• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

विश्वविद्यालयमा अध्यापन हुने सबै विषयलाई रोजगारीसँग जोडौँ : मन्त्री शर्मा


  •   बुधबार, माघ ०३, २०८० मा प्रकाशित
  • कीर्तिपुर (काठमाडौँ) ३ माघ

    Advertisement

    सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रमलाई थप प्रयोगात्मक बनाउँदै तिनलाई उद्योग वा रोजगार बजारसँग सिधै जोड्नुपर्ने बताउनुभएको छ ।

    सूचना प्रविधिका विद्यार्थीलाई सम्बन्धित उद्योगका लागि तयार गराउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच आज समझदारीपत्र हस्ताक्षर भएपछि मन्त्री शर्माले सूचना प्रविधिको अहिलेको युगमा आर्थिक समृद्धि हासिल गर्न ‘आइटी’ क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

    सूचना प्रविधिमा स्नातकोत्तर तह अध्ययनरत विद्यार्थीलाई माइक्रोसफ्ट कम्पनीस्तरको तालिम दिलाउन त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच सम्झौता भएको छ । मन्त्री शर्माको उपस्थितिमा विभागका प्रमुख सरविन सायमी र सोसाइटिका अध्यक्ष राजेन्द्र अर्यालले हस्ताक्षर गर्नुभयो ।

    “विश्वविद्यालयमा सैद्धान्तिक ज्ञान र त्यहाँबाट शैक्षिक उपाधि पाएका विद्यार्थी बजारमा तत्काल बिक्दैनन् भन्ने धारणालाई गलत साबित गर्न पनि शैक्षिक कार्यक्रमलाई खपतकर्ता उद्योगको आवश्यकतासँग जोड्नुपर्छ”, मन्त्री शर्माले भन्नुभयोे । उहाँले श्रम बजारमा जाने हरेकलाई सूचना प्रविधिको क्षेत्रमा आएका नयाँ प्रविधिसँग अभ्यस्त गराउन तालिम दिइनुपर्नेमा जोड दिनुभयो । “अहिले विद्यार्थी कम भए भनिएका शैक्षिक कार्यक्रममा पनि यही तरिकाले आकर्षक बनाउन सकिन्छ” , उहाँले भन्नुभयो ।

    सूचना प्रविधि अन्तरराष्ट्रिय प्रतिस्पर्धाको विषय भएको र त्यसबाट विद्यार्थीले घरमै बसेर पनि विदेशी मुद्रा आर्जन गर्न सक्ने भएकाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय अझ क्रियाशील हुनुपर्छ भन्नुभयो ।

    आम नागरिकमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न ‘डिजिटल’ नेपाल ‘फ्रेमवर्क’कार्यान्वयको तयारीमा सरकार रहेको जानकारी दिँदै मन्त्री शर्माले सबै प्राज्ञिक विषयलाई यथासम्भव सूचना प्रविधिसँग जोड्न आग्रह गर्नुभयो । सरकारले आगामी बजेटमा यससम्बन्धी छात्रवृत्तिको व्यवस्था गर्ने जानकारी दिँदै उहाँले २०८० साल भित्र सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी कानुन जारी गरिने बताउनुभयो ।

    आज भएको सम्झौताअनुसार सूचना प्रविधिमा स्नातकोत्तर तह सातौं सेमिष्टरमा अध्ययनरत विद्यार्थीमध्ये प्रतिस्पर्धाका आधारमा छानिएका ३० जनालाई माइक्रोसफ्ट कम्पनीको व्यावासायिक पाठ्यक्रम पढाइने छ । यसका लागि माइक्रोसफ्ट अमेरिकास्थित मुख्यालयमा एआई निर्देशकका रुपमा कार्यरत समिर थापाले सहजीकरण गर्नु भएको जानकारी कार्यक्रममा दिइएको थियो । विभाग प्रमुख सायमीका अनुसार तालिमपछि ती विद्यार्थीले स्वदेश तथा विदेशमा सम्बन्धित विषयमा आकर्षक तलबसहित रोजगारी पाउने छन् ।
    विश्वविद्यालयका निमित्त उपकुलपति चोपलाल भुसालले विश्वविद्यालयमा दिइने सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञानको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै माइक्रोसफ्टका एआई निर्देशक थापाले विश्वविद्यालयका प्राज्ञिक कार्यक्रम र सूचना प्रविधि क्षेत्रको आवश्यकताबीच तालमेल नहुँदा स्नातक र स्नातकोत्तर उपाधि लिएर अमेरिका आएका नेपालीले निम्नस्तरको काम गर्न बाध्य भएकाले भविष्यमा अमेरिका आउन चाहनेहरूलाई लक्ष्य गरी त्रिभुवन विश्वविद्यालयसँग सहकार्यको थालनी गरिएको बताउनुभयो ।

    बुधबार, माघ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.