काठमाडौँ २४ साउन
परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन्।
अमेरिकी सभामुखको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच तनाव बढिरहेका बेला परराष्ट्रमन्त्री खड्काले गर्न लागेको चीन भ्रमणलाई विशेष चासोको रूपमा हेरिएको छ ।
भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । भ्रमणका बेला खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रिभोजको आयोजना गर्नेछन् ।




