• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ६. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पर्यटन राजधानी पोखराः जाग्दै आशा, बढ्दै लगानी


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • गण्डकी २९ चैत 

    Advertisement

    अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् ।

    बहत्तरको भूकम्पपछिका विभिन्न आरोह–अवरोह भोग्दै कोरोना कहरसम्मले तहसनहस बनाएको यहाँको पर्यटनमा आगामी दिनका लागि आशाका किरण चम्किन थालेको महसुस भएको छ । पोखरामा पर्यटनलक्षित पूर्वाधार विकासकै क्रममा हालसम्म रू छ खर्बभन्दा बढी लगानी भइसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको अनुमान छ । उहाँका अनुसार समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा रू सात खर्बभन्दा बढीको लगानी छ ।

    निर्माणाधीन सडक पर्यटकका लागि चुनौतिपूर्ण भइरहे पनि चाँडै नै यी सडकले पूर्णता पाउने आशामा यहाँका व्यवसायी छन् । काठमाडौँमा आएका विदेशी पर्यटकमध्ये लगभग ५० प्रतिशत पोखरामा आउने गरेका अध्यक्ष श्रेष्ठले जानकारी दिनुुभयो । पोखराको पर्यटनमा गण्डकी प्रदेशको ‘आन्तरिक भ्रमण वर्ष, २०१९’ र नेपाल सरकारको ‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई लक्षित गरी ठूलै लगानी थपिएको यहाँका व्यवसायी बताउँछन् । तत्कालीन समयमा सरकारले पनि लगानी थप्नका लागि आह्वान गरेअनुसार लगानी थपेका व्यवसायीे त्यसलगत्तै आएको कोरोना महामारीका कारण ठूलो सङ्कटमा परेका अध्यक्ष श्रेष्ठले बताउनुुभयो ।

    पूर्वाधारमा लगानी थप्दै गएका अवस्थामा एकाएक रूपमा देखापरेको कोरोना महामारीले यहाँको पर्यटन व्यवसायलाई नराम्रोसँग थला पारेको थियो । कोरानाले थला पारेको पर्यटन विस्तारै पुरानै गतिमा फर्कने आशा पलाएको बताउँदै उहाँले अङ्ग्रेजी नयाँ वर्ष र त्यसयता देखिएको उत्साहले अब भने यहाँको पर्यटन पूर्ववत् अवस्थामा नै फर्कने अपेक्षा गरिएको बताउनुुभयो ।

    पोखराको पर्यटनलाई चलायमान बनाउन यहाँका पर्यटनसम्बद्ध सङ्घसंस्थाले प्रवर्द्धनका गतिविधि निरन्तर गरिरहेका श्रेष्ठले बताउनुुभयो । पछिल्ला समयमा भारतीय पर्यटकको आगमन उत्साहजनक रूपमा बढिरहेको बताउँदै उहाँले पोखरा–मुग्लिन सडकको निर्माणाधीन अवस्थाका कारण आवतजावतमा कठिनाइका बीच पनि भारतीयहरू ठूलै सङ्ख्यामा पोखरा आइरहेका उहाँले जानकारी दिनुभयो । “पोखरामा भारतीय पर्यटकको आगमन उत्साहजनक छ, चिनियाँ पर्यटकको आगमन भने अझै अपेक्षित रूपमा बढ्न सकेको छैन”, उहाँले भन्नुुभयो ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेसँगै ठूलो सङ्ख्यामा भारतीय पर्यटक आउने क्रम बढेकामा कोरोनासँगै भारतीय पर्यटकको आगमन पनि प्रभावित बनेको थियो । पछिल्ला समयमा भारतीय पर्यटकको आगमन पनि उत्साहजनक रूपमा नै बढ्दै गएको छ । बाटोका विद्यमान असहजताका बीच पनि भारतीय पर्यटक आफ्नै सवारीसाधन लिएर पनि पोखरा आउने गरेका छन् ।

    नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै पर्यटन क्षेत्रमा लगानी गर्न गरेको आग्रहसमेतका कारण पोखराका होटलमा पूर्वाधार थप गर्न तत्कालीन समयमा यहाँका व्यवसायीले ठूलै लगानी बढाएका होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुुभयो ।

    सन् २०१९ मा गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष घोषणा र सन् २०२० मा सङ्घीय सरकारको नेपाल भ्रमण वर्ष घोषणाले व्यवसायीलाई लगानीका लागि हौस्याए पनि लगत्तै आएको कोरोना महामारीले त्यसपछिका दुुई वर्ष पर्यटन शून्यतामा झर्दा व्यवसायी गम्भीर समस्यामा परेका उहाँको भनाइ छ । भ्रमण वर्षको घोषणायता हालसम्म पोखरामा थप रू एक खर्बभन्दा बढी पर्यटन क्षेत्रमा लगानी भइसकेको उहाँले जानकारी दिनुुभयो ।

    “आन्तरिक भ्रमण वर्षदेखि नेपाल भ्रमण वर्ष र पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि पर्यटक बढ्ने आशामा व्यवसायीले लगानी बढाएका थिए”, अध्यक्ष सुवेदीले भन्नुुभयो, “विडम्बना लगानी थप्दै गर्दा एकाएक आएको कोरोनाका कारण यहाँको पर्यटन दुुई वर्षभन्दा बढी शून्यप्रायः नै बन्न पुुग्यो ।” सन् २०१९ मा १२ लाख ६० हजारको सङ्ख्यामा विदेशी पर्यटक आउनुले पनि तत्कालीन समयमा व्यवसायीले ठूलै आशाका साथ लगानी बढाएका उहाँको भनाइ छ ।

    सन् २०२० र २०२१ मा ठप्प भएको विदेशी पर्यटक आगमन सन् २०२२ मा भने करिब चार लाख ५० हजार आएको तथ्याङ्क छ । सन् २०२३ मा १० लाख पर्यटक भित्रिएकामा अङ्ग्रेजी नयाँ वर्ष र त्यसयता देखिएको आगमनले आगामी दिनमा पर्यटकको आगमन बढ्ने विश्वास लिइएको सुवेदीले बताउनुुभयो ।

    भारतीय पर्यटक अधिकांशतः धार्मिक रूपमा पोखरा आउने गर्दछन् । पोखरा हुँदै मुक्तिनाथको दर्शन गरेर फर्कने भएकाले पनि मुक्तिनाथ आउँदा जाँदा उनीहरूले पोखरामा केही दिन बिताउने गर्दछन् । पोखरालाई आधार बनाएर अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, पुनहिल, घोरेपानी, मिलेनियम ट्रेकलगायत स्थानमा पर्यटक जाने भएकाले यी सबै पर्यटकीय गतिविधिले पोखराको पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।

    अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा देखिएको स्वदेशी एवं विदेशी पर्यटकको आगमनले आगामी दिनमा यहाँको पर्यटन व्यवसाय पुरानै गतिमा फर्कने विश्वास लिइएको छ । यहाँको पर्यटकीय सम्भावनालाई थप उजागर गर्न पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुले विशेष योगदान गर्ने अपेक्षा गरिएको छ ।

    पर्यटकीय राजधानी घोषणासँगै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका साथ अघि बढ्ने सरकारको योजना छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उडानसँगै त्यससँग जोडिएका पूर्वाधार निर्माणलगायतका विषयलाई अघि बढाउने तयारी छ ।

    लेकसाइड र ड्यामसाइड क्षेत्रमा मात्रै सात सयको सङ्ख्यामा पर्यटकस्तरीय होटल रहेका होटल सङ्घ पोखराका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा र आसपासमा गरी कुल एक हजार दुई सय होटलका साथ ४० हजार बेड सङ्ख्या रहेको छ । यहाँ एक रातमा ४० हजार पर्यटकलाई राख्न सकिने बताउँदै उहाँले पर्यटकमैत्री वातावरण, आतिथ्यता यहाँको विशिष्टता भएको बताउनुुभयो ।

    प्रकृतिको बरदान नै रहेको पोखरामा पर्यटकको बसाइलाई लम्ब्याउने करिब तीन दर्जनभन्दा बढी पर्यटकीय गन्तव्य छन् । यहाँ आउने पर्यटकको पहिलो रोजाइ फेवाताल हो । माछापुच्छे्र हिमालको छायाँ देखिने यो तालको बीचमा रहेको तालबाराही मन्दिरका कारण यसको महिमा र गरिमा अझै चुलिएको छ ।

    त्यस्तै पोखरामा आउने पर्यटकले यहाँको सिद्धार्थ राजमार्ग हुँदै आउने छोरेपाटनमा रहेको पातले छाँगो (डेभिड फल) हेर्न नछुटाउने अर्को गन्तव्य हो । पातले छाँगाको नजिकै दक्षिणतर्फ गुप्तेश्वर महादेव गुफा छ । गुफाको प्रवेशद्घारबाट करिब चार सय फिट सुरुङभित्र प्राकृतिक आश्चर्यको रूपमा शिव, पार्वती, नाग, गणेश, मुसासहितको शीलामूर्ति प्रतिस्थापन गरिएको छ । यस मूर्ति तीन सय फिट तल सुरुङमार्ग हुुँदै पाताले छाँगोको पिँध भागमा पुगेर मनमोहक दृश्यावलोकन गर्न सकिनु यहाँको विशिष्टता हो ।

    पोखराको अर्को दर्शनीयस्थल महेन्द्रगुफा हो । पोखरा बजारको उत्तरी भूूभागमा अवस्थित यस गुफाभित्र प्राकृतिकरूपमा निर्मित हात्तीको सुँड, गाईका स्तन, शिवलिङ्ग, नाग आदिका आकृतिलाई नियाल्न सकिन्छ । गुफाको लम्बाइ एक सय २५ मिटर रहेको छ । महेन्द्र गुफाको पश्चिमतर्फ चमेरे गुफा छ । चुनढुङ्गाबाट बनेको यस गुफामा ठूलो सङ्ख्यामा चमेराका साथै विभिन्न आकारका मूर्ति, शिवलिङ्ग, देवी–देवताका आकृतिहरू देख्न सकिन्छ ।

    धार्मिक पर्यटकीय रूपमा यहाँको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरको विशिष्ट महत्व छ । मन्दिरबाट देखिने हिमाली दृश्यसहित पोखराको मनमोहक दृश्यले जोकोहीलाई लोभ्याउने गर्दछ । पछिल्लो समयमा चासो र चर्चा कमाएको पुम्दीकोट यहाँको अर्को आकर्षण हो । जनस्तरबाट निर्मित विशाल महादेवको मूर्तिसहित निर्माण भएका सुमेरु पर्वत आदिले यहाँको पर्यटकीय आकर्षण चुलिएको छ ।

    पुम्दीकोटसँगै नजिकै रहेको विश्वशान्ति स्तुपा अर्को महत्त्वपूर्ण गन्तव्य हो । बौद्ध अनुयायीहरूका लागि विशेष महत्वको स्थल यहाँबाट देखिने हिमालसहितको पोखराको दृश्यले पर्यटक लोभिने गरेका छन् ।

    पोखरा बजारबाट उत्तर–पश्चिममा रहेको सराङकोट हिमाल र पोखराको अवलोकन गर्न सकिने अर्को गन्तव्य हो । सूर्योदय तथा सूर्यास्तको दृश्यावलोकनका लागि पनि यसको विशिष्ट महत्व रहेको छ ।

    पोखरा र आसपासमा रहेका धर्मशिला बुद्घ विहार, हरिहर गुफा, नारायणस्थान मन्दिर, सदाशिव मन्दिर, ढुङ्गेसाँघु, लक्ष्मीनारायण मन्दिर, भद्रकाली मन्दिर, शोभा भगवती आदि धार्मिक पर्यटकीय गन्तव्य हुन् । धार्मिक एवं ऐतिहासिक महत्वका स्थलका रूपमा पोखरा आसपासमा रहेका भरतपोखरीको कोटभैरव, ठूलाकोट, बेगनासकोट, रुपाकोट, फेक्सिङकोट आदि पनि महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हुन् ।

    पोखराको बीचभागबाट गहिरिएर बगेको सेती नदीदेखि लेखनाथ क्षेत्रमा रहेका वेगनास, रुपा, खाष्टे, दिपाङ, गँुदे, न्यूरेनी, मैदी तालहरूले यहाँको सौन्दर्यतालाई थप उजागर गरेका छन् । पर्वतीय पर्यटनसँगै हिमाल र हिमाली जीवनको अध्ययन अवलोकन गर्न पाइने अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय यहाँको अर्को पर्यटकीय गन्तव्य हो । विश्वका उच्च हिमाल, ती हिमालमा आरोहण गर्ने आरोहीको ऐतिहासिक तथ्य, हिमाली जीवन आदिलाई जीवन्त रूपमा देखाउने उद्देश्यका साथ सङ्ग्रहालयमा विभिन्न चार कक्षहरू राखिएका छन् ।

    त्यस्तै पोखराको केआई सिंह पुल नजिकै रहेको गोर्खा स्मृति सङ्ग्रहालय अर्को दर्शनीयस्थल हो । गोर्खा सैनिकमा भर्ती भई उनीहरूले विश्वमा देखाएको बहादुरीका कथा, गोर्खाली सेनाको इतिहासलगायतका विषयलाई सङ्ग्रहालयमा जान्न बुुझ्न सक्ने व्यवस्था मिलाइएको छ ।

    पोखरास्थित पृथ्वीनारायण क्याम्पसको हाताभित्र रहेको अन्नपूर्ण सङ्ग्रहालय पुतलीको अध्ययन–अनुसन्धानका लागि पुुग्नैपर्ने गन्तव्य हो भने नयाँ बजारस्थित प्रदेश सङ्ग्रहालयमा गण्डकी क्षेत्रको जनजीवन, सामाजिक तथा सांस्कृतिक रहनसहन र वेशभूषा आदिलाई जीवन्त चित्रण गर्ने प्रयास गरिएको छ ।

    पोखराबाट देखिने माछापुच्छ्रे हिमाल यहाँको अर्को आकर्षण हो । यो हिमालमा हालसम्म आरोहण नभएका कारण कुमारी हिमाल (भर्जिन माउण्टेन)का रूपमा समेत यसलाई लिइन्छ । माछापुुच्छ्रे हिमालको छायाँ फेवातालमा देखिने भएकै कारण ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्नेरैछ’ जस्ता गीतसमेत रचना गरिएका छन् । पोखराबाट देखिने अन्नपूर्ण, धवलागिरिलगायतका अन्य हिमशृङ्खलाले यहाँको सौन्दर्यतालाई बढाएको छ ।

    पोखरा क्षेत्रमा नै इन्द्र गुफा, खारापानी तातोपानी, कृष्ती (मट्टीखान) हुँदै भरतपोखरी निर्मलपोखरीका मध्यपहाडी क्षेत्रका उच्च भूूभाग हिमाली दृश्यावलोकनसहित पोखरा उपत्यकाको अवलोकनका लागि प्रसिद्ध छन् ।

    पोखरालाई नै आधार बनाएर गरिने विभिन्न पदयात्राका साथै यहाँबाट घान्द्रुक, धम्पुस, लान्द्रुक, सिकलेस, पञ्चासे आदि गन्तव्य पर्यटकको रोजाइमा पर्दछन् । साहसिक पर्यटनका बञ्जीजम्पदेखि प्याराग्लाइडिङ, जीपलाइन, स्वीङ, माउन्टेन बाइकिङ, अल्ट्रलाइट आदि गतिविधिले पनि पोखरा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

    पर्यटन राजधानी आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा जोड

    पर्यटन राजधानी घोषणासँगै यसलाई पोखरामा मात्रै सीमित नगरी यसको दायरा फराकिलो बनाउनुुपर्ने पर्यटन क्षेत्र सम्बद्ध विज्ञहरू बताउँछन् । पर्यटन राजधानी पोखरा आसपासका पर्यटकीय गन्तव्यलाई समेट्न पर्यटन सम्बद्ध सङ्घसंस्थाले विभिन्न कार्यक्रम अघि सारेका छन् । यसैको प्रयासस्वरुप नेपाल एशोसिएसन अफ टुुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशको प्रवर्द्धनमा हालै गन्तव्य पहिचान एवं प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताउनुुभयो ।

    “पर्यटन राजधानी पोखरालाई सीमित दायरामा मात्रै नराखी आसपासका पर्यटकीय गन्तव्यलाई समेत समेट्नुु जरुरी छ”, उहाँले भन्नुुभयो, “त्यसैको प्रयासस्वरुप हामीले पोखराबाट गन्तव्य पहिचान एवं प्रवर्द्धन कार्यक्रम सुरु गरी बागलुुङ हुँदै कालीगण्डकी करिडोर भएर नवलपुरसम्मको यात्रा सम्पन्न गरेका हौँ ।”

    यात्रका क्रममा बागलुुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल जैमिनी धामको अवलोकनसँगै जैमिनी नगरपालिकाको स्थानीय समन्वयमा त्यहाँका जनप्रतिनिधि एवं सरोकारवालासँग छलफल एवं अन्तक्र्रिया गरिएको कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष कमला गिरीले जानकारी दिनुुभयो ।

    उहाँका अनुुसार पर्यटन व्यवसायी एवं सञ्चारकर्मीसम्बद्ध टोलीले नवलपुरको गजेन्द्र मोक्षधाम, वाल्मिकी आश्रम, पिप्रहर सामुदायिक होमस्टेलगायतका स्थानमा पुुगी त्यहाँका स्थानीयवासी, पर्यटन व्यवसायी एवं सरोकारवालासँग छलफल एवं अन्तक्र्रिया गरेको छ । टोलीले फर्कने क्रममा पर्यटन राजधानीबाट नवलपुर जोड्ने दलदले–डेढगाउँ–भिमाद–पोखरा सडकको समेत स्थलगत अवलोकन गरेको छ ।

    पोखरा आसपासकै पर्यटकीय गन्तव्यको प्रवर्द्धनको प्रयासस्वरुप गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले हालै पोखरा महानगरपालिका–३१ मा पर्ने धार्मिक एवं ऐतिहासिकस्थल ठूूलाकोट र मादी गाउँपालिका वडा नं ५ स्थित ठूूलास्वाँरामा गाउँ पर्यटन प्रवर्द्धनका कार्यक्रम सम्पन्न गरेको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो ।

    महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले हालै नेपालकै पहिलो पर्यटकीय गाउँ सिरुबारीमा गाउँ पर्यटन प्रवर्द्धनमा स्थानीय समुदायको सहभागिता विषयक अन्तरक्रिया सम्पन्न गरेको ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिनुभयो । पोखरामा क्रियाशील अन्य पर्यटनसम्बद्ध सङ्घसंस्थाले पनि पर्यटन राजधानी घोषणा भएपछि आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छन् ।

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ६.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.