• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट


  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
  • वीरगञ्ज २३ साउन
    कुनै बेला अत्यधिक विद्युत् चुहावट हुने मधेस प्रदेशमा पछिल्लो समय निरन्तर चुहावट घट्दै गएको छ । आर्थिक वर्ष २०७९÷८० मा मात्रै करिब एक प्रतिशत विद्युत् चुहावट घट्ेको छ ।

    Advertisement

    विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकहरुको बिलिङ्गमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङ्गमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै निरन्तर विद्युत् चुहावट घट्दै गएको हो ।

    यस प्रदेशमा गत आर्थिक वर्ष २०७७÷७८ मा १६ दशमलव ५४ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आर्थिक वर्ष २०७८÷७९ मा १४ दशमलव १७ प्रतशत र आर्थिक वर्ष २०७९÷८० मा १३ दशमलव ७९ प्रतिशतमा चुहावट झरेको जनकपुरधामस्थित विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयले जनाएको छ ।

    विद्युत् चुहावटको दृष्टिकोणले सबैभन्दा बढी सर्लाहीको मलङ्गवा र सिमरौनगढ क्षेत्रमा ४१÷४१ प्रतिशत, महोत्तरीको जलेश्वर, रौतहटको मौलापुर तथा गौर क्षेत्रमा ३५÷३५ प्रतिशत विद्युत् चुहावट हुँदै आएको उक्त कार्यालयले जनाएको छ । औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट भने शून्य दशमलव ३२ प्रतिशत रहेको त्यहाँ प्रमुख ई मुनिन्द्र ठाकुरले जानकारी दिनुभयो ।

    आर्थिक बर्ष २०७९÷८० मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा छ हजार आठ सय ४८ ग्राहकमाथि कारबाही गर्दा रु पाँच करोड २१ लाख ९३ हजार सात सय ३७ महसुल सङ्कलन भएको थियो। अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा छ हजार नौ सय ६७ ग्राहकमाथि कारबाही गर्दा रु छ करोड ६४ लाख ३२ हजार आठ सय ५८ महसुल सङ्कलन भएको थियो । चुहावट नियन्त्रण अभियानका क्रममा हुकिङ गर्ने दुई हजार आठ सय ४८ जनालाई पक्राउ गरी कारबाही गरिएको थियो ।

    यस्तै लामो समयदेखि विद्युत् महसुल नतिर्ने २८ हजार नौ सय २३ जना ग्राहकको विद्युत् लाइन काटिँदा २४ हजार नौ सय ५५ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट रु ८५ करोड ३२ लाख ३१ हजार तीन सय ७० बक्यौता असुली भएको थियो । विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन कट्टा गर्ने अभियान चलाई बक्यौता सङ्कलन गरिएको प्रमुुख ई ठाकुरको भनाइ थियो ।

    आर्थिक वर्ष २०७९÷८० मा मधेस प्रदेशमा रु १५ अर्ब ३३ करोड मूल्य बराबरको विद्युत् बिक्री हुँदा रु १३ अर्ब ९३ करोड महसुल सङ्कलन भएको जनाइएको छ । आर्थिक वर्ष २०७९÷८० मा ६१ हजार सात सय ६३ नयाँ ग्राहक थपिएको छ । योसँगै मधेस प्रदेशमा ग्राहकको सङ्ख्या दश लाख ४४ हजार सात सय ८६ मध्ये ५७ प्रतिशत औद्योगिक र ३२ प्रतिशत गार्हस्थ्य ग्राहक, दुई प्रतिशत व्यापारिक र सात प्रतिशत अन्य रहेको जनाइएको छ ।

    यस्तै २०७८ सालदेखि अनलाइनबाट विद्युत् महसुल बुझाउने अनलाइन सेवा सुरु गरिएको र हाल २६ प्रतिशतले अनलाइन महसुल तिर्दै आएको प्रमुख ई ठाकुरले बताउनुभयो ।

    यस प्रदेशको शत्प्रतिशत गाउँ बस्तीमा विद्युत् सेवा पुगेको छ । प्रदेशका सबै टोल बस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणाको तयारी भएको छ । “ आर्थिक बर्ष २०७८÷७९ सम्म मधेस प्रदेशका ९९ प्रतिशत बस्तीमा विद्युत् सेवा पुगेको थियो”, प्रमुख ई. ठाकुरले भन्नुभयो, “विद्युतीकरण बाँकी रहेको एक प्रतिशत घरमा आर्थिक वर्ष २०७९÷८० मा पु¥याएपछि प्रदेशका शत्प्रतिशत बस्तीमा विद्युतीकरण पुगेको छ ।” “अब केही दिनभित्रै हामीले प्रदेशलाई शत्प्रतिशत विद्युतीकरण प्रदेश घोषणा गर्छांै”, उहाँले भन्नुभयो । प्रदेशका सबै गाउँ बस्तीमा विद्युतीकरण सकिएपछि सिँचाइ कार्यक्रममार्फत किसानहरुको खेतबारीसम्म विद्युत् पु¥याउने अभियान सुरु गरिएको प्रमुख ई ठाकुरले बताउनुभयो ।

    प्राधिकरणले चालु आर्थिक बर्षदेखि रु ५५ करोड बराबरको सिँचाइ पूर्वाधार कार्यक्रमका लागि स्थानीय सरकारहरुसँग समेत सहकार्य गरेर सिँचाइ विद्युतीकरण सुरु गरेको छ । जसअन्तर्गत स्थानीय सरकारले आफ्ना पालिकाभित्रका किसानलाई निःशुल्क बत्ती दिने र सिँचाइ बत्ती महसुल बापतको रकम स्थानीय तहले प्राधिकरणलाई बुझाउनुपर्ने व्यवस्था छ ।

    हालसम्म सिँचाइ पूर्वाधार कार्यक्रमका लागि धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ८० स्थानीय तहले निःशुल्क सिँचाइ बत्ती पु¥याउन निर्णय गरेर पठाएको र अन्य पालिकाहरुले समेत निर्णय गर्ने जानकारी गराएको उहाँले बताउनुभयो । सिँचाइ मिटर प्रयोग गर्ने किसानलाई प्रतियुनिट रु दुईका दरले मात्र महसुल तिराउने नीति लिएको विद्युत् प्राधिकरणले सिँचाइ विद्युतीकरण सुदृढीकरण कार्यक्रमका लागि रु पाँच अर्ब बजेट छुट्याएको जनाएको छ ।

    मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.