• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

पर्यटन प्रवर्द्धन सक्रिय ताप्लेजुङका स्थानीय तह


  •   मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
  • फुङ्लिङ १९ भदौ

    Advertisement

    जिल्लामा रहेका पर्यटकीय सम्पदाहरुको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा जोड दिएका छन् । धार्मिक पर्यटन, साहसिक पर्यटन, हिमाल आरोहणमा जोड दिंदै एक नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका स्थानीय तहरुहरुले नयाँ पर्यटकीय क्षेत्रहरुको पहिचान गर्नेदेखि पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको पाइन्छ ।

    फक्ताङलुङ गाउँपालिकाले कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकहरुको लागि गाउँपालिकामा पर्यटन भित्र्याउनका लागि पहिलो सडक विस्तार तथा पदमार्ग निर्माणमा जोड दिएको छ । यस गाउँपालिकामा विश्वको अग्लो कञ्चनजङ्घा र कुम्भकर्ण (फक्ताङलुङ) हिमाल रहेको छ भने सिङ्जेमा ताल, करिब चार सय वर्ष पुरानो दिकी छ्योलिङ गुम्बा, मानभारालगायत थुप्रै पर्यटकीय स्थलहरु पर्दछ ।

    उच्च हिमाली क्षेत्रहरुमा अक्सिजनको व्यवस्थापन, ओलाङचुङगोला बस्ती नजिकै रहेको सिङ्जेमा तालमा जाने पदमार्ग र सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापक गरिएको पालिकाका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । उहाँका अनुसार दुई छिमेकी मुलुक चीन र भारतलाई जोड्ने रणनीतिक तथा व्यापारिक महत्वको निर्माणाधीन तमोर कोरिडोरको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ भने कञ्चजङ्घा हिमाल प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका—घुन्सा बस्तीसम्म मोटरबाटो विस्तार गर्ने कार्यक्रम रहेको छ ।

    मध्यपहाडी भूभाग हुँदै भारतको जोगबनीलाई चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्नेछ । तमोर कोरिडोरमार्फ यसै आर्थिक वर्षका भारत, नेपाल र चीन सडक सञ्जालले जोड्ने छ । पर्यटकीय क्षेत्रहहरुको सहज जानकारी उपलब्ध गराउनका लागि पर्यटन सूचना केन्द्र स्थापना गरिने भएको छ । चीनसँग कोरिडोरले जोडिएसंगै फक्ताङलुङ गाउँपालिका मात्र नभएर जिल्लामै ठूलो पर्यटकहरु चहलपहल हुने ताप्लेजुङवासीको अपेक्षा गरेका छन् ।

    जिल्लाकै एक मुख्य पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको मिक्वाखोला गाउँपालिकामा अविरल झरिहरने फुङ्फुङ्गे झर्ना जिल्लाकै एक पर्यटकीय गन्तव्यभित्र पर्दछ । अर्को पालिका केन्द्रदेखि नजिकै रहेका वाक्मा पोखरी पनि यस क्षेत्रको पयटकीय क्षेत्रमा पर्दछ । गाउँपालिका केन्द्र नजिकै रहेको पोखरीहरुको राजधानी भनिने लोदेन क्षेत्र यसै गाउँपालिकामा पर्दछ । समुद्र सतहदेखि चार हजारदेखि माथि रहेको यस क्षेत्रमा लाम पोखरी, कुइने पोखरी, हाँस पोखरी, सुन पोखरी, भूत पोखरीलगायत एक सयभन्दा बढी पोखरी रहेको छ । यस क्षेत्रमा पोखरीहरुको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेको स्थानीयवासी तेन्जिङ शेर्पा बताउनुहुन्छ ।

    त्यस्तै समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित तोक्पेगाला क्षेत्र अर्को प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । तोक्पेगोलामा बस्तीको दायाँ मानमोहक झर्ना रहेको छ भने बायाँतिर जोङलुङ गुम्बा र धार्मिक महत्वबोकेको भूत पोखरी रहेको छ । बस्तीमाथि सोदु पोखरीलगायत दर्जनौँ पोखरीहरु रहेको छ ।

    मिक्वाखोला गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्नका लागि समुन्द्र सतददेखि चार हजारमाथि रहेको लोदन क्षेत्रमा गोठस्टेका लागि सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले बताउनुभयो । त्यस्तै धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि लिम्बू समुदायको माङहिम निर्माण गर्न पनि बजेट विनियोजन गरिएको छ । उहाँका अनुसार गाउँपालिका केन्द्र नजिकै रहेको फुङ्फुङगे झर्ना शृङ्गार गर्न लागि सङ्घीय सरकारबाट एक करोड बजेट विनियोजन भएको छ ।

    सिदिङवा गाउँपालिकाको—७ मा अवस्थित देशकै प्रसिद्ध तिम्बुङ पोखरी धार्मिक तथा अन्य पर्यटकको गन्तव्यस्थल हो । यहाँको ढङ्ढङगे झर्ना, चमेरे गुफा, काबेली माङहिम र सिदिङवाधाम पनि पर्यटकीय आकर्षणका स्थलहरु हुन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवद्र्धन गर्नका लागि २६ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाले जानकारी दिनुभयो ।

    मैवाखोला गाउँपालिकाले बृहत पर्यटन प्रवद्र्धन गुरुयोजना तयार गरी पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको छ । ऐतिहासिक तथा धार्मिक पर्यकीय स्थल ओसाङलु पनि मैवाखोला गाउँपालिकाको एक पर्यकीय गन्तव्य भित्र पर्दछ ।

    यस क्षेत्रमा प्रमुख पर्यटकीय क्षेत्रहरुमा गुराँसको राजधानी तीनजुरे मिल्के पर्दछ । तीनजुरे मिल्के तेर्थुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगम स्थल पनि हो । यस क्षेत्रमा चैत बैशाखमा महिनामा गुराँस फुल्ने गर्दछ । गुराँस फूलने समयमा गुराँसको अवलोकन गर्ने आउँने पर्यटकहरुको चहलपह बढी हुने गर्दछ । मैवाखोला गाउँपालिकाले यस क्षेत्रमा गुराँस पार्क निर्माण गर्नका लागि गुरुयोजना बनाउनका लागि चालु आर्थिक वर्षमा १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो ।

    जिल्लाको सदरमुकामसमेत रहेको फुङ्लिङ नगरपालिका भएर नै अधिकांश पर्यटकहरु जिल्लाका अन्य पर्यटकीय क्षेत्रहरुमा घुम्न जाने गर्दछन् । विश्व प्रसिद्ध धार्मिक स्थाल पाथीभरा फुङ्लिङ नगरपालिकाको मात्र नभएर जिल्लाकै प्रमुख धार्मिक स्थल हो । पाथीभरा मन्दिरमा दैनिक रुपमा देश विदेश देखि दर्शन गर्न हजारौको संख्यामा आउने गर्दछ ।

    सरमुकाम नजिकै रहेको सिद्धी डाँडासमेत आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । शिवालय मन्दिर र पोखरी रहेको सिद्धी डाँडामा विभिन्न संरचना निर्माण र प्रचारप्रसार हुन थालेपछि यहाँ आन्तरिक पर्यटकको संख््या ह्वात्तै बढ्न थालेको छ । सुकेटार विमानस्थल नजिकै रहेको सन लाइट भ्यु पोइन्ट (सूर्योदय) फुङ्लिङ नगरपालिकाको एक पर्यटकीय गन्तव्य बनेको छ । फुङ्लिङ नगरपालिकाले पर्यटन प्रवद्र्धन समिति बनाएर फुङ्लिङ नगरपालिका भित्रको पर्यटकीय क्षेत्रहरुको गुरुयोजना बनाउने तयारीमा रहेको नगर प्रमुख अमिर मादेनले बताउनुभयो ।

    सिदिङवा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कञ्चनजंघा हिमाल नै हो । यस हिमालको आधारशिविरसम्म सडक पु¥याउन ट्रयाक खोल्ने काम भइरहेको सिरिजंघा गाउँपालिकाका उपाध्यक्ष डा.चित्र माबोले बताउनुभयो । कञ्चनजंघा हिमालको अवलोकन गर्न जाने पर्यटकलाई लक्षित गरेको गाउँपालिकाले होमस्टे प्रवद्र्धन कार्यक्रम गर्ने गाउँपालिकाले जनाएको छ ।

    सिरिजंगा गाउँपालिका—६ मामांखे गाउँमा रहेको लिम्बू संग्राहलय पनि एक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लैजाने गाउँपालिकाले जनाएको छ । लिम्बूका अनुसार सिरिजंगा गाउँपालिकामा मुन्धमी लाम(मुन्धमी पदर्माग निर्माण गर्ने योजनामा रहेको छ । लिम्बू समुदायको मुन्धुम र राई जातिको पुरानो धार्मिक ग्रन्थ र लोक साहित्य हो । पदर्मागमा मन्धमा आउँने विभिन्न संरचान तथा सामग्रीहरु प्रस्तुत गर्नेगरी गुरुयोजना बनाउँने गाउँपालिकाले जनाएको छ ।

    मेरिङदेन गाउँपालिकाको प्रमुख पयटकीय स्थलहरुमा गुराँसे पोखरी, मेरिङदेन झर्ना पर्दछ । ¥याप्टिङका लागि दोभान उपयुक्त क्षेत्र मानिन्छ । त्यस्तै अन्तरिक पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले मेरिङदेन चौतारी पार्क समेत निर्माण गरेको मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकवीर हांग (डम्बर) ले बताउनुभयो । त्यस्तै धार्मिक पर्यटकीय क्षेत्रहरुमा माहाछिरुङ माङगेना यक साथै विभिन्न गुम्बाहरु यस गाउँपालिकाका पर्यटकीय क्षेत्रहरु पर्दछन् ।

    पर्यटन प्रवद्र्धन गर्नका लागि गाउँपालिकाले चालु आवमा मेरिङदेन झर्ना जाने पदमार्गका लागि १५ लाख रुपैयाँ कोशी प्रदेश सरकारबाट बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । गुराँसे पोखरीको सुन्दर्यताका लागि गाउँपालिकाले केही रकम विनियोजन गरेको मेरिङदेन गाउँपालिका अध्यक्ष हांगामले बताउनुभयो । त्यस्तै धार्मिक पर्यटन प्रवद्र्धन र मेरिङदेन चौतारी पार्क निर्माण गर्नका लागि पनि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

    सदसरमुकाम फुङ्लिङ बजारदेखि नजिकै रहेको गाउँपालिका केन्द्र पाथीभरा याङवरकमा धार्मिक महत्व बोकेका धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । यस गाउँपालिकामा रहेका धार्मिक महत्वको पर्यटकीय क्षेत्रहरु केसामी नाम्सनी, थाप पोखरी, धर्ती भाटा तथा गुरुङ गुम्बाहरु पर्दछन् । गुम्बा निर्माण गर्न केही गोरेटो बाटो मर्मतका लागि समेत गाउँपालिकाले बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले बताउनुभयो ।
    रासस

    मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.