• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

छाप्रोदेखि सुरु भई सुविधासम्पन्न पृथ्वीनारायण क्याम्पस


  •   बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
  • अन्नपूर्ण (कास्की) २८ भदौ 

    Advertisement

    पोखरामा २०१७ सालअघिसम्म उच्च शिक्षा हासिल गर्न काठमाडौँ वा बनारस जानुपर्ने बाध्यता थियो । तत्कालीन समयमा स्नातक पास गरेकाहरू चार जना मात्र हुनुहुन्थ्यो । त्यो बेलाको मल्टिप्रपोज हाइस्कुल (अहिलेको राष्ट्रिय मावि) र सोल्जरबोर्ड हाइस्कुल (अहिलेको अमरसिंह मावि) बाट २०१७ सालमा म्याट्रिक पास गरेका विद्यार्थीहरूको पोखरामै क्याम्पस होओस् भन्ने चाहना थियो ।

    पास भएका विद्यार्थीहरू सबैको काठमाडौं वा बनारस गएर उच्च शिक्षा लिने क्षमता थिएन । सोही कारण पनि यहाँका शिक्षाप्रेमीहरूलाई पनि क्याम्पसको आवश्यकता महसुस भइसकेको थियो । त्यो समयमा पोखरा नगरका अध्यक्ष हुनुहुन्थ्यो, शिवबहादुर थापा । तत्कालीन समयमको पश्चिम तीन नम्बरको बडाहाकिम नारायणप्रसाद शर्मा हुनुहुन्थ्यो । बडाहाकिम शर्माको निवासमा शिक्षाप्रेमीहरूको बैठक बस्यो । त्यो बैठकले बडाहाकिम शर्माको अध्यक्षतामा कजेल सञ्चालक समिति गठन ग¥यो । सोही समितिले कलेज बनाउने काम अघि बढायो ।

    उतिबेला कलेज स्थापना गर्न २५ हजार रुपैयाँ जोहो गरेर सरकारलाई बुझाउनुपथ्र्यो । पोखराका शिक्षाप्रेमीहरूले कलेज स्थापनापछि सो रकम सहयोग गर्ने सहमति भयो । त्यसपछि आवश्यक प¥यो, शिक्षक । यसमा नगर अध्यक्ष थापाका भाइ विमलबहादुर थापाले सघाउनुभयो । आफूलाई काठमाडौंमा ट्युसन पढाउनुभएका भारत केरलाका जर्ज जोनलाई उहाँले पोखरामा खुल्ने कलेजको प्रिन्सिपल बनाउने प्रस्ताव गर्नुभयो ।

    विमलले नै पोखरामा कजेल खुल्दै गरेको अनि आफूलाई प्रिन्सिपल बनिदिन आग्रह गरेको जार्ज जोनले बताउनुभयो । त्यसअघि नै पोखरा घुम्न सहयोग गरेका कारण जर्जले विमलको कुरा हार्न सक्नुभएन । अनि पोखरा आउने सहमति जनाउनुभयो ।

    सहमति भएको केही दिनपछि उहाँको हातमा पत्र प¥यो । पत्रमा लेखिएको थियो, “तपाईंलाई पृथ्वीनारायण इन्टर कलेज, पोखराको प्रिन्सिपल कम लेक्चर पदमा (६ महिनाको प्रशिक्षण कालमा) नियुक्त गरिएको छ । नियमानुसार कामकाज गर्नुहोला । हाललाई पोखरा आइपुग्नु हुुने निम्नाकिंत तलब भत्ता इत्यादि पाउनु हुनेछ ।” पत्रमा जोनलाई तीन सय ५० रुपैयाँको तलब तोकिएको थियो । जसमा मासिक तलब दुई सय ७५, मासिक भत्ता २५ र प्रिन्सिपल भत्ता पचास रुपैयाँ थियो ।

    सो पत्रसँगै आफूलाई ९० रुपैयाँ पेस्की पनि पठाएको जोनले सम्झनुभयो । त्यो समय काठमाडौंबाट पोखरा आउन बस चल्दैनथ्यो । हवाइजहाजको सहारा लिनुपथ्र्यो । पोखरासम्म आएको ६४ रुपैयाँ भाडा लाग्थ्यो । पेस्की रकम बुझेर उहाँ २०१७ भदौ १६ गते जहाजबाट पोखरा ओर्लिनुभयो ।

    जर्जजोनका लागि पालिखे चोकस्थित खेमनारायण श्रेष्ठको घरमा कोठाको समेत व्यवस्था भइसकेको थियो । पोखरा आएको भोलिपल्टैदेखि उहाँले नदीपुरस्थित तत्कालीन कन्या प्रावि अहिलेको कन्या क्याम्पसको एउटा कोठामा एसएलसी पास गरेका १३ जनालाई पढाउन सुरु गर्नुभयो । त्यो दिन थियो, २०१७ साल भदौ १७ गते । यही दिनलाई पृथ्वीनारायण क्याम्पस (तत्कालीन पृथ्वीनारायण इन्टर कलेज) को स्थापना दिवसको रुपमा लिइन्छ ।

    अंग्रेजी विषयमा दख्खल राख्ने जर्जजोनको भागमा अंग्रेजीसँगै राजनीति शास्त्र र अर्थशास्त्र पढाउने जिम्मामा प¥यो । नेपाली पढाउनका लागि देवीरमश शास्त्री शिक्षकका रुपमा आउनुुभयो । सुरुमा दुई जना शिक्षकबाट पढाइ सुरु भयो ।

    त्यसबेलाको कन्या प्राविको एउटा कोठामा पढाइ राम्रै चल्दै थियो । कन्या प्राविको वार्षिकोत्सवको बेलामा बालिकाहरू पढ्ने स्कुलमा युवकहरू पढ्न केही असहज हुने भनाइ प्रहरीबाट आएपछि कहाँ जाने भन्ने समस्याले पिरोल्न थालेको जर्जजोन स्मरण गर्नुहुन्छ । तर, त्यो वेला पोखरा अहिलेको जस्तो भरिभराउ बस्ती भने थिएन । त्यसैले पनि केही सहजता प्रदान ग¥यो । अहिलेको फूलबारी ब्यारेक भएको ठाउँ र नारायणस्थान गरी दुई ठाँउमा जग्गा हेरियो । दुई स्थानमध्ये नारायणस्थान उपयुक्त ठानेर नारायणस्थानबाट पढाइ सुरु गरिएको उहाँले बताउनुभयो ।

    तत्कालीन नेपाली काँग्रेसबाट गृहमन्त्री बन्नुभएका सूर्यप्रसाद उपाध्यायबाट वि.सं २०१७ मंसिरमा औपचारिक रूपमा पृथ्वीनारायण क्याम्पसको नारायणस्थानमा नै उद्घाटन गरिएको थियो । विसं २०१८ मा प्रवीणता प्रमाणपत्र तहको परीक्षा भएको जर्जजोन सम्झनुहुन्छ । त्यसबेला दुई वर्षको परीक्षा एकैचोटि हुने चलन थियो । २०१८ सालमा विद्यार्थी बढेर १३ बाट १६ जना पुगेका थिए । १६ जनाले परीक्षा दिएकामा १३ जना पास भएको उहाँले सम्झनुभयो ।

    नारायणथानमा खुल्ला चौरमा जाडोको समयमा पढाउन कठिन भइसकेको थियो । त्यसपछि फेरि नयाँ ठाँउको खोजी हुन थाल्यो । नयाँ ठाउँको खोजी गर्दै बडाहाकिम र जर्जजोनलगायतले भीमकालीन पाटन बगरमा जग्गा भेट्नुभयो । त्यसपछि विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम गरी छाप्रो बनाइयो ।

    विसं २०१९ वैशाख १ गतेदेखि भीमकालीपाटनबाट पढाउन सुरु भयो । सुरुआतमा आर्टस् (मानविकी) मात्र पढाइ हुने क्याम्पसमा मानविकी हुँदै विज्ञान र कमर्स पनि जर्जजोनकै बलबुताले सुरु भएको थियो । नारायणस्थानबाट भीमकालीपाटन पुग्दा शिक्षक संख्या चार पुग्यो । त्यसक्रममा महेन्द्रसिंह थापा, शिवभुजन यादव, यज्ञप्रसाद शर्मा (देवीरमण शास्त्रीको स्थानमा) नयाँ शिक्षकका रुपमा थपिनुभएको थियो ।

    विसं २०२० मा राजा पोखरा घुम्न आएका समयमा पृथ्वीनारायण क्याम्पसको अवलोकनपछि भवन बनाउन एक लाख छुट्याएर अहिले आर्टस् भवन एकतले पक्की भवन बनाइएको थियो । त्यसपछि सरकारको आँखा पर्दै गएर ठूलाठूला भवन बनेको बताउँदै उहाँले “२०२४ सालमा दुई लाख सरकारले दिएपछि विज्ञान संकायको भवन पनि पक्की बनाएको हो,” उहाँले भन्नुभयो, “त्यसबीचमा अमेरिका पिसकोरका स्वयंसेवकमध्ये डोरथी मिरोको सहयोगमा सङ्ग्रहालय भवन बन्यो ।”

    त्यो बेला प्रत्येक विद्यार्थीले घर–घरबाट खर ल्याएर आफैंले छाप्रो बनाएर पढाइ सुरु गरेको उहाँले सुनाउनुभयो । विसं २०५२ मा उहाँ पृथ्वीनारायण क्याम्पसबाट बिदा हुनुभयो । तर, अहिले पनि उहाँलाई क्याम्पसको औधी माया लाग्छ ।

    जर्जजोनले २०३२ सालमा नेपाली नागरिकता लिनुभएर स–परिवार पोखरामा बस्न थाल्नुभयो । उहाँ अहिले ९२ वर्ष लाग्नुभयो । “अहिले पनि बेलाबेलामा क्याम्पस पुगेकै हुन्छु,” उहाँ भन्नुहुन्छ, “भीमकाली पाटन (अहिलेको पृथ्वीनारायण क्याम्पस भएको ठाउँ) मा नयाँ भवन बने । तर त्यो चौरमा रहेका रुखहरू जुन विद्यार्थीहरूले एक–एक जनाले रोपेका हुन्, त्यो भने त्यस्तै छ ।” पृथ्वीनारायण इन्टर कलेज २०३० सालपछि पृथ्वीनारायण क्याम्पस बनेको थियो ।

    जर्जजोनको अध्यापन क्षमता र पोखराका शिक्षाप्रेमीको मायाले स्थापना भएको क्याम्पस पश्चिम नेपालकै नमुना बनेको कवि तीर्थ श्रेष्ठ बताउनुहुन्छ । “पिएन क्याम्पस जनसहभागिता प्रशस्त जुटेको क्याम्पस हो,” उहाँले भन्नुभयो, “यो क्याम्पस बनेपछि अहिलेको गण्डकी प्रदेशसँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरुको केन्द्र बन्यो ।” यो सँगै यही क्याम्पस स्थापनापछि पश्चिम नेपालमा अरु क्याम्पस स्थापनाका लागि प्रेरणाको स्रोत बनेको उहाँले बताउनुभयो । यसमा भारत केरलाबाट आउनुभएका शिक्षाप्रेमी जर्जजोनको ठूलो योगदान रहेका उहाँको भनाइ छ ।

    क्याम्पस स्थापनापछि यहाँ पढेका विद्यार्थीहरू देशको सामाजिक, शैक्षिक, राजनैतिक, सांस्कृतिक, साहित्यिक, आर्थिकलगायत क्षेत्रमा अब्बल रहेको कवि श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरुले राष्ट्रिय क्षेत्रमा योगदान दिनेहरुको लिस्त तयार गर्ने हो भने अन्य शैक्षिक संस्थाहरु भन्दा बढी योगदान यो क्याम्पसले दिएको मान्न सक्छौं ।”

    दुई जना शिक्षकले १३ जना विद्यार्थी लिएर सुर गरेको क्याम्पस अहिले ६४ औं वार्षिकोत्सव बनाएको छ । अहिले क्याम्पसमा ११ हजार छ सय ८४ विद्यार्थी अध्ययनरत रहेको क्याम्पसका सूचना अधिकारी मीनराज लम्सालले जानकारी दिनुभयो । सात सय १५ रोपनी १२ आना तीन पैसा एक दाम क्षेत्रफल जग्मामा ठूला भवन ४० वटा रहेको उहाँले बताउनुभयो ।

    मानविकी संकायबाट पढाइ सुरु भएको क्याम्पसमा चार वटा संकाय, एउटा अध्ययन संस्थान, ३४ वटा विभाग र विभिन्न विशेष शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले जानकारी दिनुभयो । क्याम्पस विश्वविद्यालयको बाटोमा रहेको कोइरालाले सुनाउनुभयो । “हामी विश्वविद्यालय बनाउन तयार छौँ । त्यो त सरकारले बनाइदिनुपर्ने कुरा भयो । हामीसँग पूर्वाधार तयारी अवस्थामा छ”, कोइरालाले भन्नुभयो । रासस

    बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.