• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

आफूले गरेका कामबारे नेताहरूले आफैँलाई प्रश्न सोधुन् : नेता चन्द्रबहादुर विश्वकर्मा


  •   आइतबार, पुष २९, २०८० मा प्रकाशित
  • काठमाडौँ२९ पुस 

    Advertisement

    प्रतिनिधिसभा निर्वाचन २०७९ मा निर्वाचित भएर हामीहरू संसद्मा आएको एक वर्ष बितिसकेको छ । यो एकवर्षे कार्यकाल समय र त्यसको उपलब्धिका हिसाबले उल्लेख्य प्रगति भयो भन्ने पक्षमा म छैन । यो अवधिमा हामीले एक–दुईवटा मात्रै विधेयक पारित गर्यौँ । सयौँ विधेयक बनाउनुपर्ने छ, तर हामी त्यसमा सुस्त भयौँ ।

    देश र जनताको आवश्यकतालाई महसुस गरेर जुन ढङ्गले कानुन निर्माण गरी सहजरूपमा सेवा दिनसक्नुपथ्र्यो, त्यो स्तरमा हामीले काम गर्न सकेका छैनौँ । संसद्का कामकारबाहीलाई चुस्त–दुरुस्त बनाउन सरकारले जुन भूमिका खेल्नुपर्ने हो, त्यो खेल्न नसकेको महसुस भएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा हामी छौँ । तर त्यसअनुसारको हाम्रा आचरण, आदत, स्वभाव र चिन्तन देखिएन ।

    राज्य व्यवस्था नयाँ छ, तर हाम्रा सोच, शैली र तौरतरिका पुरानै छन् । यसलाई हामीले बदल्नुपर्नेछ । संसद्का मुख्य तीन भूमिका छन् । कानुन बनाउने, बनेको कानुन कार्यान्वयन भए–नभएकोबारे सरकारलाई अनुगमन गर्ने र नागरिकका गुनासा, समस्या सम्बोधन गर्ने कुरा संसद्को जिम्मेवारीभित्र पर्छन् । हामी सांसदको काम कानुन निर्माणमार्फत नागरिकलाई सहज सेवा प्रवाह गर्नु हो । तर कानुन निर्माणबाहेकका काममा पनि संसद्ले धेरै समय खर्च गर्दा अपेक्षित नतिजा देखिनसकेको छैन ।

    जनप्रतिनिधि भएको हैसियतले जनताका पीरमर्का, समस्या सम्बोधन गर्ने जिम्मेवारी पनि सांसदको हुन जान्छ । जनजीविकासँग जोडिएका विषयमा सरिक हुने तथा उनीहरूका इच्छा, आकाङ्क्षा र चाहना पूर्ति गर्नका लागि भूमिका निर्वाह गर्ने हुटहुटी हुँदाहुँदै पनि कतिपय काम विधि, प्रक्रियाका कारण गर्न नसकेको हो कि जस्तो लाग्छ । जनताले आफ्नो मतादेशअनुसार हामीलाई दिएको महत्त्वपूर्ण जिम्मेवारीलाई बढीभन्दा बढी नतिजामूलक बनाउनेबारे सोच्न जरुरी छ । सरकारले संसद्लाई काम दिने सवालमा पनि केही ढिलासुस्ती भएको छ । संसद्मा छलफलका लागि पर्याप्त विधेयक आउन सकेका छैनन् ।

    नयाँ शासन व्यवस्थामा हामी जाँदैगर्दा हाम्रा शैली फेरिनु आवश्यक छ । सरकारले सबै पक्षलाई जोडेर मिलाएर जाने सवालमा सही ढङ्गले भूमिका खेल्न सकेको छैन । प्रतिपक्षले पनि आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न सकेको छैन । लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षलाई ‘वेटिङ गभर्मेन्ट’ मानिन्छ । अर्थात् वेटिङ गभर्मेन्टले उठाएका विषय पनि जनताका विषय हुन् भनेर सरकारले बुझ्न जरुरी छ । तर प्रतिपक्षका कुरा उपेक्षा गर्ने खराब चलन अहिलेमात्र नभई विगतदेखिकै अभ्यासको निरन्तरता हो ।

    सरकार र प्रतिपक्ष एकअर्काका परिपूरक हुँदाहुँदै पनि नीति, सिद्धान्त, विचारमा फरक छन् । सांसदहरूले राष्ट्रलाई र जनतालाई केन्द्रबिन्दुमा राखेर सोच्नुभन्दा पनि आफ्नो दलको बारेमा सोच्ने चलन छ । यो रोग अहिलेको मात्र नभएर पहिल्यैदेखिको हो । राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्दा कुनै दलका, गुटका व्यक्तिका कुरा सम्बोधन नहुन सक्छन् । तर त्यसले राष्ट्रलाई योगदान गर्छ भने दलीय र गुटगतभन्दा पर रहेर काम गर्नुपर्छ । दल र गुटभन्दा माथि उठेर राष्ट्रलाई शीर्षस्थानमा राखेर काम गर्ने हो भने सबै समस्या समाधान हुन्छन् । यसकारण हाम्रो राजनीति शैली, संस्कारमा परिवर्तन आवश्यक छ । तर सरकारले बजेट आफूअनुकूल प्रयोग गरेको छ । देश र जनताका निम्ति गम्भीर भएर काम गर्न सकेको देखिएको छैन ।

    जनताका गुनासो सुन्ने, उनीहरूमा समस्या समाधानका लागि पहल गर्ने, जनतालाई सेवा दिनेलगायतका काम संसद्मा छुट्टै संयन्त्रले काम गर्छ भन्ने हुँदैन । त्यो भूमिका सांसदले नै पूरा गर्नुपर्छ । नागरिकका आवश्यकता र गुनासोका फाइल बोकेर सांसद मन्त्रालय, विभागमा जानु, संसद्मा कुरा राख्नु पनि सांसदकै जिम्मेवारीभित्र पर्दैन भन्ने होइन । जनताका समस्या समाधानका लागि मन्त्रालयसँग समन्वय गर्ने कुरा पनि सांसदको भूमिका हो । तर संसद् बैठकमा सहभागी नहुने, समितिमा बैठकमा सहभागी नहुने तर नागरिकका गुनासा सम्बोधन गर्न भनेर मन्त्रालय चहार्ने भन्नेमात्र पनि होइन । मुख्य काम समिति र संसद्मा कानुन निर्माणकै हो । सांसदहरू कानुन निर्माणमा नलागेर अन्य काममा लागेको भन्ने मैले अनुभव गरेको छैन ।

    मुलुक निर्माण र जनतालाई सहज सेवा दिने सवालमा सुशासन कायम गर्नु पहिलो शर्त हो । हामी सुशासनका कुरा सैद्धान्तिकरूपमा त गरिरहेका छौँ । तर व्यवहारतः कार्यान्वयन भएको देखिएन । सुशासन कायम गर्ने भनेर दलको एजेण्डा बनाएर, चुनावी घोषणापत्रमा राखेर हामी चुनावमा जान्छौँ र जितेर पनि आउँछौँ । तर जितेर आइसकेपछि वा सरकारमा गएपछि आफँैले गरेका प्रतिबद्धता बिर्सन्छौँ । आफ्नै दलका नारा बिर्सिन्छौँ । त्यसलाई पालना गर्ने सवालमा हामी कमजोररूपमा पेस हुन्छौँ । सुशासन प्राप्त गर्नका लागि हाम्रो आफ्नै व्यवहारमा सुधार आवश्यक छ । प्रतिपक्षमा रहँदा सुशासनका कुरा जोडतोडले उठाउने तर सरकारमा जाँदा त्यो बिर्सिने वा कमजोर हुने विगतदेखिकै खराब परम्पराले निरन्तरता पाएको देखिन्छ । यसलाई अन्त्य गर्नु छ । विभिन्न भ्रष्टाचारका प्रकरण र काण्ड एकपछि अर्को गरी आइरहेका छन् । तर कारबाही गर्न सरकार पछि हटेको छ ।

    हामीकहाँ भ्रष्टाचार संस्कार नै भयो । कतिसम्म भने भ्रष्टाचार निवारणका कुरा गर्ने व्यक्ति नै भ्रष्टाचारमा मुछिने क्रम बढ्दै गएको छ । भ्रष्टाचार अन्त्य गर्नुपर्छ भनेर नबोल्ने कुनै पनि दलका सांसद बाँकी छैनन् । तर आफैँले कमाएको सम्पत्ति कसरी प्राप्त भइरहेको छ भनेर सांसदहरूले मूल्याङ्कन गर्नुपर्छ । पहिलो प्रश्न आफैँलाई सोध्नुपर्छ । आफ्नो पैतृक सम्पत्तिको लेखाङ्कन गरेर बाँकी आफूले कमाएको सम्पत्ति कहाँबाट आयो ? आफूले कसरी जीवन निर्वाह गरेको छु ? भनेर आफैँलाई प्रश्न सोधौँ । कहीँ कोही कसैले त भ्रष्टाचारबाटै कमाएको सम्पत्तिमा उभिएर भ्रष्टाचार अन्त्यको कुरा पो गरिरहेको छन् कि ? यसकारण भ्रष्टाचार संस्कारबाट हामी आफैँ मुक्त नभएसम्म सुशासनको कुरा गरेर जनतालाई भ्रममा पार्नु बेतुकको कुरा हो ।

    राजनीतिक दलहरूले आफ्नो सिद्धान्त बिर्सदै गए भन्ने गरेको सुनिन्छ । सबै दलका आफ्ना विचार र सिद्धान्त छ । वामपन्थी दलका सिद्धान्त एउटै भए पनि त्यो सिद्धान्तलाई प्रमुख मान्न सकिएको छैन । अहिले सबै दलका सिद्धान्त भनेको संविधानलाई कसरी परिणाममुखी बनाउने भन्नेतर्फ केन्द्रित छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रभावकारी कार्यान्वयन र समाजवादोन्मुख अर्थतन्त्र निर्माण संविधानले निर्दिष्ट गरेको छ । मुलतः राजनीतिक दलका सिद्धान्त र विचारहरू पनि त्यसैमा केन्द्रित भएकाले उनीहरू आफ्नो सिद्धान्तबाट केही विमुख भएका हुन् कि भन्ने जस्तो देखिएको हुनसक्छ ।

    अहिले हामी सबैको जिम्मेवारी संविधानको भावनाअनुरुप कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने हो । दलहरूले भन्ने गरेका सुशासन, समृद्ध नेपालः सुखी नेपाली, समाजवादोन्खुम अर्थतन्त्र निर्माण गर्ने कुरा पनि संविधानमा नै छ । हाम्रो संविधान नै दलहरूका समान सिद्धान्तअनुसारको परिकल्पना गरिएको हो । समतामूलक समाज निर्माण, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य क्षेत्र, उत्पादन वृद्धिलगायतका क्षेत्रबाट समाजवाद निर्माण गर्ने कुरा संविधानमा राखिएको छ । तर मुख्य समस्या भनेको दलहरूले सिद्धान्त एउटा बोक्ने र व्यवहार अर्को गर्ने शैलीको भयो । यो गम्भीर विषय हो ।

    मुलुकमा राजनीतिक परिवर्तनपछि जनताको चेतनास्तर बढेको छ । सूचना प्रविधिको विकास र प्रयोगले अहिले विश्वभरका जानकारी हामी सबैले पाइरहेका छौँ । मानिस स्वभावैले सुख, शान्ति, समृद्धि चाहन्छ । हाम्रो आफ्नो देशको मौलिकताअनुसारको सुख, शान्ति, समृद्धि निर्माणमा चुक्दा युवाशक्ति विदेशिनुपर्ने बाध्यता छ । नागरिकको चेतनास्तर बढेसँगै त्यसले महत्वाकाङ्क्षा पनि सिर्जना गर्यो । तर हामीले नागरिक आकाङ्क्षाअनुसारको विकास र समृद्धि, रोजगारी पूर्ति गर्न सकेका छैनौँ । शिक्षा, स्वास्थ्य, रोजगारलगायतका सुविधा राष्ट्रियता, आफ्नो मौलिकता र संस्कृतिसँग जोडिन्छ । हामी राष्ट्रियताका चर्का कुरा गर्ने तर न्यूनतम सुविधा प्राप्त गर्न पनि नसक्ने अवस्थामा परनिर्भरता र युवाशक्ति विदेशिनुपरेको हो ।

    राहदानी लिनका लागि लागेको युवाको लाइन, विमानस्थलमा देश छाड्ने युवाको लाइन देख्दा आफँैलाई हीनताबोध हुन्छ । हामी प्राकृतिकरूपमा सम्पन्न भएर पनि अरु देशमा दासजस्तो बनेर काम गर्नुपर्ने बाध्यता छ । यस विषयमा म गम्भीर र चिन्तित छु । स्वदेशमै रोजगारी सिर्जना गर्ने र युवा जनशक्ति पलायन रोक्ने सवालमा आफ्नो तर्फबाट गर्न सक्ने हरसम्भव प्रयास गरेको छु । जिम्मेवार निकायलाई यसबारे सचेत गराएको छु । तर नेपालको राजनीति निकै विकृत भयो ।

    जनताका बीच जाँदा राष्ट्रियताका चर्का कुरा गर्ने र सरकारमा जाने तर सत्तामा पुगेपछि राष्ट्रियता बिर्सिने प्रवृत्ति छ । हामी अरु कुनै शक्तिबाट चलिरहेका छौँ भन्ने कुरा बुझेपछि यसले पनि युवा जनशक्तिमा वितृष्णा बढ्दो छ । यसकारण जुनसुकै सरकार आए पनि आफ्नो स्वाभिमानमा टेकेर सिङ्गो राष्ट्रबारे सोच्न जरुरी छ । यो समस्या हल गर्न एक सांसदका हिसाबले म प्रतिबद्ध छु ।

    (विसं २०४८ देखि राजनीतिमा लाग्नुभएका सांसद विश्वकर्मा अहिले रुकुमपश्चिमबाट प्रतिनिधित्व गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट प्रतिनिधिसभामा समानुपातिक सांसद हुनुहुन्छ । सामाजिक रुपान्तरण तथा न्यायका लागि करिब तीन दशकदेखि सक्रिय रहनुभएका विश्वकर्मासँग रासस समाचारदाता हेमन्त जोशीले गरेको कुराकानीको सम्पादित अंश)

    आइतबार, पुष २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.