• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज


  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
  • घोराही (दाङ) २९ मङ्सिर 

    Advertisement

    घोराही उपमहानगरपालिका–१५ अमृतटोल स्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले उत्पादन गरेका वस्तुले बिक्री गर्न सहज भएको छ । कृषि उपजले कृषकले उत्पादन गरेको वस्तु बिक्री गर्न सहज भएसँगै बजारसमेत पाएको छ । उपभोक्ताले समेत सस्तोमा ताजा तरकारीलगायतका कृषि उपज उपभोग गर्न पाएका छन् ।

    जिल्लाका किसानले विगतमा आफ्नै हिसाबले, तरकारी, फलफूललगायत बेच्ने गरे पनि अहिले कृषि उपज केन्द्र सञ्चालनमा आएपछि किसानलाई सजिलो भएको केन्द्रमा तरकारी किनमेलका लागि पुग्नुभएका स्थानीय पद्मा खड्काले बताउनुभयो । उहाँ हरेक दिन बिहानको समयमा यहीँ नै तरकारी लिन आउने गरेको बताउनुहुन्छ ।

    “बाहिर तरकारी किनमेल गर्दा महँगो पर्र्नेे हुँदा हरेक दिन ताजा तरकारी लिन आउने गरेका छु”, उहाँले भन्नुभयो, “कृषि उपज केन्द्रले हामीजस्ता उपभोक्ता र दुःख गर्ने कृषकलाई सजिलो बनाइदिएको छ ।” यहाँ बिचौलिया हाबी हुन नपाउँदा किसानले आफ्नो कृषि वस्तुको मूल्य पाउने र उपभोक्ताले पनि सुपथ मूल्यमा किनमेल गर्न सकिने हुँदा निकै सहज भएकोे उहाँको भनाइ छ ।

    बिहान हिँड्दा स्वास्थ्यलाई पनि फाइदा पुग्ने र तरकारी पनि ताजा लैजान पाउने गरेको उहाँले बताउनुभयो । रोल्पाका किसान धनबहादुर रोकाले अन्त सस्तोमा व्यापारीले खोज्ने हुँदा यहाँ आफूले भनेकै मूल्यमा तरकारी बेच्न पाउने गरेको बताउनुभयो । रोकाले अहिले घोराही–४ मा तरकारी खेती गर्दै आउनुभएको छ । बाहिरको मूल्यभन्दा रु पाँच–दश बढीमा बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

    यस याममा तरकारीले मूल्य पायो भने मासिक रु दुई लाख बढी आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ । अहिले दुई बिघामा तरकारी खेती गर्दै आएको उहाँको भनाइ छ । कृषि उपज बिक्री केन्द्रमा आफ्नो उत्पादन राम्रै बिक्री हुँदै आएको उहाँले बताउनुभयो ।

    “घरमा फलाएको काउली, बन्दा, गोलभेँडा, साग, खुर्सानी बेच्न ल्याउने गरेको छु, ल्याएको जति सधैँ बिक्री हुन्छ, कहिलेकाहीँ मात्रै बच्ने गर्दछ”, रोकाले भन्नुभयो । आफूजस्तै धेरै किसानलाई सहज भएको उहाँ बताउनुहुन्छ । सोही ठाउँका हरि खत्री पनि आफूले उत्पादन गरेको वस्तु बिक्री गर्न आउने गरेको बताउनुभयो । धेरै खेती नभए पनि यस ठाउँमा बिक्री गर्न समस्या नभएको उहाँ बताउनुहुन्छ ।

    ताजा र सुपथ मूल्यमा पाउँदा उपभोक्ता पनि खुसी हुने गरेका छन् । उहाँले व्यावसायिकरूपमा खेती नगरे पनि घरमा खाएर बचेको तरकारी केन्द्रमा बेच्न ल्याएको बताउनुभयो । कृषि उपज केन्द्रमै भेटिनुभएका घोराही–१८ रानिजरुवाका किसान अमर खत्रीले पनि १२ कठ्ठामा टमाटर खेती गर्दै आउनुभएको छ । आफूले उत्पादन गरेको टमाटर आफ्नै मूल्यमा बेच्न पाउँदा सहज भएको उहाँले बताउनुभयो । यसअघि उहाँले भारतमा पनि टमाटर खेती गर्नुभएको थियो ।

    कृषि उपज केन्द्र सञ्चालनमा आएदेखि किसान र उपभोक्ता दुवैलाई सहज भएको उहाँको अनुभव छ । यहाँबाट किसानले लगानीअनुसारको मूल्य पाएका छन् भने उपभोक्ताले पनि सस्तोमा पाएका छन् । जिल्लाका धेरै नागरिक कृषि पेसा गर्दै आएका छन् । किसानले यहाँबाट तरकारी, फलफूल बिक्री गरेबापत दैनिक रु १० केन्द्रलाई बुझाउने गरेका छन् ।

    घोराही–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि ग्रामीण क्षेत्रका किसानलाई घर–घरमै पुगेर तरकारी बिक्री गर्न समस्या भएकामा अहिले भने सहज भएको बताउनुभयो । यहाँबाट किसानले उत्पादन गरेको कोभी, टमाटर, साग, मुला, दाललगायत विभिन्न कृषि उपजले बजार पाएको छ भने उपभोक्ताले पनि ताजा र सुपथ मूल्यमा पाउन सकेका छन् । किसानले आफूले मेहनत गरेर उत्पादन गरेको वस्तुले सहजरूपमा बजार पाएको हुँदा यसमा बिचौलिया हाबी नभएकाले उपभोक्ता पनि ठगिनबाट बचेको उहाँको भनाइ छ ।

    शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.