अर्घाखाँची १९ असार
अर्घाखाँचीको पणेनामा पहिरोले पुरिएर तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।पाणिनी गाउँपालिका-१ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको मृत्यु भएकाे वडाअध्यक्ष कमलप्रसाद पोखरेले जानकारी दिए ।
घटनामा १० वर्षीय धनबहादुर रास्कोटी, ११ वर्षीया मञ्जु रास्कोटी र १२ वर्षीय खुमबहादुर रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी दिए । घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन् ।




