• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ७. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

नारायणगढ–बुटवल सडक निर्माणकार्य सुस्त


  •   बुधबार, साउन ११, २०७९ मा प्रकाशित
  • काठमाडौँ ११ साउन

    Advertisement

    साना सवारीसाधन र दुई पाङ्ग्रे सवारीसाधनका चालक ज्यानको बाजी लगाएर हिँड्नुपर्ने अवस्था आएको कावासोती–१० का माधव सुवेदी बताउनुहुन्छ । राजमार्गका खाल्डामा जम्मा भएका पानी र हिलोले मोटरसाइकल गुडाउनै नसक्ने अवस्था आउने गरेको सुवेदीको भनाइ छ ।

    कावासोतीबाट नारायणगढसम्मको ३२ किलोमिटर खण्ड पार गर्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको उहाँले बताउनुभयो । सडकमा जमेको पानीले निकास नपाउँदा राजमार्गमा ठूला–ठूला खाल्डा बनेका हुन् । “सडकको विभिन्न ठाउँमा डाइभर्सन गराएर पुल निर्माणको काम भइरहेकाले रात्रिकालीन यात्रा झन् कष्टकर बनेको छ”, सुवेदीले भन्नुभयो ।

    गैँडाकोट–८ का व्यवसायी शालिकराम सापकोटाले सडक बनिसक्न ढिला हुँदा यात्रुको बिजोग भएको बताउनुभयो । देशकै मुख्य राजमार्गको रूपमा रहेको यो सडकको दुरवस्था हुँदासमेत कसैलाई मतलब नै नभएको उहाँको भनाइ छ । “व्यावसायिक कामका लागि कहिले नारायणगढ त कहिले बुटवल जानुपर्छ”, सापकोटाले भन्नुभयो, “आफ्नै गाडीमा हिँड्यो भने बाटोका कारण कहाँ पुगेर बिग्रिने हो थाहै हुँदैन, सार्वजनिक सवारीसाधन चढौँ भने सामान्य अवस्थामा भन्दा चार गुणा बढी समय लाग्छ ।”

    सामान्य अवस्थामा बुटवल–नारायणगढ यात्रा गर्न साढे दुई घण्टा लाग्ने गरेकामा अहिले सात घण्टा लाग्ने गरेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्षेत्र नं १ का सङ्घीय सांसद तिलक महतले बताउनुभयो । आफूले यसबारे बारम्बार संसद्मा ध्यानाकर्षण गराएको भएपनि निर्माणको कामले गति लिन नसकेको महतको भनाइ छ ।

    पछिल्लो चार वर्षदेखि नारायणगढ–बुटवल सडकखण्डमा यात्रा गर्ने जो कोही पनि धुलो र हिलोका कारण आजित बनेका छन् । दुई लेनमा रहेको पूर्व–पश्चिम राजमार्गको यस खण्ड विस्तारको काम सुरु हुनु अघिदेखि नै सडकमा हुने खाल्डाखुल्डीका कारण समस्या हुँदै आएको थियो ।

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट पुल्चोकबाट बुटवलसम्मको करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडक खण्डको प्रायः सबै ठाउँमा खाल्डाखुल्डी छन् । यस खण्डमा पर्ने नवलपरासी पूर्व, नवलपरासी पश्चिम र रुपन्देही तीनवटै जिल्लामा लगभग पूरै सडकभरि खाल्डाखुल्डी मात्रै देखिन्छन् । चार लेनमा विस्तार भइरहेको राजमार्गका ठाउँठाउँमा बनेका ठूला खाल्डा बेलैमा नपुर्दा वर्षात्को पानी जमेर यात्रा कष्टकर बनेको यात्रु तथा चालकहरु बताउँछन् ।

    नारायणगढबाट बुटवलसम्म साढे एक घण्टामा पुग्ने गरी सडक विस्तार भइरहेको भए पनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रामा कठिनाइ हुने गरेको छ । सडक फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम थालेको ४१ महिनामा १९ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

    साना–ठूला गरी दैनिक १० हजार सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक निर्माणमा ढिलाई हुँदा सडक आसपासका बासिन्दा झनै प्रभावित भएका छन् । बुटवल–नारायणगढ सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या एम्बुलेन्स चालकलाई हुने गरेको संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताउनुभयो ।

    एम्बुलेन्सले सबै खालका बिरामी बोकेर चाँडो अस्पताल पु¥याउनुपर्ने बाध्यता रहेको भन्दै लामिछानेले बाटोका कारण बिरामीलाई समयमै अस्पताल पु¥याउन ढिला हुँदा उनीहरूको अवस्था जटिल हुने गरेको बताउनुभयो । सडकका खाल्डाखुल्डीका कारण एम्बुलेन्स चलाउन र बिरामीलाई समयमै अस्पताल पु¥याउन साह्रै समस्यामा हुने गरेको उहाँको भनाइ छ । मध्यविन्दुको चोरमाराबाट काठमाडौँ चल्ने माइक्रोबसका चालक वीरबहादुर महतोले बाटोमा खाल्डाखुल्डी बढी हुँदा सवारीसाधन गुडाउनै समस्या पर्ने गरेको बताउनुभयो ।

    सडकमा भएका ठूला–ठूला खाल्डाका कारण गाडीको पट्टा भाँचिने, टायर खिइने समस्या बढी हुने गरेको चालकहरु बताउँछन् । “घाम लागेको बेलामा गाडी गुडाउँदा कहिलेकाहीँ त धुलो उडेर बाटो नै देख्न नसकिने अवस्था समेत आउँछ” महतोले भन्नुभयो, “खाल्डाखुल्डी मर्मत गर्ने र धुलो उड्न नदिने गरी पानी छर्किने हो भने हामीलाई गाडी चलाउन केही राहत मिल्ने थियो ।”

    सडकको दुरावस्थाका कारण स्थानीयवासीसमेत मर्कामा परेका छन् । कावासोती–१६ डण्डामा फेन्सी पसल सञ्चालन गर्दै आउनुभएका दधि नेपालले राजमार्गमा उड्ने धुलो र हिलोका कारण आफूहरूलाई समस्या हुने गरेको बताउनुभयो । “सडक विस्तारका लागि भनेर धेरै ठाउँमा सडक छेउमा खन्ने र माटो थुपार्ने काम भएको छ” नेपालले भन्नुभयो, “यहाँ पानी पर्दा बाटो र पसलसमेत हिलो हुन्छ, घाम लाग्दा धुलो उडेर पसल फोहर हुने गरेको छ ।”

    नारायणगढ–बुटवल सडकमा निर्माणको हालसम्मको निर्माण चित्तबुझ्दो नभएको र अहिले पनि निर्माण सुस्त भएको नारायणगढ–बुटवाल सडक योजना पूर्वी खण्डले जनाएको छ । पूर्वी खण्डमा अहिलेसम्म १७ दशमलव ७३ प्रतिशत र पश्चिम खण्डमा १९ दशमलव २९ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख रमेशकुमार दिष्टिले बताउनुभयो ।

    उहाँका अनुसार ठेक्का लाग्दाको अवधि दुई हप्ता मात्रै बाँकी रहेको छ । आयोजनाले ठेक्काको अवधि थप गर्न सिफारिस गरेर विभाग पठाएको छ । अवधि थपका लागि प्रक्रिया बढाइए पनि निर्माण कम्पनीको काम चित्तबुझ्दो छैन । कार्यालयको कारण वा कोभिडलगायतका कारणले भए अवधि थप गर्न सकिने तर निर्माण व्यवसायीका कारण नसकिएमा थप नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीको कारणले भए जरिवाना गरिन्छ ।”

    सडक निर्माणका लागि सडकको क्षेत्राधिकारमा रहेका संरचना रुख, विद्युतको पोल, खानेपानीको पाइप हटाउनु चुनौतीका रुपमा रहेको थियो । बिजुलीको ठाउँठाउँ अप्ठेरो भए पनि प्राधिकरणको समन्वयमा हटाउन लागिएको योजनाले जनाएको छ । अहिले निर्माणस्थल खाली गर्ने काम धेरै भइसकेको छ । उहाँले भन्नुभयो, “रुख काट्न दुई–चार वटा मात्रै बाँकी रहेको छ ।”

    निर्माणाधीन १० मध्ये पनि पाँचमा माथिको स्लाप र बिम मात्रै (टप स्ट्रक्चर) राख्न बाँकी रहेको प्रमुख दृष्टिले बताउनुभयो । पाँचमा जगको काम भइरहेको छ भने दुई वटा साना पुलमा वर्षाका कारण काम हुन सकेको छैन । उहाँले भन्नुभयो, “ठेक्कामा गइसकेको छ, वर्षा कम भएपछि काम हुनेछ ।”

    विद्युतीय पोल सार्ने र रुख कटान निर्माण कम्पनीले नै गर्ने गरी ठेक्का भएको थियो । कति काट्ने ‘कन्स्ट्रक्सन सर्वे’ मा उल्लेख छ । सडक निर्माण गर्दा एउटा सतह मिलाएपछि मात्रै पोल राख्नुपर्ने हुँदा सडक निर्माण सँगसँगै पोल व्यवस्थापन गर्नुपर्छ । उहाँले भन्नुभयो, “कतै डाँडा काटेर वा फिलिङ गरेर सडकको सतह मिलाएर सँगसँगै गर्नुपर्छ ।”

    अत्याधिक सवारी चाप रहेको सडकमा अहिले सवारीसाधन निर्वाध रुपमा चल्न नसक्दा नागरिकले हैरानी बेहोरिरहेको उहाँले बताउनुभयो । अधिकांश समयमा वैकल्पिक सडक नहुँदा मुख्य सडक निर्माण गर्ने समयमा नागरिकले दुःख पाउने गरेको उहाँले बताउनुभयो ।

    यस सडक खण्डमा २१५ कल्भर्ट र २२ साना पुल निर्माणाधीन रहेको छ । सडक निर्माण सम्पन्न गर्न केही समय अझै लाग्ने हुँदा तत्कालका लागि खाल्डा टालेर यातायात सजिलो बनाउन निर्माण कम्पनीलाई भनिएको छ ।

    यो सडकसँगै वैदेशिक लगानीको कुनै पनि सडकमा प्रगति अपेक्षा गरिएअनुसार नभएको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताउनुभयो । उहाँका अनुसार गत आवमा वैदेशिक अनुदानको सडकमा प्रगति ५० प्रतिशतभन्दा कम रहेको छ । वैदेशिक लगानीको आयोजनामा तोकिएको अवधिसम्म पूरा गर्नुपर्ने भएपनि यो आवमा कति प्रगति हुने भन्नेले खासै फरक नपर्ने उहाँले बताउनुभयो ।

    नारायणगढ–बुटवाल सडक निर्माणमा भइरहेको ढिलाइका विषयमा सदन र संसदीय समितिमा समेत पटकपटक छलफल भइरहेको छ । सम्बन्धित जिल्लाका सांसद वा सो सडक हुँदै जानुपर्ने जिल्लाका सांसद्ले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

    विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको झण्डै छ दशकपछि अहिले विस्तार भइरहेको छ । एसियाली विकास बैंक (एडिबी)का ऋण सहयोगमा विस्तार शुरु भएको सडक निर्माणको लागतमध्ये ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ ।

    एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम भइरहेको नारायणगढ–बुटवल सडक खण्डमा नेपालमै पहिलोपटक वन्यजन्तु वारपार गर्न ‘ओभर पास’ निर्माण गरिने दिष्टीले बताउनुभयो । सो सडक खण्डमा वन्यजन्तुको अत्यधिक आवतजावत हुने क्षेत्रमा ‘ओभर पास’ निर्माण गर्ने तयारी गरिएको हो ।

    चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । सडक विभागले गत वर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुङ्गा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ ।

    बुधबार, साउन ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.