• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नागमती बाँधले थप्नेछ बागमतीको सौन्दर्य


  •   मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
  • काठमाडौँ २ माघ 

    Advertisement

    काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्काे नागमती बाँध (ड्याम) बनाउन लागिएको छ । उपत्यकाको पूर्वाेत्तर गोकर्णेश्वर नागरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको निर्माण सम्पन्नपछि अर्काे नागमती बाँँध निर्माणको प्रक्रिया सुरु गरिएको हो ।

    वर्षायाममा खेर जाने पानी सङ्कलन गरेर हिउँदमा बागमतीमा पानीको बहाव बढाउने प्रमुख उद्देश्यले बाँध बनाउन लागिएको हो । उपत्यकाको मध्यभागबाट पूर्वतर्फ करिब २१ किलोमिटर दूरीमा निर्माण सम्पन्न भइसकेको धाप बाँध र अब बन्ने नागमती बाँधबीचको दूरी एक दशमलव आठ किलोमिटर हुनेछ । बागमती नदीको प्रमुख प्रशाखा नागमती नदीको मूलखर्कमा कुल रु २५ अर्ब लागतमा बन्ने नागमती बाँध आयोजनाअन्तर्गत पूर्वतयारीको काम सुरु भइसकेको छ । यो आयोजना एसियाली विकास बैङ्कको सहुलियत ऋणमा निर्माण हुनेछ । नागमती नदी सुन्दरीजलमा पुगेपछि बागमती नदीमा मिसिन्छ ।

    आयोजनाअन्तर्गत पर्या–पर्यटनको विकास, पानीको व्यवस्थापन, संस्थागत संरचना विकास, बहुउद्देश्यीय बाँध र एक दशलमव ८६ मेगावाट क्षमताको जलविद्युत् निर्माणसमेत गरिने बागमती सुधार आयोजना, आयोजना कार्यान्वयन सिँचाइ एकाइका इञ्जिनियर निश्चल छत्कुलीले जानकारी दिनुभयो । बाँधको उचाइ ९४ दशलमव पाँच मिटर, लम्बाइ पाँच सय ५३ मिटर र चौडाइ दुई सय ६० मिटरभन्दा बढी हुनेछ । तालको भण्डारण क्षमता आठ दशलमव आठ मिलियन मिटर क्यूब (एमसीएम) हुनेछ । अमिबाको आकारको यो बाँधस्थल समुद्री सतहदेखि एक हजार नौ सय १० मिटर उचाइमा रहेको छ ।

    निकुञ्जको करिब ४८ हेक्टर क्षेत्रफलमा जलाशय रहने यो बाँध निर्माणका क्रममा सात हजार रूख र ८५ हजार बुट्यान कटान गरिनेछ । उहाँले बाँध निर्माणका लागि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत अन्तिम चरणमा रहेको बताउनुभयो । “सन् २०२५ जुलाईदेखि आयोजनाको मुख्य भौतिक काम बाँध निर्माण सुरु हुनेछ भने त्यसको एक वर्ष देखिअघि नै रूख कटान र पहुँच सडक निर्माणको काम सुरु गरिनेछ । आयोजनाको निर्माण अवधि आठ वर्ष तोकिएको छ,” इञ्जिनियर छत्कुलीले भन्नुभयो । यसको मुख्य उद्देश्य बागमतीमा प्रवाह गरिने पानीको बहाव चार सय ५० लिटर प्रतिसेकेन्ड (सुक्खा नौ महिना), मेलम्ची खानेपानी पानी प्रशोधन केन्द्रमा चार सय ५० लिटर प्रतिसेकेन्ड (तीन महिना) र जलविद्युत् उत्पादन एक दशमलव ८६ मेगावाट रहेको छ ।

    बाँध आयोजना निर्माणका लागि हालसम्म के के भए काम

    आयोजनाको पूर्वतयारीका लागि हालसम्म जापानी अन्तर्राष्ट्रिय सहयोग निकायबाट विभिन्न समयमा उपत्यकामा रहेका जलाधार क्षेत्रमा अध्ययन, बागमती कार्ययोजना सन् २००९–२०१४ बागमती नदीमा हिउँद याममा पानीको बहाव बढाउने र डेनिस हाइड्रो इन्स्टिच्युटमार्फत धाँप र नागमती बाँधको पूर्वसम्भाव्यता अध्ययन भएको थियो । त्यस्तै मुख्य तयारीअन्तर्गत एसियाली विकास बैङ्कको ऋण सहयोगमा बागमती सुधार आयोजनामार्फत २०१७ मा विस्तृत आयोजना प्रतिवेदन तयार भएको थियो ।

    अन्तिम तयारीअन्तर्गत खानेपानी मन्त्रालयबाट टनेल मर्मत र वर्षायाममा पानी उपलब्ध गराउन अनुरोध भएको, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी र खानेपानी मन्त्रालयबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    उक्त बाँध भूकम्पीय जोखिमबाट सुरक्षित हुने गरी ‘कङ्क्रिड फेस्ड रक फिल्ड ड्याम’ (सिएफआरडी) प्रविधिबाट निर्माण हुनेछ । बाँध निर्माणको प्रविधि नयाँ भएको, निकुञ्ज क्षेत्रमा रहेकाले रूख कटान र क्षतिपूर्ति प्रक्रिया, कूल बजेटअन्तर्गत नेपाल सरकारले व्यहोर्नुपर्ने हिस्सा, कानुनी र संरचनालगायत विषय यस आयोजनामा चुनौती रहेको उहाँले बताउनुभयो ।

    बढ्दो सहरीकरण र भूउपयोगमा भएको परिवर्तनका कारण बागमती जलाधार क्षेत्र सुक्खा बन्दै गएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजनाका उपनिर्देशक उद्धव नेपालले प्रतिव्यक्ति पानीको उपलब्धता, पानीको गुणस्तरमा ह्रास भएको, मनसुनी जलवायुका कारण हिउँदमा भूसतहमा रहेको जलस्रोतको उपलब्धतामा कमी भएकाले यस बाँधको आवश्यकता परेको बताउनुभयो । उहाँले भन्नुभयो, “भूमिगत जलस्रोतको पुनःभरणमा कमी, भूमिगत जलस्रोतको दोहनमा अत्यधिक चाप पर्न गएको, जलपथान्तरण गरी बागमती नदीमा पानीको बहाव बढाउने सम्भावना नभएको र हिउँदमा पानीको बहाव बढाउन वर्षायाममा खेर जाने पानी सङ्कलन गर्नु नै प्रमुख विकल्प रहेकाले यसको आवश्यकता परेको हो ।”

    यो बाँध निर्माणपछि बागमतीमा सुक्खायाममा पनि नियमित दुई फिट उचाइसम्म पानी बग्ने भएकाले वातावरणीय पारिस्थितिकीय प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ । यसैगरी, बाँध निर्माणबाट उत्पादन हुने जलविद्युत्, आयोजनाअन्तर्गत बनाइने ‘ट्रेल रुट’ बन्ने भएकाले निकुञ्ज क्षेत्रमा रहेको करिब ६ सय स्थानीय घरधुरीको आवातजावत र आर्थिक उपार्जनमा समेत योगदान पुग्ने उहाँले बताउनुभयो । नेपालमा वर्षमा चार महिनामात्र मनुसुनी वर्षा हुन्छ । यस अवधिमा पर्ने दुई सय २५ बिलियन घनमिटर पानी बगेर भारत जान्छ । त्यसमध्ये हाल १५ प्रतिशतमात्र प्रयोग हुने गरेको छ । तसर्थ नेपालमा बन्ने सबै बाँधको मुख्य उद्देश्य वर्षाकै पानी जम्मा गरेर प्रयोग गर्ने हो ।

    धाप बाँध निर्माणपछि बागमतीको वातावरणीय सौन्दर्य प्रवद्र्धन

    नागार्जुन नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन निकुञ्जको मध्य क्षेत्रमा धाप बाँध निर्माण झन्डै एक वर्षअघि सम्पन्न भई चालु भइसकेको छ । यो बाँध बागमती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको हो । धाप बाँध निर्माणपछि काठमाडौँ उपत्यकाबाट नजिकको यस स्थलमा बाह्य तथा आन्तरिक पर्यटकको आवागमनसमेत बढेको छ ।

    बाँधको निर्माणपछि बागमती नदीको जल व्यवस्थापनका साथै वर्षायाममा खेर जाने पानीलाई सङ्कलन गरी सुक्खायाममा प्रवाह गर्ने गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख चक्रवर्ती कण्ठले जानकारी दिनुभयो । “यस बाँधबाट जलजन्य पर्यावरणको सुधारका साथै धार्मिक, सांस्कृतिक पर्यटनको विकास तथा भूमिगत जल पुनःभरणमा समेत योगदान पुगेको छ । यसको निर्माणपछि बागमतीको पवित्रता, सुन्दरता र स्वच्छतालाई बचाउन सहयोग पुगेको छ । हाल विभिन्न नौ चाडपर्वमा १४ दिन बागमती नदीमा उक्त बाँधबाट आवश्यकताअनुसार थप पानी छोड्न सुरु गरिएको छ,” उहाँले भन्नुभयो ।

    त्यसैगरी, बाँध निर्माणपछि हालसम्म मेलम्ची खानेपानी आयोजनामा पानी कम भएका बेला विभिन्न समयमा गरी ३० करोड लिटर पानी सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रमा सोधभर्ना गर्ने गरी पठाई सकिएको आयोजना प्रमुख कण्ठले बताउनुभयो । सन् २०१५ अक्टोबर ९ मा सम्झौता भई सन् २०२२ अक्टोबर १५ मा निर्माण सम्पन्न भएको यो बाँध करिब रु ५२ करोड लागतमा निर्माण भएको हो । नागमती नदीको मुहानमा निर्माण गरिएको यस बाँधमा तीन ठाउँमा सहायक (स्याडल ड्याम) र एक मुख्य ड्याम निर्माण गरिएको छ ।

    चौबिस मिटर अग्लो बाँध निर्माण गरी वर्षातको पानी सङ्कलन गरेर सुक्खा समयमा चाडपर्व र आवश्यकताअनुसार बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गरिएको यस ड्यामको भण्डारण क्षमता १४ लाख २६ हजार घन मिटर पानी रहेको छ । यो बाँधको जलाशय कूल क्षेत्रफल १५ हेक्टरमा फैलिएको छ । बाँध निर्माणपछि यस क्षेत्रको पर्यटकीय विकासका साथै वन्यजन्तु, जैविक विविधता तथा पर्यावरण जोगाउनसमेत मद्दत पुगेको छ । बाँध निर्माण अघि सो क्षेत्रमा पर्यटक प्रवेश शुल्कबाट वार्षिक रु एक करोड ८० लाख राजश्व सङ्कलन हुने गरेकामा बाँध निर्माणपछि करिब पाँच करोड राजश्व सङ्कलन भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

    बाँधको महत्व र विश्वमा बाँधको अवस्था

    ‘इन्टरनेसनल कमिसन अन लार्ज ड्याम’ (आइकोल्ड) संस्थाले विश्वभर १५ मिटरभन्दा अग्ला आकारका ठूला बाँधको दर्ता गर्ने गरेको छ । उक्त मापदण्डअन्तर्गत नेपालमा हालसम्म कुलेखानी, फेवा, धाँप, अन्य जलविद्युत्का बाँध गरी कूल छ बाँध रहेका छन् । पछिल्लो तथ्याङ्कअनुसार विश्वमा भने ५८ हजार सात सय १३ बाँध छन् जसमध्ये चीनमा २३ हजार आठ सय ४१, संयुक्त राज्य अमेरिकामा नौ हजार तीन सय ६३, भारतमा चार हजार चार सय सात (थप आठ सय निर्माणाधीन) र अन्य विभिन्न देशमा रहेका छन् ।

    विश्वका ठूला एउटै नदीमा रहेका सबैभन्दा धेरै बाँधमध्ये चीनको यात्से नदीमा एक हजार, अमेरिकाको मिसिसीपी नदीमा एक हजार, भारतको गोदावरी नदीमा तीन सय ५० बाँध रहेका छन् । बाँधलाई विश्वकै ‘गेम चेन्जर प्रोजेक्ट’ मानिन्छ । चीनको थ्री गज्रेज, अमेरिकाको होभर र भारतको बक्रा बाँध यसका उदाहरण हुन् । विश्वमा ३० प्रतिशत खाद्यान्न उत्पादन बाँधको सिँचाइमा निर्भर छ । बाँधको उपयोग बाढी नियन्त्रण, सिँचाइ, जलविद्युत्, माछापालन, खानेपानी र अन्य काममा प्रयोग गरिन्छ ।

    रासस

    मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.