• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

पुतली बाजेको योगदानको स्थलः पुतली सङ्ग्रहालय


  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
  • गण्डकी१३ पुुस 

    Advertisement

    झट्ट सुन्दा अचम्म लाग्न सक्छ, पोखराको पृथ्वीनारायण क्याम्पस परिसरभित्रको सङ्ग्रहालयमा विभिन्न ९३७ प्रजातिका पुतली एकै ठाउँमा अवलोकन गर्न सकिन्छ ।
    ‘अन्नपूर्ण बटरफ्लाई म्युजियम’का रुपमा रहेको यो सङ्ग्रहालय अन्नपूर्ण प्राकृतिक इतिहास सङ्ग्रहालयका रुपमा पनि परिचित छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) को सञ्चालनमा रहेको यस सङ्ग्रहालय २०२३ सालमा अमेरिकी पिसकोरका स्वयंसेवक स्व. डोरोथी मिरोले स्थापना गर्नुुभएको हो । तत्कालीन समयमा हाल रहेको सङ्ग्रहालयको कलात्मक भवन मिरोले नै आफ्नै खर्चमा निर्माण गरिदिनुभएको हो ।

    सङ्ग्रहालय परिसरमा पुुग्नासाथ सङ्ग्रहालय भवनका बाहिर ठिङ्ग ठडिएका नेपालका विभिन्न जाताजातिका मानिसको स्वरुपमा कुँदिएका खाँमाहरूले छाना अड्याइएको देखिन्छ । उक्त दृश्यले बाहिर पुुग्ने जोकोहीलाई भित्र पस्न लोभ्याउने गरेको छ । मिरोको सन् २००० मा निधन भएको थियो । उक्त सङ्ग्रहालय २०४३ सालमा एक्याप स्थापना भएसँगै सोही संस्थाले नै यसको संरक्षण तथा सञ्चालन गर्दै आएको छ ।

    मिरोले स्थापना गर्नुभएको सङ्ग्रहालयमा पुतलीहरूको सङ्कलन भने बेलायतको लण्डन जन्मस्थान भई नेपालको सम्मानार्थ नागरिकता प्राप्त गर्नुुभएका स्व.कोलिन फिलिप स्मिथले गर्नुुभएको हो । स्मिथले देश तथा विदेशका ठाउँठाउँबाट पुतलीहरू सङ्कलन गरी ल्याउनुुभएको सङ्ग्रहालयका कर्मचारी सुरेन्द्र परियारले जानकारी दिनुुभयो । उहाँका अनुसार सङ्ग्रहालयमा नेपाल भित्र पाइने ५८७ प्रजातिका पुतली र नेपाल बाहिरका ३५० प्रजातिका पुतली रहेका छन् ।

    मूल प्रवेशद्वारबाट छिर्ना साथ नेपालका विभिन्न भागमा पाइने जीवजन्तुका आकृत्तिहरूले जो कोहीलाई आकर्षित गर्दछ । वाइल्ड लाइफ कक्षका रुपमा रहेको उक्त कक्षभित्र पूर्वी भागमा तराई भूूभागमा पाइने जीवजन्तुु बारे हेर्ने र जानकारी लिने व्यवस्था मिलाइएको छ । कक्षको उत्तरी कुुनामा नेपालमा पाइने हिमाली जीवजन्तुुबारे जानकारी लिन सकिन्छ । उक्त कक्षको पश्चिममा लोपोन्मुख जनावर र दक्षिणतर्फ रातको सहयमा सकृय हुने जीवजन्तुुुहरू राखिएको छ । कर्णाली र नारायणी नदीमा पाइने डल्फिल आदिबारे हेर्न र जान्न पाउँदा आउने दर्शकहरू खुसी हुुने गरेका छन् । सङ्ग्रहालयको प्रवेशसँगै दर्शकहरूले छुुट्टै रोमाञ्चक अनुुभूति गर्दछन् ।

    त्यस्तै यहाँको अर्को कक्ष चरा र चट्टान कक्ष हो । यस कक्षमा विभिन्न प्रजातिका चराका साथै विभिन्न पत्थरहरू देख्न सकिन्छ । विभिन्न चट्टान, नेपालका काली गण्डकी नदीमा पाइने शालिग्राम तथा खनिजहरू सो कक्षमा राखिएको छ । त्यस कक्षमा राखिएको विभिन्न ७० प्रजातिका चरा, किङ क्रोब्रा, सिंगारे सर्प, धामन सर्प, हिमाली गिद्ध, डाँफे आदिले त्यसबारे जान्न र बुुझ्न चाहनेलाई फाइदा पुुगेको परियारले जानकारी दिनुुभयो ।

    यहाँको मुख्य आकर्षण पुतली कक्ष हो । नेपालमा सबैभन्दा ठूलो सङ्ख्यामा पुतलीहरू सङ्ग्रह गरिएको सङ्ग्रहालय भएका कारण पुतलीको अध्ययन अनुुसन्धान गर्न आउनेका लागि यो विशेष महत्वपूर्ण रहेको परियारले बताउनुुभयो । पुतलीकै कारण यसलाई पुतली सङ्ग्रहालयका रुपमा चिनिन्छ । नेपालमा पाइने ५८७ प्रजातिका र अन्य विभिन्न देशबाट ल्याइएका ३५० प्रजातिका पुुतली सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ ।

    विश्वकै सबैभन्दा ठूूलो र विश्वकै सबैभन्दा सानो पुतलीका साथै हिमालदेखि तराईसम्मका विभिन्न भूूभागमा पाइने पुतली सङ्ग्रहालयमा रहेको बताउँदै परियारले अध्ययनले लद्दाख, सिक्किमदेखि मनाङसम्म पुतलीहरू आएको पाइएको जानकारी दिनुुभयो । अध्ययनले पुतलीहरू थोराङ् पास गरेको पाइएको उहाँको भनाइ छ । ठाउँ र परिवेश अनुुसार पुतलीहरूमा फरक पन पाउन सकिने उहाँले बताउनुुभयो ।

    पुतलीबारे जान्न र बुुझ्न चाहनेका लागि सङ्ग्रहालय पुुग्नैपर्ने गन्तव्य जस्तै बनेको बताउँदै परियारले यसको श्रेय बेलायती नागरिक कलिन फिलिप स्मिथलाई नै जाने बताउनुुभयो । आफ्नो जीवन नै पुतलीको अध्ययन अनुसन्धानमा विताएका स्मिथ पुतली बाजेका रुपमा चिनिनुुहुन्थ्यो । बेलायतमा जन्मिएर नेपाललाई आफ्नो कर्मस्थल बनाउनुुभएका उहाँ ८७ वर्षको उमेरमा पोखरामा दिवंगत बन्नुुभएको हो । आफ्नो जीवन नै नेपालमा पुतलीको अध्ययन, सङ्कलन र संरक्षणमा विताउनुुभएका उर्हाँ नेपालमा पाइने पुतलीहरुको खोज, अध्ययन गरी अभिलेखीकरण र संरक्षणमा विशिष्ट योगदान दिएकै कारण पुतली बाजेका रुपमा नामले प्रसिद्ध बन्नुुभएको सङ्ग्रहालयका प्रमुख रमेश श्रेष्ठले बताउनुुभयो ।

    जीवनको करिब छ दशक नेपालमा पुतलीकै अध्ययन अनुसन्धानमा विताएका स्मिथलाई नेपाल सरकारले समानार्थ नागरिकता समेत प्रदान गरेको थियो । उहाँ पहिलोपटक २०२२ सालमा बेलायतबाट नेपाल आउनुुभएको थियो । युनिभर्सिटी अफ लण्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालयमा अध्यापन गराउने क्रममा उहाँ ‘युनाइटेड मिसन टू नेपाल’ मार्फत पढाउनका लागि उहाँ नेपाल आउनुुभएको थियो । तत्कालीन समयमा उहाँले गोरखाको विद्यालयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, बरिष्ठ चिकित्सक स्व.उपेन्द्र देवकोटालगायत विभिन्न उच्चपदस्थ व्यक्तिहरूलाई अध्यापन गराउनुुभएको थियो ।

    तीसवर्षे उमेरमा नेपालमा आउनुुभएका स्मिथले ५८ वर्षको नेपाल बसाइका क्रममा पाँच दशक पुतलीकै अध्ययन अनुसन्धान एवम् अभिलेखीकरणमा विताउनुुभएको थियो । २०२३ सालमा हालको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा त्रिभुवन विश्वविद्यालयसँग छ वर्षे सम्झौता गरेर उहाँले करिव २५ हजार पुतली सङ्कलन गर्नुुभएको थियो । तत्कालीन सयमा उहाँले नेपालका लगभग ४० जिल्लामा पुुगेर पुतली सङ्कलन गर्नुुभएको हो । पेशाले शिक्षक भए पनि पुतलीको अध्ययन अनुसन्धनामा उहाँको ठूलो मोह थियो । उहाँले नेपालका हिमाल, पहाड र तराईका अधिकांश जिल्लाबाट सङ्कलन गरिएका पुतली सङ्ग्रहालयमा छन् ।

    सन् १९६६ सालमा नेपाल आउनुुभएका स्मिथले लामो समयको प्रयासपछि सम्मानार्थ नेपाली नागरिकताको प्रमाणपत्र पाउनुुभएको थियो । उहाँको गत कात्तिक १८ गते निधन भएको हो । नेपालमा पुतलीकै अध्ययन, अनुसन्धान एवम् सङ्कलनमा जीवन व्यतित गरेका उहाँको सम्मानमा सङ्ग्रहालयमा ‘सम्झनामा कोलिन फिलिप स्मिथ (पुतली बाजे)’ लेखेर एउटा बोर्डमा उहाँका नेपाल बसाइका विभिन्न स्मरण सजाइएको छ । उक्त बोर्डमा राखिएका नागरिकताको खोजीमा जिल्ला प्रशासन कार्यालय पुुगेको, नेपाली नागरिकतासँगै लिएर पढ्दै गरेका तस्बिर सहित सम्मान ग्रहण गर्दाका क्षण आदिलाई त्यहा पुुग्ने जो कोहीले नियालेर हेर्ने गरेका छन् ।

    विश्वमा पाइने १७ हजार पाँँच सय प्रजातिका पुतलीमध्ये नेपालमा मात्रै करिब ६६० प्रजातिका पुतली पाइएका छन् । पर्यावरणीय चक्रमा पुतलीको ठूलो महत्व रहेको छ । कृषिजन्य उत्पादनमा परागसेचनका माध्यमबाट पुतलीले महत्वपूर्ण योगदान पुु¥याउने भएकोले किसानको साथीका रुपमा पनि यसलाई लिने गरिन्छ ।

    सङ्ग्रहालयको अर्को कक्षमा विभिन्न देशमा त्यहाँका मानिसले विशेष समारोहमा लगाउने पोशाकमा सजिएका गुडियाहरू सजाइएको छ । त्यहाँ पुुग्नेले कुन देशमा कस्तो पहिरन छ भन्ने राम्रोसँग बुुझ्न पाउँछन् । सोही कक्षमा विभिन्न जातजातिले प्रयोग गर्दै आएका प्राचीन घरहरू राखिएका कारण हाम्रो पुरानो संस्कार र संस्कृति बुुझ्न मद्दत पुुगेको छ ।

    सङ्ग्रहालयको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) बारे जान्न र बुुझ्न अर्को छुुट्टै कक्ष राखिएको छ । त्यस कक्षमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएका गाउँहरू, त्यहाँको जनजीवन, भूगोल आदिबारे जान्ने बुुझ्ने व्यवस्था मिलाईको छ । एक्यापको स्थापनापछि त्यहाँको जनजीवन र चेतनाको स्तर परिवर्तन भएका कुरालाई उक्त कक्ष पुुगेर जान्न र बुुझ्न सकिन्छ ।

    सङ्ग्रहालयमा छिरिसकेपछि पुतलीका साथै हाम्रो जनजीवन तथा परिवेशका धेरै कुराहरू एकसाथ जानकारी पाउन सकिने पृथ्वीनारायण क्याम्पसका विद्यार्थी दिनेश सुवेदीले बताउनुुभयो । “पुतली मात्रै नभएर हाम्रो समाज र परिवेशको पनि सङ्ग्रहालयमा चित्रण गर्न खोजिएको छ”, उहाँले भन्नुुभयो, “यस्ता सङ्कलनले अनुसन्धानकर्ताका साथै जो कोही विद्यार्थीलाई पर्यावरणबारे बुुझ्न योगदान गर्दछ ।” सङ्ग्रह गरिएका पुतली एवम् अन्य समाग्रीलाई वर्षौंसम्म जोगाउने किसिमले संरक्षण गर्न पनि जरुरी रहेको उहाँले बताउनुुभयो ।

    सङ्ग्रहालयमा विभिन्न प्रजातिका बोटबिरुवा, चराचुुरुङ्गी, जनावर, सर्प आदिले वनस्पति एवम् पशुपंछी अध्ययन गर्न चाहने जो कोहीलाई फाइदा पुुग्ने गरेको सङ्ग्रहालयका प्रमुख रमेश श्रेष्ठ बताउनुुहुन्छ । “हामी सङ्ग्रहित सामग्रीलाई कसरी जोगाउने भन्नेमा छौँ”, उहाँले भन्नुुभयो, “सङ्ग्रहित हरेक सामग्री अति नै संवेदनशील छन्, यी सामग्रीलाई वर्षौंसम्म जोगाउनुु ठूलै चुनौतीका रुपमा रहेको छ ।”

    सङ्ग्रहालयमा स्वदेशी एवं विदेशी पर्यटकका साथै विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरू पुग्ने गरेका छन् । अघिल्लो वर्ष कुल छ हजार ५३५ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए । यसमध्ये तीन हजार ५१९ जना नेपाली, ५२२ जना विदेशी र दुई हजार ४९४ जना विद्यार्थी रहेको सङ्ग्रहालयले जनाएको छ । सङ्ग्रहालयमा पुुगेर त्यहाँ राखिएका पुतली तथा अन्य जीवजन्तु आदिको अवलोकन गरिसकेपछि एकपटक पुुग्नैपर्ने गन्तव्यका रुपमा चित्रण गर्ने गर्दछन् ।

    रासस

    शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.