चितवन ५ भदौ
१७ घण्टा पछि मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।हिजाे साेमवार राति पहिराे खसेर बन्द भएकाे सडक मंगलबार अपरान्ह १२ः५५ बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दिएकाे छ ।
यस वर्षको सबैभन्दा ठूलो पहिरो आएर सडक बन्द भएपछि आज रातभर काम गरिएको थियो । यस सडक खण्डको नाम्सी पुल नजिक ठूलो पहिरो गएको हो ।




