काठमाडौं १५ साउन
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता तथा पुर्वअर्थमन्त्री जनार्दन शर्माले आज पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन् ।पार्टीमा छलफल गरेर शर्माको नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन् ।
आजै राष्ट्रिपतिबाट शर्माले पद तथा गोपनियताको सपथ लिने जनाइएको छ । शर्मा आगामी बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति घुसाएको आरोप लागेपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।




