• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

वरिष्ठ समाजसेवी रामचन्द्र साहको निधन


  •   शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
  • महेन्द्रनगर (धनुषा) १ भदौ

    Advertisement

    वरिष्ठ समाजसेवी रामचन्द्र साहको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । जनकपुरधाम निर्माण तथा यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि अर्बौ रकम बराबरको जग्गा, जिन्सी र नगद गरी योगदान पुर्‍याउनुभएको उहाँ रामसागर रामस्वरुप परिवारको ज्येष्ठ सदस्य हुनुहुन्थ्यो । विसं १९८५ रामनवमीका दिन जन्मनुभएका
    उहाँ राराब क्याम्पस र सरस्वती माध्यामिक संस्थापक पनि हुनुहुन्थ्यो ।

    साहलाई श्रद्धाञ्जली दिन उहाँका जेठा छोरा ताराचन्द्र साहको मुजेलियास्थित निवासमा यहाँका ज्येष्ठ सदस्य, राजनीतिज्ञ, पत्रकार, समाजसेवीलगायतका मानुभाव पुग्नुभएको छ । साहका माइला छोरा ई प्रकाशचन्द्र साह र कान्छा छोरा सुभाषचन्द्र साह पनि साथमै हुनुहुन्छ ।

    स्थानीय रामनगिना राउतले समाजसेवी साहको निधनले जनकपुरधामलाई ठूलो क्षति पुगेको भनाइ राख्नुभयो । समाजलाई विभिन्न माध्यमबाट पुर्‍याउनुभएका साहको योगदानको उचित मूल्याङ्कन गरी राज्यले सम्मान गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।

    श्रद्धाञ्जली अर्पणका लागि पुग्नुभएका जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख लालकिशोर साहले स्व साहले आधुनिक जनकपुरधामको जग बसाउने काम गर्नुभएको स्मरण गर्नुभयो । जनकपुरधामलाई शिक्षाको केन्द्रका रुपमा स्थापित गर्न पनि स्वर्गीय साहले विशेष योगदान दिनुभएको पूर्वप्रमुख साहको भनाइ छ ।

    स्व साहका भतिजा समेत रहनुभएका धर्मसंस्था रामस्वरुप साह, रामसागर साह मिल्स एरिया जनकपुरधामका उपसभापति प्रभाकरप्रसाद साहले काका साहासिक व्यक्ति भएको बताउनुभयो । “काकाले देखाउनुभएको हिम्मत र समाजसेवाप्रतिको लगनशिलता सबैका लागि प्रेरणाको स्रोत पनि हो, हामी सबैले अनुसरण गर्नेछौँ”, उहाँले भन्नुभयो । स्वर्गीय साहको पार्थीव शरीरलाई आजै बेलुका रत्नसागर सरोवरस्थित स्वर्गद्वारीमा दाहसंस्कार गरिने भतिज विद्याकर साहले जानकारी दिनुभयो ।

    स्व साह सभापति रहेको ट्रष्टले गरेको मुख्य दानहरु

    विसं २००१ मा भारु १० हजार एक नगद भारु र एक मन धान पुँजीसहित स्थापना भएको धर्मसंस्था रामस्वरुप साह, रामसागर साह मिल्स एरिया जनकपुरधाम (ट्रष्ट)ले जनकपुरधामका साथै धनुषा र यसक्षेत्रमा विभिन्न योगदान पुर्‍याएको छ ।

    स्व साहले जनकपुरधाममा सञ्चालित राराब क्याम्पसका लागि ७५ बिघा जमिन दान गर्नुभएको थियो । उहाँले सरस्वती उच्च मावि, मुजेलियास्थित उच्च माविका लागि पनि जग्गा दान गर्नुभएको थियो । जनकपुरधामको शिवचौकस्थित शिवमन्दिर, गङ्गासागरघाट धर्मशाला, जटहीमा पुल र मन्दिर, मुजेलियामा धर्मशाला र मन्दिर, रत्नसागर मन्दिर तुल्सी स्मारण, महिनाथपुर संस्कृत महाविद्यालय, धनुषाको कुशमाहा सतोषरस्थित मन्दिर निर्माणमा पनि जग्गा दान गरी योगदान दिनुभएको थियो । त्यसैगरी बेङ्गाडाबरमा साढे चार बिघा जग्गामा विद्यालय र शौचालय निर्माणका लागि पनि उहाँको योगदान रह्यो ।

    यस क्षेत्रको कुशमाहा, गम्हरिया, पर्सा, बगरासहितका ठाउँमा अहिलेसम्म कूल तीन सय ४२ बिघा जग्गा दान गर्नुभएका साह ट्रष्टको सञ्चालक, उपसभापति र सभापति हुँदै विगत ४२ वर्षदेखि परिवारको ज्येष्ठ सदस्यका रुपमा नेतृत्व गर्दै आउनुभएको थियो ।

    शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.