• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कफीखेतीबाट वार्षिक रु १३ लाख आम्दानी : ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’


  •   मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
  • फिक्कल (इलाम)२९ फागुन 

    Advertisement

    इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बन्नुभएको छ । उहाँ बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिनुहुन्छ । उहाँले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाउनुभएको छ । विगत छ वर्षदेखि व्यावसायिक कफीखेती सुरु गर्नुभएका व्यवसायी कार्कीले सबै जग्गामा कफीखेती विस्तार गर्नुभएको छ । उहाँको बगानमा अहिले छ हजार कफीका बोट छन् । कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ । उहाँले कफीखेतीबाट वार्षिकरूपमा रु १३ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । कफीको चेरी र बिरुवा बिक्रीबाट छुट्टाछुट्टैरूपमा आम्दानी लिँदै आएको उहाँको अनुभव छ ।

    विसं २०७४ देखि ‘इलाम एग्रो फार्म’ दर्ता गरी उहाँले व्यावसायिक कफीखेती गर्दै आउनुभएको छ । “विगत छ वर्षदेखि मैले आफ्नै निजी जग्गामा व्यावसायिक कफीखेती गर्दै आएको छु, अहिले अधिकांश बोटले आम्दानीसमेत दिन थालिसकेको छ”, उहाँले भन्नुभयो, “फ्रेस चेरी ए ग्रेड कफी प्रतिकिलो रु एक सय पाँच सम्ममा बिक्ने गरेको छ, सरदरमा वार्षिक रु सात लाखसम्म आम्दानी भइरहेको छ ।”

    ‘अरविका’ नामक कफीखेती विस्तार गर्नभएका व्यवसायी कार्कीले बिरुवाबाट समेत मनग्य आम्दानी गरिरहनुभएको छ । उहाँले याममा बिरुवा बिक्रीबाट रु छ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । “मेरो नर्सरीमा वर्षमा १५ देखि २० हजार बिरुवा उत्पादन हुन्छ, प्रतिबिरुवा रु ३० कार दरले नर्सरीबाटै बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “बिरुवाबाट मात्र करिब रु छ लाख हात पार्ने गरेको छु ।” बिरुवा विभिन्न पालिका, वडा कार्यालय एवं फार्मले खरिद गरी लैजाने गरेको उहाँले बताउनुभयो ।

    कफीखेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको उहाँले बताउनुभयो । “वनजङ्गलको आडैमा प्रशस्त खाली जमिनमा लगाइएका कफीका बिरुवाले हरभरा देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “यसलाई हामी सामुदायिक अवधारणामा विभिन्न सङ्घसंस्था र वडा कार्यालयसँग समन्वय गरी गाउँपालिकाभरि विस्तार गर्ने योजना छ ।”

    कफीको मूल्य राम्रो पाइने र बिक्रीका लागि समस्या पनि नभएकाले किसानले अन्य पेसा छाडेर कफीखेतीतर्फ लागेको उहाँले बताउनुभयो । उहाँले कफीसँगै व्यावसायिकरूपमा बाख्रापालन गर्दै आउनुभएको छ । कफीखेतीका लागि चाहिने मल बाख्रापालनबाटै उपलब्ध हुने भएकाले दुवै व्यवसाय सँगसँगै लगेको उहाँको भनाइ छ ।

    माङसेबुङ गाउँपालिका–२ इभाङका किसान गणेश लिम्बूले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक कफीखेती विस्तार गर्नुभएको छ । उहाँले २५ रोपनी जग्गामा दुई हजार पाँच सय बोट कफी लगाउनुभएको छ । लगानी धेरै नपर्ने र मेहनत पनि खासै नपर्ने भएकाले चार वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेको उहाँले बताउनुभयो ।

    “चार वर्षदेखि कफीखेती सुरु गरेको मेरो बगानमा अहिले दुई हजार पाँच सय बोट पुगेको छ, यसलाई अझ विस्तार गरी १० हजार पुर्याउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “पहिलो लटको बिरुवाले उत्पादन सुरु गरेको छ, यो वर्ष चार क्विन्टल उत्पादन भयो, आउँदो सालदेखि आम्दानी राम्रै हुने आशा बढेको छ ।” केटाकेटीले समेत काम गर्न सक्ने तथा दक्ष कामदार नचाहिने भएकाले अन्य खेतीभन्दा कफीखेती गर्न सहज हुने उहाँको अनुभव छ ।

    माङसेबुङ गाउँपालिका–१ तोभाङका छत्र कार्कीले चार वर्षदेखि कफीखेती गर्दै आउनुभएको छ । व्यावसायिकरूपमा आफ्नै पाखा पखेरामा करिब पाँच सय कफीका बिरुवा लगाउनुभएका उहाँले राम्रो आम्दानी गरेको बताउनुभयो । “मलजल र स्याहारसुसार पुग्यो भने रोपेको दुई वर्षदेखि नै आम्दानी दिन थाल्दोरहेछ, यो वर्ष रु ७० हजारजति आम्दनी भयो”, उहाँले भन्नुभयो, “यो सालदेखि अझ विस्तार गर्ने योजनामा छु ।” पहाडी क्षेत्रमा विगतमा भन्दा यो वर्ष कफीखेती राम्रो रहेको र किसान यस खेतीबाट सन्तुष्ट भएको उहाँको भनाइ छ ।

    माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका पृथीमान जवेगूले पनि पाँच सय कफीका बिरुवा रोपेर व्यावसायिक कफीखेती सुरु गर्नुभएको छ । पहाडी क्षेत्रको चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट किसानले मनग्य आम्दानी लिन सफल भएपछि आगामी वर्ष आफूले कफीखेती विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ ।

    माङसेबुङ गाउँपालिका–१ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं २ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका तीन सय ५० जना किसानले व्यावसायिक कफीखेती गर्दै आएका छन् । पहाडी भेगका गाउँमा कफीखेती गर्ने किसान बढ्दै गएका छन् । उनीहरूले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन् । सामान्य कफीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक कफीखेती सुरु गर्न थालेका छन् । उत्पादन राम्रो हुँदै गएकाले किसान कफीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन् । माङेबुङ गाउँपालिकाभर छ हजार क्षेत्रमा ६० हजार कफीको बिरुवा रोपिएको गाउँपालिकाको तथ्याङ्क छ ।

    कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक कफीखेतीमा आकर्षित भएका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफीखेती सुरु गरेका छन् । बाँझो पाखा पखेरामा समेत हुने भएपछि किसानले व्यावसायिक कफीखेती सुरु गरेका हुन् । उनीहरूले व्यावसायिक कफीखेती गरी लाखौँ आम्दानी लिइरहेका छन् । उनीहरूले खेतीयोग्य जमिन मासेरसमेत व्यावसायिक कफीखेती गर्दै आएका हुन् । यहाँका किसानले ‘अरविका’ जातका कफीखेती गर्दै आएका छन् ।

    किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजैरूपमा बिक्री गर्न पाउँछन् । घरघरमा गएर व्यापारीले कफी किन्ने गरेका छन् । बगानमै मोलतोल गरेर व्यापारीले किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पुर्याउने झन्झट छैन । स्थानीयस्तरमा नै कफी प्रशोधन उद्योग स्थापना भएपछि किसानले कफीको मूल्य राम्रै पाएका छन् । त्यस क्षेत्रका किसानले उत्पादन गरेको कफी व्यापारीमार्फत काठमाडौँमा जाने गरेको छ ।

    कफी प्रशोधन उद्योगले बजारीकरणमा सहज

    गाउँमा व्यावसायिक कफीखेती विस्तार भएसँगै माङसेबुङ गाउँपालिका–१ का किसान याम कार्कीले गाउँमै कफी प्रशोधन उद्योग स्थापना गर्नुभएको छ । उहाँले ‘इलाम एग्रो फार्म’मार्फत उद्योग स्थापना गरेपछि किसानलाई सहज भएको छ । उत्पादित कफीको बजारीकरण उद्योगले नै गर्ने भएपछि किसानले बजारीकरणको समस्या भोग्नुपरेको छैन । स्थानीयस्तरमै प्रशोधन भएर बजारीकरण हुने भएकाले किसानले कफीको मूल्यसमेत राम्रो पाएका छन् ।

    बजारीकरणका लागि अन्तरराष्ट्रिय सञ्जालमा जोडिएकाले किसानको घरघरमा आउने र बजारीकरणको सुनिश्चित रहेको कार्कीले बताउनुभयो । “कफीको बिरुवाका लागि आफैँ नर्सरी गरेर बिक्रीवितरण गर्ने गरेको छु, उत्पादित दाना सङ्कलन गरेर बजारीकरणमा सहयोग गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “किसानले उत्पादन गरेको कफी नबिक्ने चिन्ता छैन, काठमाडौँ र पोखरालगायत ठूला सहरबाट माग आउने गरेको छ, अहिले माग पनि पुर्याउन सकिएको छैन, जति उत्पादन भए पनि हामी उठाउँछौँ ।” किसानलाई अनलाइनमार्फत नै भुक्तानीको व्यवस्था गरिएकाले थप सहज भएको उहाँको भनाइ छ ।

    उहाँको फार्ममा दुई स्थायी र छजना सिजनेबल कामदारले रोजगारी पाएका छन् । आफू र आफ्नो परिवारका सदस्यबाहेक आठजना कामदारलाई रोजगारी दिएको उहाँले बताउनुभयो । “फार्ममा हामी आफैँ पनि खट्ने गरेका छौँ, त्यसबाहेक दुई स्थायी र छजनालाई सिजनेबल कामदारका रूपमा रोजगारी दिएको छु”, उहाँले भन्नुभयो, “आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिन पाउँदा खुसी लागेको छ ।” बेरोजगार युवा विदेशिने क्रम रोक्न र गाउँघरमा नै बसेर भए पनि स्वरोजगार बन्न कृषि व्यवसाय प्रवर्द्धन गर्ने लक्ष्यका साथ कृषि व्यवसायमा लागेको उहाँको भनाइ छ ।

    जिल्लाका अधिकांश क्षेत्रमा ‘अरविका’ जातको कफी लगाइएको छ । कफीको पाकेको दाना (चेरी) किसानबाट प्रतिकिलो रु एक सय पाँच, प्रशोधन गरिएको (पार्चमेन) प्रतिकिलो रु पाँच सयदेखि रु छ सयसम्ममा करोबार हुने गरेको छ । पूर्ण प्रशोधन वा धुलो बनाउन बाँकी रहेको कफी प्रतिकिलो रु एक हजार आठ सयका दरले बिक्री हुने गरेको छ । धुलो बनाउँदा प्रतिकिलो रु दुई हजार दुई सय ५० का दरले कफी बिक्री हुने गरेको छ ।

    व्यावसायिक कफीखेती गर्ने किसानलाई प्रवर्द्धन गर्न माङसेबुङ गाउँपालिकाले अनुदान दिन थालेको छ । गाउँपालिकाले अनुदान दिन थालेपछि व्यावसायिक कफीखेती विस्तारमा किसान आकर्षित भएका छन् । कफी उत्पादनमा वृद्धि गराउने उद्देश्यले माङसेबुङले कफीखेती किसानलाई सोझै अनुदान रकम दिन थालेको हो । माङसेबुङ गाउँपालिकाले ५० किलो वा सोभन्दा धेरै कफीको पाकेको दाना (चेरी) उत्पादन गरेका किसानलाई प्रतिकिलो रु २० का दरले अनुदान उपलब्ध गराउँदै आएको छ ।

    किसानले जति धेरै उत्पादन गर्छ, त्यति नै धेरै प्रोत्साहन अनुदान पाउने व्यवस्था गरिएको माङेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो । माङसेबुङ गाउँपालिकाले गत वर्ष कफीमा ३४ जना किसानले रु एक लाख १६ हजार आठ सय ९० प्रोत्साहनबापत अनुदान पाएको गाउँपालिकाले जनाएको छ ।
    रासस

    मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.