• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

सुर्मादेवी विरिजात : धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीक


  •   सोमबार, भदौ ११, २०८० मा प्रकाशित
  • सुर्मा (बझाङ) ११ भदौ 
    ‘तलम्बाहै आया मष्टाजसा देउ
    हप्रौँदा है गया महालिङ्ग देउ
    कोडी हौँ कि कामल्या, छुई–छुई पर झाउ
    कोडी नभई कामल्या भया महालिङ्ग देउ’

    Advertisement

    यो श्लोक स्व लालबहादुर बोहराको ‘सुर्मा सेरोफेरो’ नामक पुस्तकमा उल्लेख गरिएका मष्टा देवता र सोह्र बहिनीको उत्पत्तिमा आधारित बझाङी भाषाका फागको हो । श्लोकहरू अथ्र्याउँदा हिन्दू धर्मालम्बीले पुज्ने सुर्मादेवीमा तलबाट आउने मष्टा देवता र माथि हिमाल पर्वतबाट महादेव तल आउँदा शुद्ध नभएकाहरू टाढा रहने र शुद्ध भएर व्रत बसेकाहरूले स्वागत गर्ने भन्ने बुझिन्छ ।

    फागका शब्दजस्तै स्थानीयवासी सुर्मादेवी विरिजातलाई धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीक मान्न सकिन्छ । परम्परादेखि नै सुर्माले सामाजिक सद्भाव कायम राख्न जनमानसलाई एकतामा डो¥याउने र शुद्ध साहाकारी हुन प्रेरित गरेको फागका विभिन्न श्लोकमा पनि उल्लेख गरिएको छ ।

    हरेक वर्ष श्रावण कृष्ण औँसीदेखि जनैपूर्णिमासम्म चार दिन लाग्ने सुर्मादेवीको मेलामा चौबीसै घण्टा धार्मिक र सांस्कृतिक कार्यक्रम गरिन्छ । ठकुन्नाडास्थित पाँकरगढी मन्दिर (सुर्मादेवीको मूल मन्दिर) का पुजारी धर्मराज पुजाराका अनुसार सुर्मादेवीले च्हा–च्हा (पछुतो) बोल्दै आउने र दोस्रो दिन देवीसँगै तीर्थालुहरू सुर्मा सरोवर जाँदा ८४ जुनीको पाप काटिने विश्वासले हरेक वर्ष हजारौँ तीर्थालुहरू आउने गर्छन् ।

    सुर्मा सरोवर जान सुर्मा गाउँपालिकाबाट दुई दिन पैदलयात्रा गर्नुपर्छ । करिब पाँच हजार मिटरको उचाइमा रहेको सुर्मा सरोवरमा दर्शन गर्न मध्यराति मृगको भेषमा जानुपर्ने हुँदा महिला बाटोमा रजस्वला हुन सक्ने भन्दै देवीले नै जान निषेध गरिएको पुजारी पुजारा बताउनुहुन्छ ।

    अहिलेको सुर्मा गाउँपालिकाको पाँकरगढीमा करिब १४ सय वर्ष अगाडि सुर्मादेवी आएर बसेको स्थानीयवासीको भनाइ छ । सुर्मा गाउँपालिका–४ का पूर्ववडाध्यक्ष पूर्णबहादुर बोहराका अनुसार थलीनौविसमा दुर्गा र पार्वतीको द्वन्द्व हुँदा सोही ठाउँबाट पाँकर (वनस्पतिको रूख) को आधा रूख ठकुन्नाडामा ल्याएपछि त्यस ठाउँको नाम पाँकरगढी राखिएको हो ।

    देवीले विभिन्न भेष गरेर ल्याएको पाँगरको आधा भाग दुर्गाथली र आधा भाग सुर्मामा रहेको बताइन्छ । सुर्मा पुग्दासम्म देवीले गाई, फलफूल, थार, गरूड र अन्तमा थार (जंगली जनावर थारल) को भेषमा पाँकर ल्याएको पूर्ववडाध्यक्ष बोहरा बताउनुहुन्छ ।

    थलीबाट सुर्माले चुँडालेर ल्याएको रूखको आधा भाग पाँकरगढीमा अहिले पनि सकुशल अवस्थामा छ । “हामीले यो रूख यस्तै देखेका हौँ”, सुर्मा गाउँपालिका–४ की गङ्गा पुजारा भन्नुहुन्छ, “बाजेले पनि यस्तै देखेको भन्नुहुन्थ्यो । बराजुले पनि यस्तै देखेको सुनाउनुहुन्थ्यो अरे । यो देवीको शक्तिले नै अमर रूख भएको हाम्रो बुझाइ छ ।”

    गङ्गा हरेक बिहान पूजाआजाका लागि पाँकरगढी पुग्नुहुन्छ । “महिनाबारीको बेलाबाहेक अरू समय देवीकै पूजा गर्दा मनमा शान्ति मिल्छ ।” मेलाको समयमा महिनाबारी भयो भने गाउँमै बस्न नमिल्ने उहाँ सुनाउनुहुन्छ । “महिनावारी भएको बेलामा भने कसैले पनि ठकुन्नाडा बस्न पाउँदैन । देवी रिसाउनुहुन्छ ।” त्यो बेला गाउँमा कोही बसेमा अशान्ति हुने भयले पल्लो गाउँ जानुपर्ने बाध्यता रहेको गङ्गा बताउनुहुन्छ ।

    बिप्लव बोहराले तीन वर्षयता लगातार सुर्मा सरोवरको यात्रा गरिरहनुभएको छ । एकादशी तिथिको मध्यराति सरोवरका लागि यात्रा गरेर द्वादशीको साँझ मात्रै फर्किने तीर्थालुमध्येका एक उहाँ यस वर्ष पनि सरोवर जाने तयारीमा हुनुहुन्छ । राति आधा बाटोमा पुगेर बस्ने र दोस्रो दिन बिहान सरोवरमा नुहाइधुवाइ, पूजापाठ गरेर फर्किने तयारीमा बिप्लव जुट्नुभएको छ ।

    सुर्मादेवीका लागि छुट्टै परम्परा भएकले उहाँलाई खुसी पार्न कठोर तपस्याका साथ यात्रा गर्नुपर्ने उहाँ बताउनुहुन्छ । “यसपटक पनि सरोवर जाने भनेर औँसीदेखि नै बिहानै नुहाइधुवाइ गरेर व्रत लिइरहेको छु”, बिप्लव भन्नुहुन्छ, “सरोवरका लागि शुद्ध साहाकारी भोजन पनि आफ्नो समूहले तयार गरिसकेको छ । हाम्रो समूहमा जाने दुई जना सदरमुकाम चैनपुरबाट नाङ्गै खुट्टा हिँडेर आउँदै हुनुहुन्छ ।” उहाँका अनुसार सुर्मा सरोवर जाने जो कोहीले यात्रा तय गर्दा नै खाली खुट्टाले हिँड्नुपर्छ ।

    हरेक वर्ष सरोवर जाने तीर्थालु मात्रै हजार जनाभन्दा बढी हुने गर्दछन् । बाटोमा कसैले नहिँडेको ठाउँबाट मात्रै देवीले हिँड्ने हुँदा अत्यधिक अप्ठ्यारो चट्टान चढेर सरोवर जानुपर्ने हुन्छ । “सुर्मादेवी छिपिली माई भएको हुँदा उहाँलाई छिपिलो बाटो (कसैले नहिँडेको) मात्रै हिँड्नुहुन्छ ।”

    कालिका र सुर्मादेवीको सँगसँगै पूजा

    मन्दिरमा पूजाआजा गर्दा सुर्मादेवी र कालिका दुवै बहिनीलाई दुई किसिमको चामलको ११÷११ मुठी चढाउनुपर्ने पुजारी धर्मराज पुजारा बताउनुहुन्छ । “दुई बहिनीका दुई गुण छन्”, उहाँ भन्नुहुन्छ, “कालिकालाई बलि नभई हुँदैन । सुर्मादेवीलाई बलिको नामै सुन्न हुँदैन । त्यसैले मन्दिरभित्रै सानो एउटा कोठा बनाएर बोकाको बलि दिने गरेका छौँ ।”

    “बलि दिएपछि सुर्माको पूजा लाग्नेतिर नहेरिकन फर्किने गर्नुपर्छ । धामीमा देवी आउनुहुन्छ । उहाँको निर्देशनअनुसार नै हामीले पूजा गर्ने हो”, पुजारी पुजारा भन्नुहुन्छ, “पाँकरगढीमा सुर्मादेवीको मुख्य पूजा भएपछि तेत्तिस कोटी (करोड) देवताकै पूजा गर्नुपर्छ ।”

    पूर्ववडाध्यक्ष पूर्णबहादुरका अनुसार अहिलेको सुर्मामा सुर्मादेवी ‘कौतिर’बाट आएकी हुन् । बागेश्वरी, कत्युर, माल, तपोवन हुँदै देवी अहिलेको सुर्मामा उनी पुगेकी हुन् । सुर्मादेवी आउँदा उनको अङ्ग पतन भएको ठाउँमा सोही नामले नामाकरण गरिएको देखिन्छ । देवीको दिसा खसेको ठाउँमा गुहेश्वरी, नङ खसेको ठाउँमा नन्दादेवी, हातमा समातेको घण्ट पतन भएको ठाउँमा घण्टादेवीको नामले नामकरण भएको लोकसंस्कृतिका जानकार विष्णुभक्त जोशी बताउनुहुन्छ ।

    सुर्मा गाउँपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत चक्रप्रसाद जोशी (मष्टो देवताका धामी) का अनुसार थली नौविसमा २२ पाट (मन्दिरमा राखेका काठका भाग) छन् । त्यसै ठाउँमा रहेकी सुर्मादेवीभन्दा जेठी हुन् दुर्गा ।

    अहिलेको दुर्गाथली गाउँपालिकास्थित थलीमा दुई बहिनी दुर्गा र सुर्मासँगै हुँदा श्रीमान् महादेवलाई कुष्टि (कुष्ठरोग) उब्जियो । दुर्गाले सुर्मालाई स्वामीको उपचारका लागि लसुन पिस्न आग्रह गरिन् । सुर्मा गर्भिणी भएको हुँदा पछाडितिर हेरेर अगाडितिर लसुन पिस्न थालिन् । त्यसपछि सुर्मालाई दुर्गाले “तेत्तिकी छिपिली सुर्मा सिकाग्राह लाग” भनेपछि सुर्माले भनिन्,

    ‘झाँउला त झाँउला दिदी
    आधा पाँगर चुँडी लिउँला
    थली जिउलो आधा चुँडी लिउँला
    जुजीको रोकाया मेराई बाणा लिउँला’

    यो कथन फागमा पनि उल्लेख भएअनुसार सुर्माले भनेजस्तै थली नौविसमा जिउलो पनि आधा चुँडेजस्तै देखिन्छ । मन्दिरमा रहेको पाँकरको आधा भाग मात्रै देखिन्छ भने त्यस ठाउँका रोकाया पनि दुर्गाको पूजा गर्नुको साटो सुर्मालाई पुज्ने गरिन्छ । थलीबाट आइसकेपछि सुर्माबाट धल्देउ देवता उत्पन्न भएको मानिन्छ ।

    सुर्मादेवी मेला हुँदै सरोवर जानका लागि लसुन नखाने, मासु नखाने, महिलासँग संसर्गबाट टाढा रहने, एकचित्त भएर व्रत बसेपछि यात्रा सुरू गरेकै दिनमा नाङ्गो खुट्टाले हिँडेर जानुपर्ने पूर्वप्रशासकीय अधिकृत जोशीको भनाइ छ ।

    पूर्ववडाध्यक्ष पूर्णबहादुरका अनुसार बिरीजातको समयमा मन्दिरमा पूजापाठ गरिसकेपछि साँझ घरमा पूजा गर्ने र बिहान पकाएको परिकार खाने चलन छ । थकुन्नाडामा रहेको “दौपाण” भनिने देउघरमा सुर्मादेवीका आलिपालि जम्मा हुने गरेको धल्देउको मन्दिरमा खर्क गोठालो जाने प्रचलन छ ।

    यसैगरी धल्देउको मन्दिरमा पूजापाठ गरिसकेपछि गोठालो खर्कबाट फर्किएर थकुन्नाडामा रहेको देउघरमा जम्मा हुने रातभरि जाग्राम बसी रतेडी मनाइने गरिन्छ । दशमीको रातभर सुर्मादेवी जन्मेदेखि सरोवर ताल पुग्नसम्मका देउघरमा फाग गाइने भाडिखेल, ढुस्का गीत गाइने भोलाउली धमाडी गाइने गरिन्छ

    सुर्माको पौराणिकता

    धर्म र संस्कृतिका जानकार पूर्णबहादुर बोहराका अनुसार दुर्गाकी सोह्र बहिनी र एक भाइ मष्टो हुन् । भाइ बहिनीले माल छोडेर पर्वत जाने बेलामा दुर्गा महालिङ्गको जोग्यानी भइन् । उक्त ठाउँबाट हिँडेर भारतको अम्रिकामाडौँ केदार, गडवाल, कुमाउँ हुँदै घाट–घाँगरी पुगेर जेठी बहिनी दुर्गाले कान्छी देवीलाई लखमाघाट दान दिएर लखमाघाट पार गराइन् । अरू बहिनी घाट तरेर आएपछि पूर्णागिरि कौवानीमा बसिन् । निगालपानीमा निगालडी भगवती बसिन् । उग्रतारा डडेल्धुरामा बसिन् । बाँकी बहिनी बझाङको देउरा आए । साँघुरी, भानुचन्द्र, सवासचन्द्रसँग घाट लगाई मागेपछि डाँसे फडिल्लाको बाटो लाँगा बाँठबालाबाट कटाए ।

    विउरा भवानी ज्यावनमा बसिन् । अन्य बहिनी त्यहाँबाट आएर थलीका जिउला पुगेर आ–आफ्नो ठाउँ रोजे । जालपाले देवलको जिउला, मालिकाले बाजुरा, कालिकाले गोलाई, सुर्माले पाटन हिमशिखर, महालिङ्गले चौधारी डाँडो, मष्टाले बान्नी छानेपछि अन्त्यसम्म सुर्मा र दुर्गाले थलिजिउला नै बस्ने अठोट गरिन भन्ने किंवदन्ती छ ।

    थलीनौविसमा महालिङ्ग (महादेव) देबतालाई कुष्टि उब्जेर लसुन पिस्ने विषयमा सुर्मा र दुर्गाबीच बैमनष्यता भएपछि सुर्मा थार (थारल) को भेषमा बुडखोरीमा नौ वर्ष बसेको संस्कृतिका जानकार विश्णुभक्त जोशी “शास्त्री” बताउनुहुन्छ । उहाँका अनुसार सुर्मा बुडखोरी बस्दा खोरेलले हालेको अन्नको बिस्कुन थारले खायो । खोरेल पछि लाग्दै खेदाउँदा तमतोलीका भगु जोशीसँग भेट भयो र सरोवर जाने दिन माग्दा मङ्गलबार र बुधबारको दिन दिएको उहाँ बताउनुहुन्छ ।

    मष्टासँग सुगाल दाइजो माग्दामाग्दै सुर्मा सुबेडा पुगिन् । सुबेडा दाना जोशीलाई सरोवर लाग्ने दिन हेर्न आइत र बुधबारको दिन दिए । त्यसैले सुर्मादेवीको पूजा जहिले पनि आइतबार र बुधबार गर्ने गरिएको जोशीको भनाइ छ ।

    पछि जिमरे थापा पछुताए र कुमालतौडबाट सुर्मादेवी ढँडार हुँदै खेतकोटमा पुगिन् । खेतकोटका सरू खड्काले देवीलाई गाईको दूधले र ध्यूले पाउ मलेपछि ८० वर्षीय सुरूलाई पुत्रलाभ भएको कथन छ ।

    खेतकोटबाट फेरी सुर्मादेवी सेलाखेत गइन् । फेरि थारको भेषमा बारिल्ल बसिन् । बाराल्लिँदै नौ वर्ष थारको भेषमा घोगाडा बसिन् । घोगाडामा थाररुपी भेषमा सुकाएको बिस्कुन खाएको निहुँमा धपाउन लखेट्दा थकुन्नाडा पाङरजडी पुगेर थारको भेषमै सुर्मा सरोवरतिर लाग्दा घोगाडाका मानिसहरू, खोरेल घट्याल जलजला पुगे । जलजलामा थारको पसिनाबाट धौल्देउको जन्म भयो । त्यसपछि सरोवर पुगेर सुर्मादेवी आफ्नो वास्तविकरुपमा प्रकट भइन् । सुर्मादेवी हरेक भेषमा गएर बसेको ठाउँमा अहिले पनि पूजाआजा हुने गरेको पूर्ववडाध्यक्ष पूर्णबहादुर बताउनुहुन्छ ।
    केके हुन्छ सुर्मादेवी मेलामा ?

    पहिलो दिन रत्याडी सुर्मादेवीको मन्दिरमा रातभर देवीसम्बन्धी फाग, गीत ढुस्का, भोलाउला, धमारीजस्ता परम्परागत देवीसम्बन्धी भजन कीर्तन गरिन्छ भने दोस्रो लोग आउने दिन भक्तजनहरु ढाँका, शङ्खघण्ट बजाउँदै धामी सँगसँगै रमाइलो गरी सुर्माको थकुन्नाडा हुँदै मध्यराति सरोवरतिर जान्छन् । बाँकी थकुण्डाँडामै बसेका भक्तजनहरू डेउडा खेलेर मन्दिरमा बस्छन् ।

    तेस्रो हरचन्नी दिनमा महिलाहरू व्रत बसी विभिन्न वर माग्ने क्रममा मन्दिरमा गएर दिनभर चौभाई (भुवो पर्वजस्तै) खेल्ने र पुरुषहरुले ढाँकाको नाच गराएर भगवान् कृष्णले राधालाई बोलाए जस्तै गरी देवीलाई बोलाउने गर्छन् र चौथो दिन पड्छनीमा सरोवर गएका भक्तजनले सरोवरबाट ल्याएको गङ्गाजल, गङ्गामाटी र गौरी धानजस्ता चिजहरू राखी बुढापाकाहरूबाट आशीर्वादसहित टिकाटाला गरेर आआफ्नो ठाउँमा फर्कन्छन् ।

    सुर्मादेवीका चमत्कारहरू

    धामी चक्रप्रसाद जोशीका अनुसार सुर्मादेवीले राजा गजराज सिंहलाई सुर्मा तालमा अन्जना धानको बाला र गाईको तातो गोबर देखाएको भन्ने किंवदन्ती छ ।

    छविसपाथिभेरामा रहेको पाटागाउँ तोलेनिमा मौकासुर राक्षसलाई बध गरेको, राजा जयपृथ्वीबहादुर सिंहले थकुन्नाडाको खाली रहेको ठाउँमा आरन हालिएकाले उक्त ठाउँमा अहिले पनि कुनै पनि घाँस उम्रेको छैन भने थकुन्नाडामा रहेको मन्दिरमा पाँगरको रुखको ठूलो हाँगा भाँचिएमा राजा रजौटालाई क्षति हुने, सानो हाँगा भाँचिएमा सानातिनालाई क्षति हुने गरेको उहाँ बताउनुहुन्छ ।

    सोमबार, भदौ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.