• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

समृद्धि र राष्ट्रियतालाई जोड्दै एमालेको सङ्कल्प यात्रा


  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
  • काठमाडौँ २५ मङ्सिर 

    Advertisement

    सात वर्षअघि प्रमुख प्रतिपक्षमै भएका बेला झापाको काँकरभिट्टाबाट कञ्चनपुरको महेन्द्रनगरसम्म मेची–महाकाली अभियान सञ्चालन गरेको नेकपा (एमाले) अहिले मध्यपहाडी क्षेत्रलाई केन्द्रित गरेर सुदूरपश्चिमबाट पूर्वतिरको यात्रामा लागिरहेको छ । राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित एमालेले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज बागमती प्रदेशमा कार्यक्रम सक्दैछ । मङ्गलबारदेखि उक्त कार्यक्रम कोशी प्रदेशमा हुनेछ ।

    “हाम्रो यात्राले पार गरेको यो दूरीमा हामीले देउडादेखि काँठेसम्म धेरैथरी बाजा सुन्यौँ । सबैको साझा भाव हो–नेपाली”, यात्राको नेतृत्व गरिरहनुभएका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार व्यक्त गर्नुभएको धारणाले यात्राका क्रममा स्थानीय संस्कृति, भाषा, उत्पादन र शैलीका साथै विकास र राष्ट्रियतालाई जोड्ने सङ्कल्प उद्गार गरेको छ ।

    एमालेको टोली आज इन्द्रावती र भोटेकोशी नदीको सङ्गमस्थल दोलालघाट पुग्दा अध्यक्ष ओलीले स्थानीय माछा व्यवसायीसँग कुराकानी गर्नाका साथै आफैँले माछा तारेर नेताहरुलाई खुवाउनुभयो । डडेल्धुरा पुग्दा एमाले नेतृत्वले खीर खाएको दृष्य पनि लोकप्रिय बनेको थियो । एमाले नेतृत्व तथा स्थानीय कार्यकर्तासहितको टोलीले आज काभ्रेपलाञ्चोकबाट एक सय ६० किलोमिटरको दूरी पार गर्दै सिन्धुपाल्चोक, दोलखा र रामेछापका कार्यक्रममा सहभागिता जनाउनेछ ।

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापबाट एमालेको यात्रा उदयपुरको घुर्मीतर्फ लाग्नेछ । पार्टी स्थापनाको ७५औँ वर्ष समारोहमा संस्थापक महासचिव पुष्पलालको स्मृतिमा निर्मित लोकमार्ग केन्द्रित अभियानबाट इतिहास र अग्रजको सम्मान, राष्ट्र सवल र समृद्ध बन्छ भन्ने आत्मविश्वासमा अभिवृद्धि, जनसम्बन्ध विस्तार र जनगुनासो एवं जनताका सुझाव सङ्कलन तथा स्थानीय सम्बन्ध र राष्ट्रिय सन्देश मिल्ने योजनाका साथ एमालेले सङ्कल्प यात्रा सञ्चालन गरेको हो ।

    बैतडीको झुलाघाटबाट यही मङ्सिर १४ गतेदेखि आरम्भ भई आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने उक्त यात्रामा अध्यक्ष ओलीको नेतृत्वमा एमालेका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोलीसहित दैनिक नियमित कम्तीमा दुई सयको सङ्ख्यामा नेता कार्यकर्ता एउटा जिल्लामा जनसभा र जनस्तरका संवाद सकेर बास बस्दै अर्काे दिन अर्काे जिल्लामा पुगेर कार्यक्रम गर्न व्यस्त हुने गरेका छन् । यात्रामा छिमेकी जिल्लाका टोली थपिँदा दैनिक पाँच सय यात्रु हुने गरेका तथा बास बस्ने र खाना खाने समयमा उक्त सङ्ख्या दैनिक दुई हजारसम्म हुने गरेको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

    हरेक दिन बिहानै सुरु भएर यात्रा राति १० बजेसम्म हुने गरेको छ । नुवाकोटको बट्टारमा शनिबार राति अबेरसम्म पनि कार्यक्रम भएको थियो । “यात्राका क्रममा अपेक्षा गरेभन्दा बढी जनसहभागिता देखिएको छ । हाम्रा एजेण्डाप्रति जनताको समर्थन, संलग्नता र उत्साह प्रकट भएको छ । मध्यपहाडी लोकमार्गसहित एमालेको सरकारका पालामा तय गरिएका विकास निर्माणका आयोजनामा बजेट कटौती र ढिलासुस्ती भएकामा जनताले आक्रोस व्यक्त गरेको पाइयो”, स्थायी कमिटी सदस्य गौतमले रासससँग भन्नुभयो, “स्थानीय कच्चा पदार्थको उपयोगसहित रोजगारी सिर्जना गरी बसाइँसराइ रोक्ने कार्यक्रम ल्याउन सर्वपक्षीय माग आएको छ । जनतासँग विकास निर्माणका एजेण्डा तय गर्न एमालेलाई थप आधार मिलेको छ ।”

    पाँचथरको चिवाभञ्ज्याङसम्म पुग्ने एमालेको यो यात्राका क्रममा स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा विकासका बीच पहाडी क्षेत्रमा तीव्र बसाइँसराइँ बन्न गएकाले समृद्धिको अभियानअन्तर्गत उक्त क्षेत्रलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा अभियानका क्रममा अवलोकन गरिने एमालेले जनाएको छ । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप उक्त अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल, किसानसँग अन्तक्र्रिया, कृषि वैज्ञानिकसँग संवाद, विकास कार्यको अवलोकन र नमुना काम गरिरहेका उद्यमीसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिकस्थलको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझाव सङ्कलन गरिएका छन् ।

    नेता गौतमका अनुसार अभियानबाट पहाडबाट भइरहेको तीव्र बसाइँसराइको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनमा सहयोग, मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतका सम्भावना बुझ्न सहयोग मिलेको छ ।

    कोशी प्रदेशमा अवरोध नगर्न आग्रह

    कोशी प्रदेशसभाबाट पारित भएको कोशीको नामकरणप्रति असन्तुष्टि जनाउँदै एकल पहिचान पक्षधरले सो प्रदेशमा एमालेको यात्रालाई रोक्न बन्दलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । घुर्मीदेखिका कार्यक्रममा अवरोध हुने त होइन भन्ने प्रश्नमा नेता गौतमले एमाले कसैसँग लड्न र भिड्नका लागि नभई जनतासँग विकास निर्माणका विषयमा जागरणका लागि हिँडेकाले अवरोध र बन्द गर्नुपर्ने कुनै कारण नभएको बताउनुभयो ।

    “प्रदेशसभाबाट सर्वदलीय सहमतिका साथ कोशीको नामकरण भएको हो । यसमा असन्तुष्टि भए संवैधानिक र कानुनी प्रक्रियाबाट प्रदेशसभामै प्रस्ताव लैजानुपर्ने हुन्छ । जो कोहीले पनि आफ्ना असन्तुष्टि शान्तिपूर्णरुपमा राख्न पाउँछन् । तर अरुका कार्यक्रमलाई विथोल्ने र ढुङ्गामुढा गर्ने धम्की दिनु राम्रो होइन । कसैको उक्साहटमा अवरोध भएमा हामी त्यसलाई जनताको बलमा तोडेर अघि बढ्छौँ”, सङ्खुवासभाका पूर्वसांसद गौतमले भन्नुभयो, “जनतासँग घुलमिल हुने एमालेको अभियानबाट कतिपयको टाउको दुखेको हुनसक्छ । तर हामी जनताबाट अलग हुन सक्दैनौँ । कुनै राजनीतिक मुद्दा भए आपसी संवाद र वार्ताका माध्यमबाट हल गर्न सकिन्छ, त्यसका लागि एमाले तयार छ । हामी सहमतिका आधारमा मुलुकको समृद्धि र विकासका पक्षमा छौँ ।” पहिचान पक्षधरले कोशी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने माग राख्दै आएका छन् । नेता गौतमले पहिचान पक्षधरलाई बन्दका कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभयो ।

    एमालेको केन्द्रीय टोलीमा अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायत सहभागी हुनुहुन्छ ।

    रासस

    सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.