काठमाडौँ ८ जेठ
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा मंगलबार सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको हो।
दोहोरो नागरिकता बनाएको आरोपमा उनीविरुद्ध धनुषा अदालतमा यसअघि नै मुद्दा दर्ता भइसकेको छ । प्रहरीले सिरोहीको खोजी गरिरहेको छ । प्रहरीले खोजि गरेसंगै उनि फरार भएका छन् ।




