• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पुरानो मेडिकल कलेजले गर्याे सरकारी जग्गाको भाडा तिर्न आलटाल,भाडाको झण्डै साढे चार करोड तिर्न बाँकी


  •   शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
  • चितवन, साउन १९-

    Advertisement

    भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले भरतपुर अस्पताललाई दिन करोडौँ रुपैयाँ बाँकी हुँदा समेत आनाकानी गरेको छ । सरकारी अस्पतालको जग्गा भाडामा लिएको कलेजले झण्डै साढे चार करोड रकम तिर्न बाँकी छ । भरतपुर अस्पतालका सह लेखापाल हरि लामिछानेका अनुसार मेडिकल कलेजले दुईबर्षदेखि भाडा तिरेको छैन । असार मसान्तसम्म कलेजले बेरुजु रकम सहित ४ करोड ३१ लाख ५६ हजार १ सय ५५ रुपैंया तिर्न बाँकी छ । कलेजले बेरुजु रकम बाहेक असार मसान्त सम्मको १ करोड ११ लाख ५६ हजार १ सय ५५ रुपैंया भुक्तानी गर्न बाँकी रहेको लामिछानेले जानकारी दिए ।

    कलेजले अघिल्लो आर्थिक २०७८/७९ कै २० लाख रुपैयाँ भाडा रकम भरतपुर अस्पताललाई तिर्न बाँकी छ । लामिछानेका अनुसार गत आर्थिक बर्ष २०७९/८० को एक रुपैंया पनि भुक्तानी कलेजले गरेको छैन । सो बर्षको भाडा रकम कलेजले ९१ लाख ५६ हजार १ सय ५५ रुपैंया बुझाउनु पर्ने छ । तर कलेजले यो आर्थिक बर्षमा साटिनेगरी चेक दिएर टारेको छ । उसले २०८०/८१ सम्मको भाडाका लागि १ करोड २५ लाख बराबरको २२ थान चेक भरतपुर अस्पताललाई उपलब्ध गराएको लामिछानेले बताए । सबै चेक पछि साटिनेगरी मात्रै मेडिकल कलेजले अस्पताललाई उपलब्ध गराएको छ । तर अस्पतालले भने गत आर्थिक बर्षसम्म भाडा रकम चुक्ता गर्नुपर्ने र चेकले नहुने भन्दै मेडिकल कलेजलाई पत्र काटेको छ ।

    यस्तै महालेखाले बेरुजु देखाएको ३ करोड २० लाख रुपैंया पनि मेडिकल कलेजले तिर्न आनाकानी गरेको छ । तिर्न नपर्ने दाबी गर्दे मेडिकल कलेजले अदालतमा मुद्दा दर्ता गरेको थियो । तर अदालतले मुद्दा खारेज गरेपनि अहिलेसम्म कलेजले पैसा नतिरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) प्रा.डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने, ‘हामीले पटक–पटक भाडा तिर्न पत्राचार गर्दा पनि मेडिकल कलेजले अटेर गरिरहेको छ,हामीले यो जनकारी मन्त्रालयसम्म पु¥याएका पनि छौं ।’ उनले मन्त्रालयतहबाट ताकेता नहुँदासम्म आफुहरु निरिह भएर बस्नुपर्ने बाध्यता रहेको गुनासो गरे ।

    विसं २०६२ मा सम्झौता हुँदा प्रतिबिघा वर्षको रु एक लाख, प्रतिवर्ष थप सहयोग रु १५ लाख र हरेक वर्ष सो रकमको १० प्रतिशतले वृद्धि हुने भनी सम्झौता गरिएको छ । कलेजले नौ बिघा जग्गा भाडामा लिएको छ । नियमित भाडा रु नौ लाख तिरे पनि थप सहयोग र बढेको रकम नतिरेर खप्टिदै जाँदा बक्यौता धेरै भएको हो । भरतपुर अस्पतालले आफ्नो परिसरमा १० धुर जग्गालाई मासिक लाखौं भाडा लिँदै आएको छ । स्वास्थ्य विभागको आग्रहमा भरतपुर अस्पतालले पुरानो मेडिकल कलेजलाई रकम तिर्न पटकपटक ताकेता गर्दा पनि कलेजले अटेर गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए । उनले सम्झौता अनुसार काम नहुँदा अस्पताललाई ठूलो क्षति पुगेको बताए । कलेजका निर्देशक डा मनोहर प्रधानले भाडा तिर्नका लागि भरतपुर अस्पताललाई चेक काटिसकेको बताए । उनले बेरुजु रकमको विषयमा भने चक्रिय व्याजका कारण तिर्न समस्या भएको बताए ।

    भरतपुर अस्पतालको नाममा रहेको जग्गा कलेजलाई भाडामा दिने निर्णय गरेसँगै विसं २०५१ मा तत्कालीन शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्रालयले इन्टरनेशनल सोसाइटी फर मेडिकल एजुकेशनसँग सम्झौता गरेको थियो । सो सम्झौतापश्चात अस्पतालले नौ बिघा जग्गा ४९ वर्षका लागि भाडामा दिएको हो । यसबीचमा अस्पताल र कलेजबीच विभिन्न मितिमा फरकफरक किसिमका सम्झौता हुँदै आएको अस्पतालले जनाएको छ । तत्कालिन समयमा स्वास्थ्य सेवा विभागले एक विघाको ५० हजार रुपैंयामा भाडामा दिने निर्णय गरेको थियो । त्यसलाई २०६४ सालमा परिमार्जन गर्दै मासिक एक लाख रुपैंया बनाइएको थियो । त्यसैगरी कर्मचारीले पाउने २५ प्रतिशत प्रोत्साहन भत्ता कटाएर एकमुष्ट १५ लाख अनुदान दिन मेडिकल कलेजले सुरु गरेको थियो ।

    त्यसपछि भाडा दरको बिषयमा पुनरावलोकन भएको छैन । लिज ऐन २०७१ र संसोधन ऐन २०८० अनुसार कार्यान्वयन गर्नका लागि भरतपुर अस्पतालले ताकेता गरेपनि मेडिकल कलेज यस ऐन अन्तर्गत आउन मानेको छैन । यो ऐन कार्यान्वयन भए मेडिकल कलेजले भरतपुरलाई बार्षिक झण्डै एक करोड ३६ लाख ८० हजार रुपैंया बराबर भाडा रकम तिर्नुपर्ने हुन्छ । तर अहिले मेडिकल कलेजले बार्षिक जम्मा ९ लाख रुपैंया मात्र तिर्ने गरेको छ । ऐनमा मालपोतको मूल्याङकन अनुसार एक प्रतिशत लिज रकम लिन पाउने व्यवस्था छ । पटक–पटक फेरिएका अस्पताल विकास समितिले सम्झौता पुनरावलोकनका लागि आवाज उठाउँदै आएपनि कार्यान्वनय हुन सकेको छैन ।

    शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.