषयमा सरकारको ध्यानाकर्षण हुने र जिल्ला निर्वाचन कार्यालय खारेजीलगायतका विषयमा आज अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेकाले कार्यसूचीमा जानका लागि आग्रह गर्नुभएको थियो ।

    त्यसपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद्हरु पनि उक्त विरोधमा समर्थन जनाउनुभयो । एमाले सांसद् सूर्यबहादुर थापाले जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्याङ्क कार्यालयको खारेजीको प्रस्ताव निष्पक्ष निर्वाचन र लोकतन्त्रको मूल मर्म विपरीत भएको बताउनुभयो । उहाँले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको छायाँ नपार्न आग्रह गर्दै उक्त निर्णय नसच्याएसम्म अन्य कारवाही अघि बढ्न नसक्ने स्पष्ट पार्नुभयो ।

    रास्वपाका सभापति रवि लामिछानेले संवैधानिक आयोगको क्षेत्राधिकारलाई सिडिओ कार्यालयमातहत ल्याउँदा निर्वाचनको निष्पक्षतामा आशङ्का उत्पन्न भन्दै यो संवेदनशिल विषय भएको बताउनुभयो । उहाँले यस्तो संवेदनशिल विषयबारे अर्थमन्त्रीले दिने गोलमटोल जवाफ आफूलाई स्वीकार्य नहुने समेत स्पष्ट पार्नुभयो ।

    सांसद्हरुले आफ्ना कुरा राखिसकेपछि सभामुख घिमिरेले कार्यसूचीमा अर्थमन्त्रीले जवाफ दिनुहुने नै भएकाले बैठक सञ्चालन गराउन आग्रह गर्नुभएको थियो । तर विपक्षी सांसदहरुले विरोध जारी नै राख्नुभएको थियो ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावका विषयमा निर्वाचन आयोगमा सर्वदलीय बैठक बसी पूर्ववत् अवस्थामै सञ्चालन गर्ने विषयमा सहमति भएको र सरकारले त्यसको कार्यान्वयन गर्ने भएकाले सदनको कारबाही नरोक्न आग्रह गर्नुभएको थियो ।

    एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले आर्थिक मितव्ययीता कायम गर्ने नाममा संवैधानिक आयोगका जिल्ला कार्यालय खारेज गर्ने प्रस्ताव ल्याउनु गलत भएको दाबी गर्दै सरकारले निष्पक्ष निर्वाचन हुन नदिने योजनाका साथ उक्त प्रस्ताव बजेटमा समावेश गरेको आरोप लगाउनुभयो ।

    त्यसपछि पनि प्रतिपक्षी दलले विरोध जारी राखेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

    मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.