काठमाडौँ २३ कात्तिक
युट्युबर मनोज मानव पक्राउ परेका छन् ।उनलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो।नेपाल प्रहरीको साइबर व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए।
उनीविरुद्ध एक महिलाले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएकी थिइन् । सोही आरोपमा प्रक्राउ परेका उनलाई आजै अदालतमा पेश गरिनेछ ।




