काठमाडौं १७ वैशाख
बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् । मतगणना सकिँदा लाग्दा भण्डारीले ११ हजार ६१२ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ११३४६ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २६६ रहेको छ ।
भण्डारी प्रदेश सभामा निर्वाचित हुँदा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहको भने जमानत जफत भएको छ । निर्वाचनमा कूल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था रहेको छ । सिंहले २५१३ मत ल्याएका छन् । जुन सदर मतको १० प्रतिशत भन्दा कम हो ।




