• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

सुगमतर्फको यात्रामा डाँडापारिका गाउँ


  •   मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
  • काभ्रेपलाञ्चोक ३० असोज 

    Advertisement

    काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र अर्थात् महाभारत पर्वत शङ्खलापारि (डाँडापारि)लाई केही वर्षदेखि ‘दुर्गम’ भन्न छाडियो । सडक, विद्युत्, खानेपानी, स्वास्थ्य संस्था र सुविधासम्पन्न विद्यालय भवन । सडकबाहेकका विकास पनि सडकले नै सम्भव भएको हो ।

    हामीले भन्ने गरेको ‘डाँडापारि’मा दुई गाउँपालिका महाभारत र खानीखोला अवस्थित छन् । सङ्घीय संरचना निर्माणअघि डाँडापारिका दश गाउँ विकास समिति थिए । सङ्घीय संरचनामा लैजाँदा दश गाविसलाई दुई गाउँपालिामा विभाजन गरियो । महाभारत गाउँपालिकामा गत आर्थिक वर्षमा पक्की सडक नै निर्माण भइसक्यो । दुर्गमताले भन्ने गरिएको डाँडापारि अब डाँडापारि रहेन । विशेषगरी सडकको पहुँचले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल र मुख्य सहर बनेपा तथा पनौती डाँडापारिसँग नजिकिएका छन् ।

    सडकले सामग्री ढुवानीमा सहजता आएपछि अपुग खाद्यान्नलगायत नुन, तेल र मरमसला किन्न घण्टौँको बाटो हिँड्नुपर्ने बाध्यता हाल घट्दै गएको छ । यहाँका बासिन्दाले उत्पादन गरेका खाद्यान्नलगायत कृषिजन्य वस्तुको बिक्री गर्न तथा ‘गाँस, बास र कपास’का आवश्यक सामग्री गाउँमै पाउन थाले । पहिले सदरमुकाम र मुख्य सहर र धाउनुपर्ने अनिवार्य बाध्यता थियो । विशेषतः सडक सुगमताले जिल्लाको विकट क्षेत्र मानिएको डाँडापारिका दुई गाउँपालिका महाभारत र खानीखोलाको मुहार फेरिँदै गएको छ ।

    यसअघि केही अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा जिल्लास्थित सामाजिक संस्थामार्फत शौचालय, पैदलयात्राका लागि सिँढी निर्माण, खानेपानी धारा र झोलुङ्गे पुल लगायतका एक टोलदेखि अर्को गाउँसम्म जाने सुविधा मात्रै उपभोग गर्दै आएका यहाँका नागरिकका लागि विद्युतीकरणमा केन्द्रीय प्रसारण लाइन र पक्की मोटरबाटोले गाउँदेखि सहरसम्म जोडिएको छ । पछिल्लो समयमा भने सञ्चारको सहज पहुँचसँगै सडक सञ्जालको पहुँच, ‘एक घर, एक खानेपानीसहितको धारा र केन्द्रीय विद्युत् प्रसारण लाइनको विद्युतीकरण यहाँको नागरिकको मुहार फेरिएको हो । यसो हुनुमा स्थानीय तहको भूमिकालाई पनि विशेष मान्ने गरिएको छ ।

    यहाँको गाउँपालिकाको बस्तीमा विकास निर्माण र नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनामध्ये सडक प्रमुख हो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा स्थानीय नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी दोस्रो चरणको पक्की सडकखण्ड निर्माणका लागि आवश्यक सहयोग र समन्वयमा लागिरहेको बताउनुहुन्छ । उहाँका अनुसार हाल बिपी राजमार्गदेखि मदन भण्डारी लोकमार्ग जोड्ने भूमिचुली–चारकिल्ला–देवीटार–घर्तिछाप–गोकुले–भोर्लेनी सडक (जनमुक्ति मार्ग)को निर्माण गर्ने योजनाको प्रक्रियामा लागिएको छ ।

    महाभारतको तीनखुट्टे–भूमिचुली–राजबास खण्डको १७ किमी सडकका लागि करिब रु ९८ करोड विनियोजन भएकामा रु ६० करोड ९७ लाखको हाराहारीमा सन्तोषी धर्म एस हरिहरि जेभीले आगामी २०८२ कात्तिकमा सम्पन्न गर्नेगरी सम्झौता भएको छ । निर्माण कम्पनीले तोकिएका स्थानमा ढलान तथा कालोपत्र समेतको कार्यलाई छिट्टै अगाडि बढाउने जनाएको छ ।

    यसअघि महाभारतको तीनखुट्टे–देवीटार सडकखण्डको आठ किमीमध्ये केही भाग कालोपत्र भइरहेको र बाँकी काम निरन्तर रहेको छ भने केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरणका लागि केही वडामा बिजुली बत्ती बालिसकेको र बाँकी वडाहरुमा काम द्रूत गतिमा भइरहेको छ ।

    यसैगरी, ‘एक घर एक खानेपानी धारा’ अभियानअन्तर्गत ६ र ५ नं वडामा आयोजना सम्पन्न भइसकेको तथा वडा नं १ र २ मा निर्माणाधीन अवस्थामा रहेको छ । नागरिकको आर्थिक विकासका लागि कृषि उत्पादनमा सहयोगअन्तर्गत आव २०७९÷८० मा मात्रै करिब एक लाख कफीको बिरुवा रोपिएका अध्यक्ष जिम्बाले बताउनुभयो । पक्की सडक सञ्जालसँग जोड्ने क्रममा रहेको डाँडापारिको क्षेत्रमा हालसम्म पनि गर्भवती र सुत्केरीका बेलामा महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत स्थानीय तहको समन्वयमा हेलिकप्टरबाट उद्धार गर्ने कार्य गर्दै आइएको छ ।

    महाभारत गाउँपालिकामा मात्र हाल रु दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ । महाभारतको भुमेचुली–बुढाखानी–तीनखुट्टे करिब १८ किलोमिटर सडक कालोपत्रसहित निर्माण गर्न रु ९९ करोड विनियोजन भएको थियो । यसैगरी, तीनखुट्टे–देवीटार आठ किलोमिटर सडकका लागि रु ४९ करोड विनियोजन भएको अध्यक्ष जिम्बाले बताउनुभयो । उहाँका अनुसार हाल देवीटार–गोकुले करिब सात किलोमिटर सडकलाई रु ४८ करोडको स्रोत सुनिश्चित भएको छ । निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गर्ने र नियमित कार्य नगरेका कारण योजना ढिला हुने गरेको अध्यक्ष जिम्वाले बताउनुभयो ।

    “निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गरेपछि समयमा काम सम्पन्न नहुने हुँदा योजना लम्बिने देखिन्छ, हामीले ताकेता गरिरहनुपर्छ”, उहाँले भन्नुभयो ।

    यसैबीच, प्रदेश मन्त्रालयले आगामी आर्थिक वर्षदेखि नै काम सुरु गर्ने गरी काभ्रेपलाञ्चोक र प्रदेश राजधानी मकवानपुर जोड्ने गरी ‘जनमुक्ति’ मार्ग निर्माण गर्न तयारी थालेको छ । प्रदेश भौतिक तथा पूर्वाधारमन्त्री युवराज दुलालले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाअन्तर्गत मङ्गलटारस्थित बिपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरेस्थित मदनभण्डारी लोकमार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गरिने बताउनुभयो । उहाँका अनुसार उक्त मार्गका लागि रु तीन अर्ब लाग्ने अनुमान गरिएको छ । उक्त सडकको लम्बाइ ९३ किलोमिटर हुनेछ ।

    यस्तै, डाँडापारिमा अवस्थित दुर्गम भनिने अर्को गाउँपालिका खानीखोला धुलिखेलबाट ८० किलोमिटर दक्षिणमा अवस्थित छ । साबिकको पाँच गाविस समेटेर खानीखोला गाउँपालिका बनाइएको हो । उक्त गाउँपालिकामा भने भौगोलिक विकटताका कारण बाह्रै महिना यातायातको पहुँच पुग्न सकेको छैन । खानीखोला गाउँपालिकाको केन्द्र तथा वडास्थित बस्तीमा बाह्रै महिना सवारी साधन सञ्चालन गराउने उद्देश्यले सडक निर्माण लगायतको कामलाई स्थानीय जनप्रतिनिधिले तीव्रता दिन थालेका छन् ।

    विगतमा हिँउदको समयमा चार÷पाँच महिना मात्रै गाडी गुड्ने सडकलाई हाल असार, साउन र भदौसम्म तीन महिना मोटर हिँड्न नसके पनि नौ महिना चल्न सक्ने सडक बनाएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ बताउनुहुन्छ । बागमतीको तिरमा रहेको तालढुङ्गा–सिक्रे दोभान सडक ट्र्याक खोलिएको र सडकको पहुँच नपुगेको बाँसपुरमा सडक पु¥याइएको तथा खानीखोला करिडोरको स्यार्तेपाखामा सडक खोल्ने लगायतको काम गरेको उहाँले बताउनुभयो ।

    “सडक निर्माणले सबै थरीका विकास गर्न मद्दत पुग्ने भएकाले यो कार्यकालमा सबै बस्तीमा बाह्रैमास यातायातका साधान चल्ने गरी सडक व्यस्थित गर्छौं”, उहाँले भन्नुभयो ।

    खानीखोला गाउँपालिकासम्म सहज मोटरबाटो नभएका कारण यहाँका नागरिकमा अहिले पनि विकास भनेको सडक मात्रै हो भन्ने धारणा छ । यद्यपि, गाउँपालिकाले पनि सबै मौसममा सबै वडाको केन्द्रसम्म मोटर चल्ने सडक निर्माणको योजना बनाएको छ । अध्यक्ष थिङका अनुसार गाउँपालिकाको मेरुदण्ड सडकका रुपमा स्थापित गराई बागमती प्रदेश राजधानीको बजार दुई घण्टाको बाटो बनाउने, ‘अल वेइदर रोड’मार्फत नै जिल्ला सदरमुकाम धुलिखेलबीचको सम्बन्ध सुमधुर बनाउने काम गरिने योजना बनाइएको छ । निर्माणको प्रक्रियामा रहेको जनमुक्ति मार्गमार्फत हेटौँडा जोड्ने, खोपासी तालढुङ्गा सडकलाई कालोपत्र गर्ने लक्ष्य लिइएको छ ।

    त्यस्तै गाउँपालिकाले सडकतर्फ ढुङ्खर्क–च्याम्राङबँसी–मिल्चे–तालढुङ्गालाई व्यवस्थित गर्ने खोपासी–कामीडाँडा, स्यारेथली, फलाँटे हुँदै तालढुङ्गा पुग्ने सडकलाई सबै मौसममा चल्ने सडक बनाइने, कालोपत्र र आवश्यकताअनुसार ढलान गर्ने, च्याल्टी फलामेटार तालढुङ्गा सडकलाई पनि बाह्रैमास सञ्चालन गर्ने योजना बनाएको छ ।

    शिक्षा सुधार गर्ने उद्देश्यले प्रारम्भिक बाल कक्षादेखि दश कक्षासम्मका विद्यार्थीलाई तीनवटा समूहमा वर्गीकरण गरेर सानो कक्षालाई डिजिटाइजेसन गर्ने तथा कक्षा ६ देखि ८ सम्मलाई थप कक्षा सञ्चालन गर्ने तथा नौ र १० कक्षाका विद्यार्थीलाई ‘क्लोज क्याम्प’मा राखेर अध्यापन गराउने तथा स्वास्थ्यको क्षेत्रमा ज्येष्ठ नागरिकको मासिक घुम्ती स्वास्थ्य परीक्षणको काम अघि बढाएको थिङले जानकारी दिनुभयो ।

    गाउँपालिकाभित्रको अर्को समस्या १४÷१५ वर्षको उमेरमा विवाह गर्ने परम्परालाईे बालविवाह अन्त्य गर्न आम नागरिकमा जनचेतना जगाउने अभियान सञ्चालन भइरहेको छ । यस्तै, गाउँपालिकाले ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमअन्तर्गत कफी खेतीमा प्रतिकिलोग्राम रु ३५ अनुदान दिन सुरु गरिएको थिङले बताउनुभयो । उहाँका अनुसार दुर्लुङखोलामा पुल, खानीखोलामा पुल बोलपत्र आह्वान भइसकेकोले दसैँपछि काम सुरु हुनेछ ।

    नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सुविधा दिलाउन गाउँपालिकामा आधारभूत अस्पतालको काम सुरु गरिएको छ । अस्पताल निर्माणको कामलाई बहुवर्षीय नहुँदा रोकिएको निर्माणलाई निरन्तरता दिन प्रदेश सरकारले अस्पताल निर्माणका लागि चालु आर्थिक वर्षका लागि रु तीन करोड बजेट विनियोजन गरेको छ । सात स्थामा रहेका स्वास्थ्य चौकीका भवन निर्माण गर्ने योजना बनाउने तयारी गर्ने थिङले बताउनुभयो ।

    गाउँपालिकाभित्र दूध, मासु उत्पादन र जडीबुटीबाट आम्दानी गर्न सकिने भएकाले किसानलाई दूधमा अनुदान दिने कार्यक्रमको तयारी भइरहेको तथा खानेपानीका लागि ‘एक घर, एक धारा’कार्यक्रमलाई योजनाबद्ध बनाइने बताइयो । गाउँमा नै आर्थिक उपार्जनका लागि युवालाई उद्यमशील बनाउनका लागि क्षमता विकास तथा सीप विकास तालिम दिने योजना गाउँपालिकाले बनाएको छ । गाउँपालिकाभित्र नागरिकले हाल खुवा बिक्री गरेर मासिक रु एक लाख आम्दानी गर्दैै आएकाले सडकको सुगमताले यो पेसालाई अन्य युवा तथा कृषकले अनुशरण गरी आम्दानीको स्रोत बढाउनेछन् ।

    सरकारले विकट मानिएको खानीखोला गाउँपालिकाका लागि बजेटको अङ्क बढाई विकासका लागि ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्ने थिङले बताउनुभयो । “सङ्घीय, प्रदेश सरकारका साथै सबै राजनीतिक दल, नेता, सांसद विकट गाउँपालिकाको विकासमा एकजुट भएर अघि बढ्न्पर्नेछ, अनि मात्रै समृद्ध नेपाल सुखी नेपाली हुनेछन्”, उहाँ भन्नुहुन्छ । उहाँका अनुसार स्थानीय नागरिकले उत्पादन गरेको कृषिजन्य सामग्रीको बजारीकरणका लागि विशेष पहल गर्नुपर्ने आवश्यकता छ । यी दुई गाउँपालिका महाभारत र खानीखोला गाउँपालिकाको तीन हजार तीन सय परिवार नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाटै बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन् । यसका लागि दुई गाउँपालिकाको बासिन्दालाई बिजुली पु¥याउन धामाधम काम भइरहेको छ । दुई गाउँपालिकाका स्थानीयवासीलाई बिजुलीको उज्यालो दिलाउन तत्कालीन सरकारले रु एक अर्ब ५६ करोड विनियोजन गरी विद्युतीकरणको काम सुरु भएको थियो ।

    रकम अपुग भएका कारण आयोजना सम्पन्न गर्न थप रु ३० करोड माग गरी विद्युतीकरणको कामलाई अन्तिम चरणमा पु¥याइएको महाभारत गाउँपालिका अध्यक्ष जिम्बाले जानकारी दिनुभयो । उहाँका अनुसार महाभारत गाउँपालिका–३ फोक्सिङटार–४ र ५ स्थित बुढाखानीका सबै घरमा बिजुलीबत्ती बल्ने गरी सबै काम हालै सम्पन्न भएको छ । गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदानसमेत उपलब्ध गराएको छ । केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग तथा कलकारखाना सञ्चालन गर्न सकिएको थिएन । यसअघि लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट बत्ती बाल्ने गरिएको थियो । रासस

    मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.