बन्दीपुर ११ वैशाख
१६औं शताब्दीको मुकुन्देश्वरी मन्दिर र सेनवंसिय दरवार पुनर्निर्माण तथा संरक्षण गर्नको लागि प्रदेश र स्थानीय सरकारलाई दबाब दिन मन्दिर परिसरमै जुटाएर एक औपचारिक कार्यक्रममा आयोजना गरिएको छ।सरकारले अर्को बर्ष सम्म मुकुन्देश्वरी मन्दिरलाई थप व्यवस्थित गर्ने संकल्प गरेको छ ।
२०८१ सालको बैशाख ४ गते परेको चैते दशैंको पुजाअर्चना प्रदेश अर्थ मन्त्री हरिबहादुर चुमानबाटै सम्पन्न भएपछि आयोजित औपचारिक कार्यक्रममा बोल्दै मन्त्री चुमानले डिपीआर गर्ने खेलेमेलो भन्दा सिधै विकास निर्माण गर्दा कम खर्च लाग्ने सुझाव दिंदै बन्दिपुर गाउँपालिकाले मुकुन्देश्वरी मन्दिर निर्माणको उचित व्यवस्थापनका लागि एक नम्बर प्राथमिकतामा पारेर योजना सिफारिस गरेमा त्यो योजना गण्डकी प्रदेश सरकारबाट स्वीकृत गराउने र यो मन्दिर अर्को वर्ष सम्ममा बनाइ सक्ने विश्वास दिलाउनु भयो । बन्दिपुर गाउँपालकिाका अध्यक्ष सुरेन्द्र थापाले मुकुन्देश्वरी मन्दिर र पुरातात्विक महत्वको सेनवंशिय दरवारको संरक्षण गर्नुपर्नेमा आफू प्रतिबद्ध रहेको बताउनुभयो ।उहॅाले प्रदेश सरकारसंग डिपीआर गराईदिन पनि आग्रह गर्नुभयो । वडा नं. २ का वडाध्यक्ष तिलक ब कुवारले मुकुन्देश्वरी मन्दिरको व्यवस्थापनका लागि वडाबाट हुन सक्नेसम्मको सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो।
कार्यक्रममा सहभागि हुदै बरिष्ठ अधिवक्ता परशुराम गिरी, बन्दिपुर गाउँपालिकाको पूर्व अध्यक्ष पूर्णसिं थापा, पूर्व प्रधानपञ्च एवं गुरुङ्ग धर्म संस्कृतिका विज्ञ मोतीलाल गुरुङ्ग, हरिशरण पण्डित, नेपाली काँग्रेस तनहुँका पूर्व कोषाध्यक्ष रेशमलाल गुरुङ, भिम कुमार श्रेष्ठ , लगायतले मुकुन्देश्वरी देवी मन्दिर निर्माण गर्न सहयोग गर्ने आब्हान गर्नुभयो । दुःख कष्टमा परेका भक्तजनको उद्धार गर्ने र भक्तजनको मनोकाँक्षा पुरा गरिदिने शक्ति भएकी देवीको यथोचित प्रचार र संरक्षण हुन नसकेको आत्मग्लानी सहभागि सबै भक्तजनले गरेका थिए ।
मुकुन्देश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिको विशेष आमन्त्रणमा चैतें दशैं रामनवमीको अवसरमा मुकुन्देश्वरी मन्दिरको दर्शन गर्नुका साथै फुल तथा नगद भेटी चढाई त्यहाँ रहेको सेनबंशीय दरबार र दरबार परिसरमा रहेको टुडिखेल समेतका भग्नावसेसको अवलोकन गर्नुभएको थियो ।
मुकुन्देश्वरी मन्दिर तथा दरबार निर्माण तथा संरक्षण समिति बन्दिपुर–२ मुच्चुकका अध्यक्ष सुकुमलाल गुरुङले प्रदेश सरकार र स्थानीय सरकारलाई साक्षी राख्दै , गण्डकी प्रदेश र बन्दिपुर गाउँपालिका सरकार एवं भक्तजन, धार्मिक आस्था भएका चन्दादाता, दानवीर र सहयोगि हातहरुलाइ सहयोग गरिदिन हुन बिनम्र अनुरोध गर्दै अर्को बर्षको चैते दशैंसम्ममा मन्दिरको मुहार फेर्ने संकल्प गर्नु भएको थियो।
अध्यक्ष गुरुङ्गले सबैको सहयोग जुटाउन मुकुन्देश्वरी मन्दिर तथा दरबार निर्माण तथा संरक्षण समितिको अध्यक्षको हैसियतले आफूले कुनै कमिकमजोरी नदेखाउने बचन बद्धता व्यक्त गर्नुभयो । सो अबसरमा मन्त्री, गाउपालिकाका अध्यक्ष , इप्रका बन्दिपुर, शसस्त्र प्रहरी बल भानु र अतिथिहरुलाई पन्चेबाजाको धुन र देवीको प्रसाद खुवाएर धन्यवाद सहित विदाई गरिएको थियो ।




