तनहुँ २० कात्तिक
व्यास नगरपालिका- ८ सोतीबेंशीमा एकता पुस्तकालयको आयोजनामा जिल्लामै सर्बाधिक राशीको भलिवल प्रतियोगिता हुने भएको छ । सोतीबेंशी स्थित एकता ई–लाईब्रेरीको स्तरोन्नती गर्ने उदेश्यले सर्बाधिक धनराशीको वडास्तरीय पुरुष भलिवल प्रतियोगता आयोजना गरिएको एकता पुस्तकालयका अध्यक्ष जनक सोतीले जानकारी दिए ।
भलिवल प्रतियोगिता कात्तिक २३ गते देखी २६ गतेसम्म चल्ने आयोजकले जनाएको छ । एकता पुस्तकालयको स्थापनाको ३०औ वर्ष पुगेको अवसर पारेर भलिवल प्रतियोगिता आयोजना गरेको अध्यक्ष सोतीको भनाई छ । एकता पुस्तकालयलाई राष्ट्रिय स्तरको ई लाईब्रेरी रुपमा विकास गर्ने उदेश्यले भलिवल प्रतियोगिता आयोजना गरिएको एकता पुस्तकालयका उपाध्यक्ष अमरराज सोतीले बताए । प्रतियोगिताको विजेता टिमलाई ५५ हजार ५ सय ५५, उपविजेता टिमलाई ३३ हजार ३ सय ३३ रुपैया नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
बार्षिकोत्सवको अवसरमा वडा स्तरीय पुरुष भलिवल संगै महिला भलिवल, खुला नृत्य प्रतियोगीता, कविता बाचन लगायतको प्रतियोगिता हुनेछ । देशभरबाट वडा तहबाट खेलाडी छनोट भएर भलिवल प्रतियोगितामा सहभागी हुन सक्ने पुस्तकालयले जनाएको छ । भलिवल प्रतियोगितामा भाग लिनको लागि २३ गतेभित्र टिम दर्ता गर्न समेत क्लवले आग्रह गरेको छ ।




