• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास


  •   मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) १८ वैशाख

    Advertisement

    बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्नुहुन्थ्यो । हिजोआज उहाँको दैनिकी फेरिएको छ । दिन कसरी बिताउने भन्ने चिन्ता पनि हरायो । उहाँ अहिले हरेक दिन उद्यमशील महिला मगर संघले सञ्चालन गरेको दुना टपरी उद्योगमा बिताउनुहुन्छ ।

    अचेल उहाँलाई उद्योगमा महिलाहरुसँग गफिँदै टपरी बन्दाबुन्दै समय बितेको पत्तै हुँदैन । दुई महिना अगाडि उद्यमशील महिला मगर संघले सञ्चालन गरेको टुना टपरी उद्योगमा अधबैसे र वृद्ध महिलाहरु भेटिन्छन् । उद्योगमा कोही टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरीरहेका हुन्छन् । उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइ रहेको छ ।

    उद्योग सञ्चालनमा आएको छोटो समयमै दुनाटपरीको माग बढ्न थालेपछि महिलाहरुलाई भ्याइनभ्याइ छ । गत फागुनदेखि सञ्चालनमा आएको उद्योग महिलाहरुको गतिलो आयस्रोतको माध्यम बन्न थालेको छ । उद्योग सञ्चालनमा आएपछि वनमा खेर गएका सालका पातले पनि बजार पाउन थालेको छ । उद्योगमा २८ महिला आबद्ध छन् । विसं २०७६ देखि महिलाहरुले सङ्गठित भएर बङ्गुर पालन थालेका थिए ।

    महिलाहरुले अघिल्लो वर्ष अफ्रिकन स्वाइन फिवर महामारीका कारण छ सय बङ्गुर मरेपछि दुनाटपरी उद्योग सञ्चालन गरेका हुन् । बङ्गुर मर्दा रु १५ लाख बढी नोक्सानी भएको थियो । उनीहरु बिहान बेलुका घरको काम गर्ने र फुर्सदको समय टपरी बुन्ने गर्छन् । महिलाहरुले सुरुवाती चरणमै दुई महिनाको अवधिमा करिब रु दुई लाख आम्दानीसमेत गरेका छन् ।

    भद्रकलीले छोरी, बुहारी र नातीहरुसँगै दिनभर उद्योगमै बसेर टपरी बुन्नुहुन्छ । सुख, दुःखका मन्थन गर्दागर्दै दिन बितेको थाहै नहुने उहाँले बताउनुभयो । दुना टपरी बुन्दा समस्या नहुने हुँदा उद्योग र यहाँ काम गर्ने महिलाहरु आफ्नो सारथी बनेको भद्रकलीले सुनाउनुभयो ।

    उहाँले भन्नुभयो, “दिन दिनै मोबाइल चलाउँदा आँखा दुख्ने, टाउको दुख्ने हुन्थ्यो, दिनभर घरमा बस्दा बस्दा दिक्क लाग्ने गथ्र्यो, अहिले यहाँ (उद्योगमा) धेरै नानीहरु आउँछन्, उनीहरुसँग कुराकानी गरेर टपरी बुन्छु, दिन बितेको थाहै हुँदैन, नानीहरुले धेरै राम्रो काम गरेका छन्, म बुढी मान्छे पनि आबद्ध भएको छु, काम गर्न त सक्दैन, त्यही पनि दुई÷चार वटा टपरी बुन्छु, मेरो लागि त दिन बिताउने आधार बनेको छ, आम्दानी पनि हुन्छ ।”

    सालको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको छ । वनमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो । धार्मिक कार्यका लागि महत्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रयोजनमा समेत प्रयोगमा आउन थालेको छ । उद्योगमा आबद्ध सदस्य दिलमाया काउचाले नयाँ कामको सुरुवात भएको हुँदा सिक्दै स्वरोजगार बन्दै गरेको बताउनुभयो । उद्योग सञ्चालनमा नआउँदा यतिकै घरमा बस्ने गरेको भन्दै अहिले दैनिक उद्योगमा आएर काम गर्ने गरेको उहाँको भनाइ छ ।

    “सुरुवाती चरणमा छौँ, अहिलेसम्म त धेरैले राम्रो भन्नुभएको छ, वन जंगलमा पुगेर पातहरु ल्याउँछौँ, बर्खाका लागि पनि अहिले नै पात ल्याएर गोदाममा राखेका छौँ, पानी प¥यो भने पात पाइँदैन पाइए पनि कुहिन्छ”, काउचाले भन्नुभयो, “उद्योगमा लागेपछि आयस्रोत पनि हुने भयो, पहिले टपरी बुन्नका लागि सिकेका थियौँ, अहिले आफै गर्न सक्ने भयौँ, महिला दिदीबहिनीहरु एक जुट भएपछि यो काम गर्न सहज भएको छ, विस्तारै फस्टाउँदै जाने विश्वास दिएका छौँ ।”

    महिलाहरुले करिब रु तीन लाखको लागतमा दुना टपरी बनाउने मेसिनसमेत ल्याएका छन् । बागलुङ बजार आसपासमा खेर गएका सालका पातलाई दुनाटपरी बनाएर बजारमा पठाउन थालिएको छ । पछिल्लो समय सालका पातका दुना तथा टपरीमा रेष्टुराँका परिकार बिक्री गर्न थालिएपछि यसको माग निकै बढेको उद्यमशील महिला मगर संघकी अध्यक्ष बलकुमारी पुनले बताउनुभयो । दुना टपरीलाई रु तीनदेखि रु आठसम्ममा बिक्री गर्दै आएको उहाँको भनाइ छ । विसं २०७५ मै महिलाहरु एकताबद्ध भएर सिर्जनात्मक काम गर्दै आएकामा फागुनदेखि व्यावसायिक रुपमा दुना टपरी उत्पादनमा लागेको अध्यक्ष पुन बताउनुहुन्छ ।

    खासगरी धार्मिक स्थल, पूजाआज गर्ने ठाउँ र सार्वजनिक कार्यक्रम हुने ठाउँबाट दुना टपरीको माग आउने गरेको उहाँको भनाइ छ । उद्योग सञ्चालनमा आएको दुई महिनामै धेरै ठाउँबाट मागसँगै हौसल थपिँदै गएपछि काम गर्न उर्जा थपिएको अध्यक्ष पुनले बताउनुभयो । उद्योगमा काम गर्ने महिलाहरुले मासिक रु २५ देखि ३० हजारसम्म आम्दानी गर्नसक्ने उहाँ बताउनुहुन्छ । हाल बजारीकरणमा कुनै समस्या नभएको भन्दै आयातित प्लास्टिकका सामग्रीलाई प्रतिबन्ध लगाउन सके स्थानीय उत्पादनले बजार पाउनसक्ने पुनको भनाइ छ ।

    अध्यक्ष पुनले भन्नुभयो, “उद्यमशील महिला मगर संघले पाँच वर्ष अगाडि बङ्गुरपालन गरेका थियौँ, तर रोगले गर्दा सबै मरे, त्यस बेला हामीहरुले रु १६ लाखभन्दा बढी क्षति व्यहोर्नु प¥यो, त्यसपछि अहिले दुना टपरी उद्योग सञ्चालन गरेका छौँ, राम्रो हुँदै गएको छ, बेरोजगार दिदीबहिनीहरुले रोजगार पाएका छौँ, अहिले जसरी माग आइरहेको छ, त्यो मागलाई पूर्ति गर्नका लागि अझै धेरै कामदार चाहिन्छ, यद्यपी हामीहरुले अल्ली बढी समय दिएका छौँ, घरको काम धन्दा सकाएपछि बल्ल यहाँ आउँछौँ, धेरै तिरबाट माग आउँदा निकै उत्साहित भएर काम गरि रहेका छौँ ।”

    रासस

    मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.