• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भूजीखोलामाथि बसपार्क !


  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित
  • ढोरपाटन ३ असार 

    Advertisement

    साँघुरो बजार, नमिलेको भूगोल । छेउमै उर्लिएको भूजीखोला । त्यही भूजीखोलामाथि बन्दै छ बुर्तिबाङ बसपार्क । बन्दै गरेको बसपार्क देख्ने कसैले पनि भन्दैनन्, कि यो ठाउँ सुरक्षित । तर नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले यहाँ बसपार्क निर्माण जारी राखेको छ ।

    ढोरपाटन नगरपालिका–२ खप्तरीबाङ बुर्तिबाङ बजार र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको केन्द्रमा पर्ने हुँदा आयोजना कार्यालयले बसपार्क बनाउन यो ठाउँ रोजेको हो ।

    लामो समयदेखि सास्ती खेप्दै आएका यातायात व्यवसायी, यात्रु र बुर्तिबाङ बजारवासीका लागि खप्तरीबाङमा बसपार्क बन्नु सुखद विषय त हो । तर, जोखिमयुक्त ठाउँमा बसपार्क निर्माण हुँदा भोली ठूला दुर्घटना निम्तिने खतरा पनि उत्तिकै छ । डेढदशक अगाडि सडकले बुर्तिबाङ बजार जोडिएसँगै पश्चिम बागलुङको मुहार फेरियो । तर अहिलेसम्म बसपार्क अभावमा अहिलेसम्म सास्तीनै छ । मध्यपहाडी लोकमार्ग नजिकै रहेको बुर्तिबाङ बजार १० नमुना सहर आयोजना अन्तरगत पर्छ ।
    सरकारले नमुना सहर निर्माण गर्न थालेको वर्षौँ वितिसक्दा गत वर्षदेखि बल्ल बसपार्क निर्माणका काम थालनी भएको छ । बढ्दो सहरीकरण र साँघुरो बसपार्कका कारण यातायातका साधान सडकमै पार्किङ गर्नु पर्नेस्थिति छ । जिल्लाकै दोस्रो ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ बजार निसी, भूजी र तमानको सङ्गमस्थल हो । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा अहिले साँघुरो बसपार्क छ । जहाँ १०÷१५ वटाभन्दा बढी गाडी रोक्न मिल्दैन । चालकहरुले जथाभावी रुपमा गाडी रोक्दा बजारनै अस्तव्यस्त बन्ने गरेको छ ।

    त्यसमाथि स्थानीय व्यवसायीहरुले सडक पेटीमै सामानहरु राख्दा पदैल यात्रुलाई झनै समस्या भएको छ । नयाँ सहर आयोजना कार्यालयले ढोरपाटन नगरपालिका–१ खप्तरीबाङ जग्गा खरिद गरि बसपार्क निर्माण गरेपछि सहज हुने अपेक्षा गरेको भए पनि यहाँ पार्किङ गर्नका लागि उचित नहुने स्थानीय चन्द्रलाल अर्यालले बताउनुभयो । नदि किनारमा बसपार्क बनाउनु उपयुक्त नभएको भन्दै जग्गा खरिदनै खलत ठाउँमा भएको अर्याल बताउनुहुन्छ । जग्गा खरिद गर्ने समयमा स्थानीय तथा सर्वदलीय सर्वपक्षीय छलफल गर्नु पर्ने भए पनि सहरी विकास आयोजना र ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले आफू खुसी जग्गा खरिद गरेको बताउनुभयो ।

    “अहिले जुन बसपार्क निर्माण भइरहेको ठाउँ छ, त्यो अत्यन्तै जोखिमयुक्त ठाउँमा छ, खोलाको छेउमा अहिले धमाधम संरचना निर्माण भएको त्यो संरचना कति बेला खोलामा बढी आएर बगाउँछ, थाहा छैन, बसपार्क बनेपछि यहाँ गाडी पार्किङ हुनेछन्,” अर्यालले भन्नुभयो – “बर्खाको समयमा त यहाँ पार्किङ कसरी गर्न सकिला र रु, अहिले पनि त्यहाँ पुगेर हेर्ने हो भने भूजीखोला उर्लिएर माथिमाथि आएको छ, कुनै पनि बेला बसपार्कमा पसेर ठूलो क्षति नपु¥याउला भन्न सकिन्न, यसमा बेलामाथि नै ध्यान दिनुपर्ने देखिन्छ, यदि त्यसो गरिएन भने भविष्यमा गम्भीर दुर्घटना नहोला भन्न सकिन्न ।”

    अहिले बन्दै गरेको बसपार्क उपयुक्त स्थानमा नभएको हुँदा सरोकारवाला निकायले सुरक्षित स्थानमा निर्माण गर्नुपर्ने यातायात व्यवसायी युवराज छन्त्यालले बताउनुभयो । उहाँले बजारभन्दा टाढा र खोलाको नजिक हुँदा बर्खामा गाडीको सुरक्षा नहुनुको साथै यात्रु र गाडी चालकलाई बजार पुग्न समस्या हुने बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो – “हिउँदको समयमा त ठिक हुन्छ, बर्खामा त यहाँ गाडी पार्किङ गर्न कसैले आँट गर्दैन होला, खोला उर्लिएरै माथि पुग्दोरहेछ, असुरक्षित ठाउँमा गाडी किन पार्किङ गर्ने, अर्को कुरा यो बसपार्क अपायक पर्ने ठाउँमा छ, गाउँ–गाउँ र काठामाडौँ पोखराबाट यात्रुलाई बसपार्कमा ल्याउनु प¥यो, बजार टाढा छ, उनीहरुलाई पुग्न गाह्रो हुन्छ, अझ बस्ने र खाजा खाने ठाउँ पनि छैन, सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।”

    विसं २०६८ सालदेखि सुरु भएको नयाँ सहर आयोजनाले जग्गा व्यवस्थापन गर्न ढिलाई गर्दा बसपार्क निर्माण हुन सकेको थिएन । विसं २०८० असार १५ गतेसम्म बसपार्क निर्माणको सम्पन्न गर्ने गत कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भएको थियो । अहिलेसम्म जम्मा ५० प्रतिशत काम सकिएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिनुभयो । बसपार्क निर्माणको जिम्मा गोरखनाथ कन्ट्रक्सन एण्ड मरचेन्टाईजर प्रालिले पाएको छ । विसं २०७५ मा छ रोपनी जग्गा खरिद गरी विभिन्न प्रक्रिया पूरा गरेर बसपार्क बनाउन थालिएको उहाँको भनाइ छ ।
    अहिले टर्मिनल भवन निर्माण भइसकेको र नदीमाथि तटबन्धन गरी जग्गा संरक्षण गरिरहेको अधिकारीले बताउनुभयो । बसपार्कमा ३० वटा जीप, २० वटा बस र स–साना दर्जनौँ सवारी साधान अट्ने उहाँको भनाइ छ । टर्मिनल भवन तीन तलाको बनेको उहाँले बताउनुभयो । बसपार्क दुई करोड २६ लाख ४० हजार चार सय ३१ रुपैयाँमा बन्न थालेको हो । अब गाडी पार्किङका लागि ढलान गर्न, गेट निर्माण गर्न बाँकी रहेको अधिकारी बताउनुहुन्छ । बसपार्क निर्माणका लागि अघिल्लो वर्ष दुई करोड रुपैयाँ विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।

    “ठाउँमा जग्गा खोज्यौँ, बुर्तिबाङ बजारनै खोलासँग जोडिएको छ, मध्यपहाडी र बजारसँग जोडिएको हुँदा यहाँ बनाउन थालिएको हो, बसपार्क मध्यहाडी लोकमार्गभन्दा टाढा पनि किन्न मिल्दैन, बजारभन्दा टाढा पनि मिल्दैन, त्यसले गर्दा यहाँ बनाउन थालेका हौँ” अधिकारीले भन्नुभयो – “तटबन्धन गरेका छौँ जोखिम हुँदैन, अबको एक÷डेढवर्षमा सञ्चालनमा आउने छ ।” रासस

    बुधबार, साउन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.